default_image

7 years ago

October 29, 2016

स्वर्ण पदक विजेता तामाङ दिदीभाई सम्मानित

काठमाडौं (हाम्रो खेलकुद)– पाकिस्तानमा एउटा अन्तर्राष्ट्रिय ब्याडमिन्टन प्रतियोगितामा स्वर्ण पदक जितेर फर्केका दिदी भाई नङसलदेवी तामाङ र रत्नजितलाई बसुन्धराको जेष्ट ब्याडमिन्टन एकेडेमीले शनिबार नगदसहित सम्मान गरेको छ । गत साता इस्लामाबादमा भएको योनेक्स सनराइज पाकिस्तान इन्टरनेसन ब्याडमिन्टन सिरिजमा तामाङ दिदीभाईले मिक्स डबल्समा स्वर्ण जितेका थिए । उनीहरुले पाकिस्तानका मोहम्मद इर्फान सइद भट्टी र मेहमोना अमिनको […]

49 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– पाकिस्तानमा एउटा अन्तर्राष्ट्रिय ब्याडमिन्टन प्रतियोगितामा स्वर्ण पदक जितेर फर्केका दिदी भाई नङसलदेवी तामाङ र रत्नजितलाई बसुन्धराको जेष्ट ब्याडमिन्टन एकेडेमीले शनिबार नगदसहित सम्मान गरेको छ ।

ratna-and-nangsal
गत साता इस्लामाबादमा भएको योनेक्स सनराइज पाकिस्तान इन्टरनेसन ब्याडमिन्टन सिरिजमा तामाङ दिदीभाईले मिक्स डबल्समा स्वर्ण जितेका थिए । उनीहरुले पाकिस्तानका मोहम्मद इर्फान सइद भट्टी र मेहमोना अमिनको जोडीलाई २१–१३ र २१–१५ ले हराएको थियो । ब्याडमिन्टनमा नेपालले जितेको त्यो अहिले सम्मकै ठूलो सफलता हो । यसअघि दुई भिन्न भिन्दै अन्तर्राष्ट्रिय प्रतियोगितामा सुमिना श्रेष्ठ र पूजा श्रेष्ठले महिला डलब्समा रजत पदक जितेका थिए ।
कार्यक्रममा नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजी बहादुर श्रेष्ठ, जेष्ट ब्याडमिन्टन एकेडेमीका अध्यक्ष मधुसुदन पाठक र एकेडेमीका तालिम संयोजक तथा पूर्व राष्ट्रिय खेलाडी सुदिप योन्जन लगायतले सम्मान गरेका थिए ।
संघका अध्यक्ष श्रेष्ठले जेष्ट ब्याडमिन्टनले सम्मान गरेर खेलाडीलाई हौसला बढाएकोमा धन्यवाद दिए । ‘नेपाली ब्याडमिन्टन खेलाडीले पनि अन्तराष्ट्रिय स्तरमा पदक जित्न सक्छ भन्ने सन्देश दिदीभाईको जोडीले दिएको छ, ’ अध्यक्ष श्रेष्ठले भने, ‘ निरन्तरको मिहेनतले अब डबल्समा मात्र हैन सिङ्गल्समा पनि पदक जित्न सक्छ भन्ने मनोबल बढेको महसुस गरेका छौं ।’
एकेडेमीका अध्यक्ष पाठकले अन्तर्राष्ट्रिय स्तरमा पहिलोपटक स्वर्ण पदक जित्ने खेलाडीलाई सम्मानित गर्न पाउदा खुसी लागेको अनुभव सुनाए । ‘खेलाडीको मनोबल बढाउनकै लागि हामीले सम्मान गरेका हौं,’ उनले भने,‘ एकेडेमी स्थापनाको छोटो समयमा यसरी सम्मान गर्न पाउनु हाम्रो लागि पनि खुसी विषय हो ।’
नङ्सलदेवीले सम्मानले ब्याडमिन्टनमा अझै राम्रो प्रदर्शन गर्ने प्रेरणा मिलेको बताइन् । गत महिना सम्पन्न प्रथम जेष्ट खुला ब्याडमिन्टनमा रत्नजित च्याम्पियन बनेका थिए । एकेडेमी झन्डै दुई महिनादेखि सञ्चालनमा आएको हो ।

Success

Thank you for your time.