default_image

7 years ago

October 14, 2016

५ खेलाडीसहितको ब्याडमिन्टन टोली पाकिस्तान जाँदै

काठमाडौं (हाम्रो खेलकुद) – पाँच खेलाडीसहितको ७ सदस्यीय नेपाली ब्याडमिन्टन टोली पाकिस्तान अन्तर्राष्ट्रिय ब्याडमिन्टन सिरिजमा भाग लिन शनिबार इस्लामाबाद प्रस्थान गर्दैछ । अक्टोबर १८ देखि २१ तारिखसम्म हुने सिरिजमा नेपालबाट ३ पुरुष र २ महिला खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । पुरुषमा रत्नजित तामाङ, साजनकृष्ण ताम्राकार र विष्णु कट्वाल रहेका छन् । महिलामा नङ्शलदेवी तामाङ र अमिता […]

39 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – पाँच खेलाडीसहितको ७ सदस्यीय नेपाली ब्याडमिन्टन टोली पाकिस्तान अन्तर्राष्ट्रिय ब्याडमिन्टन सिरिजमा भाग लिन शनिबार इस्लामाबाद प्रस्थान गर्दैछ । अक्टोबर १८ देखि २१ तारिखसम्म हुने सिरिजमा नेपालबाट ३ पुरुष र २ महिला खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।

5-4
पुरुषमा रत्नजित तामाङ, साजनकृष्ण ताम्राकार र विष्णु कट्वाल रहेका छन् । महिलामा नङ्शलदेवी तामाङ र अमिता गिरी छन् । उनीहरुले पुरुष÷महिला सिंगल्स र डबल्स तथा मिक्स गरी ५ स्पर्धामा भाग लिने छन् । प्रशिक्षकमा किरण थापा तथा व्यवस्थापकमा नेपाल ब्याडमिन्टन संघका सदस्य राजु थापा रहेका छन् । प्रतियोगिताका लागि रत्नजितले पहिलो तथा साजनले दोश्रो वरीयता प्राप्त गरेको ब्याडमिन्टन संघका महासचिव वीरेन्द्र श्रेष्ठले जानकारी गराए ।
कुल ७ हजार अमेरिकी डलर पुरस्कार राशी रहेको प्रतियोगितामा प्रिक्वाटरफाइनलदेखि नगद पुरस्कार प्रदान गरिने छ । प्रतियोगितामा नेपालसहित बंगलादेश, थाइल्यान्ड, मलेसिया, पाकिस्तान र माल्दिभ्स गरी ६ राष्ट्रको सहभागिता रहने बताइएको छ । टोलीलाई सफलताको शुभकामना दिदै शुक्रबार नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ र ब्याडमिन्टन संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठले एक कार्यक्रमबीच बिदाइ गरे ।

Success

Thank you for your time.