default_image

8 years ago

October 2, 2016

आर्मीका रत्न र दिपेश अन्तिम १६ मा

काठमाडौं (हाम्रो खेलकुद ) – नेपाल आर्मी क्लबकाद्धय रत्नजित तामाङ र दिपेश धामी खुल्ला ब्याडमिन्टन प्रतियोगिताको पुरुष सिंगल्सको प्रि–क्वार्टर फाइनलमा पुगेका छन् । जेष्ठ ब्याडमिन्टन एकेडेमीको आयोजनामा आइतबार सुरु भएको प्रतियोगिता अन्तर्गतका आर्मीका रत्नले आयोजकका प्रिन्स दाहाललाई २१–१३ र २१–८ ले हराए । दिपेशले आयोजककै भरुन सिलाई २१–११ र २१–८ ले पराजित गरे । पुलिसका […]

44 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद ) – नेपाल आर्मी क्लबकाद्धय रत्नजित तामाङ र दिपेश धामी खुल्ला ब्याडमिन्टन प्रतियोगिताको पुरुष सिंगल्सको प्रि–क्वार्टर फाइनलमा पुगेका छन् । जेष्ठ ब्याडमिन्टन एकेडेमीको आयोजनामा आइतबार सुरु भएको प्रतियोगिता अन्तर्गतका आर्मीका रत्नले आयोजकका प्रिन्स दाहाललाई २१–१३ र २१–८ ले हराए । दिपेशले आयोजककै भरुन सिलाई २१–११ र २१–८ ले पराजित गरे ।

b1
पुलिसका विष्णु कटुवालले आर्मीका रुपेश महर्जनलाई २१–१६ र २१–१२ ले तथा आयोजकका गौचन कठायतले सशस्त्रका सुदिप सेढाईलाई २१–१३ र २१–११ ले हराउँदै अन्तिम १६ मा स्थान पक्का गरे । कैलालीका सञ्जीव खड्का, आर्मीका नवीन श्रेष्ठ, सशस्त्रका विजित थापामगर र भोजपुरका विकास श्रेष्ठले प्रि क्वार्टरफाइनलमा पुगेका छन् ।
पुरुष डलब्समा भुगोल गुरुङ र लक्ष्मण श्रेष्ठको जोडीले तिनचुलीका विशाल लिङथेप र बसन्त लिम्बुको जोडीलाई २१–११ र २१–१४ ले हरायो । सशस्त्रका इन्द्र महता र पंकज चन्दको जोडीले फ्लेकसका दिनेश राई र सन्तोष भट्टराईको जोडीलाई २१–१३, १६–२१ र २१–१० ले तथा आयोजकको सुनिल जोशी र गौतम कठायतको जोडीले पाल्पाका विकास कार्की र विनय खातीको जोडीलाई २१–९ र २१–१९ ले पाखा लगाउदै प्रि–क्वार्टरफाइनलमा प्रवेश गर्यो ।
कपिलवस्तुका सन्दिप श्रेष्ठ र रितेश थापाको जोडीले मकवानपुरका सुनिल श्रेष्ठ र अभिषेक बोसबाट तथा आर्मीका राम राई र सुरज महर्जनको जोडीले शशी रावत र अर्जुन छन्त्यालबाट वाक ओभर पाए ।
सोमबारबाट पुरुष सिंगल्स र डबल्स तथा मास्टर ३५ का प्रि क्वार्टर तथा क्वार्टर फाइनलका खेल हुने आयोजकले जनाएका छन् ।
नेपाल ब्याडमिन्टन संघको प्राविधिक सहयोगमा असोज २० गते सम्म चल्ने प्रतियोगितामा पुरुष एकल, पुरुष डबल्स, महिला डबल्स, यु–१५ पुरुष, मास्टर ३५ वर्ष भन्दा माथी र ४५ वर्ष भन्दा माथीको उमेर समुहमा गरी ६ इभेन्ट समावेश छ ।
प्रतियोगिताको नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजी बहादुर श्रेष्ठले उद्घाटन गरेका थिए । प्रतियोगिताको पुरुष एकल विजेताले २५ हजार, उपविजेताले १५ हजार, सेमिफाइनलमा पुगेको दुई खेलाडीले समान ८ हजार, पुरुष डबल्स विजेताले २५ हजार, उपविजेताले १५ हजार, सेमिफाइनल पुग्नेले समान ८ हजार रुपैयाँ नगद पुरस्कार पाउनेछन ।
महिला डबल्स विजेताले २० हजार, उपविजेताले १२ हजार, सेमिफाइनलमा पुग्नेले समान ७ हजार पाउनेछन । यसैगरी यु–१५ पुरुष तर्फको विजेताले १५ हजार, उपविजेताले ८ हजार, सेमिफाइनलमा पुगेको खेलाडीले समान ५ हजार पाउनेछन । त्यस्तै मास्टर(३५ वर्ष) को विजेताले २० हजार, उपविजेताले १२ हजार र सेमिफाइनल पुग्नेले ७ हजार, मास्टर(४५वर्ष) तर्र्फको विजयीले २० हजार, उपविजेताले १२ हजार र तेस्रो हुने दुई खेलाडीले ८ हजार पाउनेछन् ।

Success

Thank you for your time.