default_image

7 years ago

October 25, 2016

ब्याडमिन्टनमा एतिहासिक सफलता दिलाएका दिदीभाई स्वदेश फर्किए

काठमाडौं (हाम्रो खेलकुद)– योनेक्स सनराइज पाकिस्तान इन्टरनेसनल ब्याडमिन्टन सिरिजमा स्वर्ण पदक जितेका नेपाली खेलाडी मंगलबार स्वेदश फर्केका छन् । त्रिभुवन विमानस्थलमा उनीहरुको भव्य स्वागत गरिएको थियो । नेपाली टोलीमा खेलाडीसहित ७ सदस्यीय थिए । पाकिस्तानको इस्लामाबादमा भएको योनेक्स सनराइज पाकिस्तान इन्टरनेसनल ब्याडमिन्टन सिरिजमा भाइ रत्नजित तामाङ र दिदी नङशलको जाडीले मिक्स डबल्समा स्वर्ण पदक जितेका […]

45 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– योनेक्स सनराइज पाकिस्तान इन्टरनेसनल ब्याडमिन्टन सिरिजमा स्वर्ण पदक जितेका नेपाली खेलाडी मंगलबार स्वेदश फर्केका छन् । त्रिभुवन विमानस्थलमा उनीहरुको भव्य स्वागत गरिएको थियो । नेपाली टोलीमा खेलाडीसहित ७ सदस्यीय थिए ।

4-4
पाकिस्तानको इस्लामाबादमा भएको योनेक्स सनराइज पाकिस्तान इन्टरनेसनल ब्याडमिन्टन सिरिजमा भाइ रत्नजित तामाङ र दिदी नङशलको जाडीले मिक्स डबल्समा स्वर्ण पदक जितेका थिए । सहितको ७ सदस्यीय नेपाली टोली बुधबार स्वदेश फर्किएको छ । नेपाली ब्याडमिन्टनको इतिहासमा यो पहिलो अन्तर्राष्ट्रिय स्वर्ण पदक हो ।
शुक्रबार भएको फाइनलमा रत्न र नङशलको जोडीले पाकिस्तानका मोहम्मद इर्फान सइद भट्टी र मेहमोना अमिनको जोडीलाई २१–१३ र २१–१५ ले हराएको थियो । यसअघि दुई भिन्नभिन्नै अन्तर्राष्ट्रिय प्रतियोगितामा सुमिना श्रेष्ठ र पूजा श्रेष्ठले महिला डबल्समा रजत जितेका थिए । त्यो नै ब्याडमिन्टनले अन्तर्राष्ट्रिय प्रतियोगितामा हासिल गरेको सबै भन्दा ठूलो उपलब्धी थियो ।

5-5
टोलीलाई नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठ, उपाध्यक्ष सुवास श्रेष्ठ र पदाधिकारी, खेलाडी, प्रशिक्षकलगायतले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलामा स्वागत गरेका थिए । स्वागतपछि टोलीलाई गाडीमा राखि नगरपरिक्रमा समेत गराइएको थियो । नगरपरिक्रमा त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को हाता आएर कार्यक्रममा परिणत भएको थियो । नेपाली टोलीमा किरण थापाले प्रशिक्षक तथा ब्याडमिन्टन संघका सदस्य राजु थापाले व्यवस्थापकको जिम्मेवारी सम्हालेका थिए ।

6-3

7-4

Success

Thank you for your time.