default_image

8 years ago

October 1, 2016

रियो ओलम्पिकका लाइन जज थापा टोलमा सम्मानित

काठमाडौं, असोज १५ (नागरिक)– सरकारको कुनै निकायबाट पनि उनको कामको सरहाना भएको खासै देखिएको छैन । यद्दपी उनी रियो ओलम्पिकमा नेपाली टोली हिस्सा पनि थिएनन् । तर, उनका कारण ओलम्पिकको एउटा खेलमा भने नेपालको चर्चा थियो । किनकी उनी त्यो ब्याडमिन्टन सञ्चालन गर्ने अम्पाएरिङ टोलीको एउटा महत्वपूर्ण हिस्सा थिए । उनी लाइन जजका रुपमा रियो […]

51 views

0 Bookmark

काठमाडौं, असोज १५ (नागरिक)– सरकारको कुनै निकायबाट पनि उनको कामको सरहाना भएको खासै देखिएको छैन । यद्दपी उनी रियो ओलम्पिकमा नेपाली टोली हिस्सा पनि थिएनन् । तर, उनका कारण ओलम्पिकको एउटा खेलमा भने नेपालको चर्चा थियो । किनकी उनी त्यो ब्याडमिन्टन सञ्चालन गर्ने अम्पाएरिङ टोलीको एउटा महत्वपूर्ण हिस्सा थिए । उनी लाइन जजका रुपमा रियो ओलम्पिकमा सहभागी थिए ।

14556022_10155270286688032_2011822767_n-copy
उनी थिए, काठमाडौं थापागाँउका दीपक थापा । थापालाई अहिले सम्म कुनै सरकारी निकायले देशको धन्यवाद सम्म पनि देखिएको छैन । रियो ओलम्पिकमा भाग लिने खेलाडीसहितको सम्पूर्ण टोलीलाई राष्ट्रपति विद्यादेवि भण्डारीबाट विदाई गराएको थियो । विदाईमा छुटेकी पौडी खेलाडी गौरिका सिंहले पनि नेपाल आएका बेला राष्ट्रपतिलाई भेट्ने अवसर पाइसकेकी छिन् । थापा ती कुनै विदाई र भेटमा देखिएनन् । ओलम्पिकमा पुग्ने पहिलो प्राविधिक नेपाली हुँदा पनि सरकारी निकायले त्यसको कदर गर्न सकेन । तर थापाका टोल निवासीले भने उनको कामको उच्च मुल्याङकन गर्ने क्रममा शनिबार साँझ उनलाई सम्मान दिदै अभिनन्दन गरेको छ । थापा गाँउ सुधार समितिले गरेको सम्मानमा उनको पुरै परिवार उपस्थित थियो । कार्यक्रमको अन्त्यतिर सुधार समितिका सल्लाकारले भगवान थापाले आमासँगै दीपकलाई सम्मानका साथ खादा लगाइदिए । समितिले रियो ओलम्पिकमा अफिसियल जजको भूमिका निर्वाह गरि अन्तर्राष्ट्रिय जगतमा नेपालको छवि उच्च राख्न टेवा पु¥याएको भन्दै सम्मानका साथ अभिनन्दन गरेको थियो ।
कार्यक्रममा सबै वक्ताले ओलम्पिकमा थापाले देशको प्रतिनिधित्व गरेको र त्यस देशको नाम उचो भएको चर्चा गरेका थिए । साउनमा ब्राजिलमा सम्पन्न ओलम्पिकका लागि विश्व ब्याडमिन्टन संघ (बिडब्लूएफ) ले लाइन जजमा छनोट गरेको थियो ।
उनले रियो ओलम्पिकको ब्याडमिन्टनका २१ खेलमा लाइनजजको भूमिका निर्वाह गरेका थिए । रियोमा उनले लाइन जज गरेको अन्तिम खेल महिला एकलको फाइनल थियो । जहाँ छिमेकी भारतकी पिभी सिन्धु र स्पेनकी क्यारोलिना मेरिनबीच प्रतिस्पर्धा भएको थियो। जसमा मेरिनले स्वर्ण पदक जितेकी थिइन् ।
उनी अहिले एसियाका सिनियर अम्पाएर हुन् । एसिया ब्याडमिन्टनको एक्रिडिएसन हुँदै सर्टिफिकेट अम्पाएर बनेका थिए । उनले अबको आफ्नो लक्ष्य विश्व ब्याडमिन्टनको एक्रिडिएसन अनि सर्टिफिकेट बन्नु रहेको बताउँदै आएका छन् ।
काठमाडौं जिल्ला ब्याडमिन्टन संघको अध्यक्षका रुपमा दोस्रो कार्यकाल निर्वाह गरिरहेका थापा नेपाल ब्याडमिन्टन संघका केन्द्रीय सदस्य हुन् ।

Success

Thank you for your time.