default_image

8 years ago

June 21, 2016

रत्नजित र नङशल च्याम्पियन

नेपाल आर्मी क्लबका रत्नजित तामाङले पाँचौं पुष्पलाल स्मृति राष्ट्रिय ¥याङकिङ ब्याडमिन्टन प्रतियोगिताअन्तर्गत पुरुष सिंगल्सको उापधि मंगलबार जितेका छन् । नेपाल खेलकुद महासंघअन्तर्गतको राष्ट्रिय ब्याडमिन्टन संघ, नेपालद्वारा आयोजित प्रतियोगिताको फाइनलमा रत्नजितले भोजपुरका विकास श्रेष्ठलाई २१–१७ र २१–१८ को सोझो सेटमा पराजित गर्दै लगातार चौथो पटक उपाधि जित्न सफल भए । पहिलो संस्करणको उपाधि भने विकासले जितेका […]

43 views

0 Bookmark

नेपाल आर्मी क्लबका रत्नजित तामाङले पाँचौं पुष्पलाल स्मृति राष्ट्रिय ¥याङकिङ ब्याडमिन्टन प्रतियोगिताअन्तर्गत पुरुष सिंगल्सको उापधि मंगलबार जितेका छन् ।

8(2)

नेपाल खेलकुद महासंघअन्तर्गतको राष्ट्रिय ब्याडमिन्टन संघ, नेपालद्वारा आयोजित प्रतियोगिताको फाइनलमा रत्नजितले भोजपुरका विकास श्रेष्ठलाई २१–१७ र २१–१८ को सोझो सेटमा पराजित गर्दै लगातार चौथो पटक उपाधि जित्न सफल भए । पहिलो संस्करणको उपाधि भने विकासले जितेका थिए ।

कार्यक्रमको समापनको अवसरमा पुष्पलाल स्मृति ¥याङकिङ ब्याडमिन्टनको पुरुष सिंगल्स उपाधि लगातार तीन पटक जितेवापत आयोजकले रत्नजितलाई ३ लाख ४० हजार पर्ने यामाहा आर वान फाइभ मोटरसाइकल पुरस्कार प्रदान गरेको थियो । ¥याङकिङ ब्याडमिन्टनको महिला सिंगल्स उपाधि लगातार तीनपटक जितेवापत यसअघि रत्नजितकी दिदी सरादेवीलाई पनि स्कुटी प्रदान गरिएको थियो । चौथो संस्करणको उपाधि पनि सराले नै जितेकी थिइन् । यसपटक सराले प्रतियोगितामा भाग लिइनन् ।

रत्नजितले उपाधि जितेवापत छुट्टै ४४ हजार ५ सय नगद पुरस्कार पनि पाए । विकासले ३४ हजार नगदमा चित्त बुझाए ।

सोही अवसरमा एपीएफकी पूजा श्रेष्ठलाई विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्नुका साथै व्याडमिन्टनमा योगदान पु¥याएवापत नेपाल ब्याडमिन्टन संघले १ लाख ९० हजार मूल्य बराबरको यामाहा जेड आर स्कुटी प्रदान गरी सम्मान ग¥यो । पाँचपटककी राष्ट्रिय च्याम्पियन पूजाले ११ औं सागको महिला टिम इभेन्टमा कांस्य तथा पाकिस्तानमा भएको सेटलाइट ब्याडमिन्टनको महिला डबल्समा रजत जितेकी थिइन् । सेटलाइट ब्याडमिन्टनमा पूरा उत्कृष्ट खेलाडी समेत घोषित भएकी थिइन् ।

महिला सिंगल्सको उपाधि नङ्शल तामाङले जितिन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको फाइनलमा आर्मीकी नङशलले आफ्नै क्लबकी अनुमाया राईलाई २१–१० र २१–९ को सीधा सेटमा हराउदै  पुष्पलाल स्मृति ¥याङकिङ ब्याडमिन्टनमा पहिलो पटक च्याम्पियन बनिन् । नङशलले ४१ हजार र अनुले ३१ हजार नगद पुरस्कार हात पारे ।

पुरुष डबल्समा पनि रत्नजितले नविन श्रेष्ठसँग जोडि बनाएर फाइनलमा आर्मीका दिपेश धामी र सुरोज महर्जनको जोडीलाई २१–१५ र २१–१५ ले पाखा लगाए ।

महिला डबल्समा एपीएफका पूजा श्रेष्ठ र विना तुलाचनको जोडीले आर्मीका नङ्सलदेवी र अमिता गिरीको जोडीलाई २१–१२ र २१–१८ ले पन्छ्याउदै उपाधि जिते ।

अन्तिम दिन यु–१७ सिंगल्सको ब्वाइजमा कञ्चनपुरका चिरन विष्ट र गल्र्समा आर्मीकी मेघा चन्द प्रथम भए । फाइनलमा चिरनले आफ्नै जिल्लाका सुनील जोशीलाई १९–२१, २१–७ र २१–१७ तथा मेघाले आर्मीकै जेसिका गुरुङलाई २१–१७, ११–२१ र २१–१२ को  सेटमा निराश पारे ।

पुरुष भेट्रान्स डबल्सको उपाधि आर्मीका सुवास श्रेष्ठ र भूमि गुरुङको जोडीले हात पारे । उक्त जोडीले फाइनलमा एबीएका नवीनबाबु श्रेष्ठ र श्याम पराजुलीको जोडीलाई २४–२२ र २१–१९ को सोझो सेटमा हराए । प्रतियोगितामा समावेश सबै ७ स्पर्धामा नगद पुरस्कार राखिएको थियो ।

कूल नगद पुरस्कार राशी ३ लाख २६ हजार रहेको प्रतियोगिताका विजेतालाई नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, राखेप प्रशासन विभाग प्रमुख मधुसुदन बस्नेत, नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

Success

Thank you for your time.