default_image

5 years ago

April 13, 2019

लनटेनिस : लिसानेविच दिदीभाइलाई स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद) – आठौं राष्ट्रिय खेलकुदअन्तर्गत १५ औं राष्ट्रिय लनटेनिस खेलमा मिक्स डबल्सतर्फ एपीएफका इभान हो लिसानेविच र अश्लेषा लिसानेविच दीदीभाईको जोडीले स्वर्ण जितेका छन । शनिबार भएको फाईनलमा उक्त जोडीले अभिलाषा विष्ट र प्रनव खनालको जोडीलाई ३–६, ६–४, १०–७ को सेटमा पराजित गरे । प्रदेश नं. ४ का अनिल साही र गंगा शर्मा […]

62 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – आठौं राष्ट्रिय खेलकुदअन्तर्गत १५ औं राष्ट्रिय लनटेनिस खेलमा मिक्स डबल्सतर्फ एपीएफका इभान हो लिसानेविच र अश्लेषा लिसानेविच दीदीभाईको जोडीले स्वर्ण जितेका छन ।

शनिबार भएको फाईनलमा उक्त जोडीले अभिलाषा विष्ट र प्रनव खनालको जोडीलाई ३–६, ६–४, १०–७ को सेटमा पराजित गरे । प्रदेश नं. ४ का अनिल साही र गंगा शर्मा तथा आर्मीका अभिनव आचार्य र ईरा एम रावतको जोडी तेस्रो भए ।

पुरुष डबल्समा प्रदेश नं. ४ का प्रदिप खड्का र नबिन मगरको जोडीले प्रदेश नं. ४ का धर्म लामिछाने र अनिल शाहीको जोडीलाई ६–३, ६–३ तथा एपीएफका इभान हो लिसानोबिच र जितेन्द्र परियारको जोडीले एपीएफकै छेवाङ लामा र सन्तोष खत्रीको जोडीलाई ६–२, ६–२ को सेट हराउदै फाइनलमा स्थान बनाए ।

महिला डबल्सतर्फ एपीएफकी सलोनी तामाङ र अस्लेशा लिसानोबिचको जोडीले अभिलाषा विष्ट र ईरा रावतको जोडीलाई ६–४, ६–१ तथा एपीएफका प्रेरणा कोईराला र एनि माथेमाको जोडीले प्रदेश ४ का श्रीया भट्टराई र रोमिका बुद्धाचार्यको जोडीलाई ६–०, ६–० को सेटमा पराजित गर्दै फाइनलमा स्थान पक्का गरे । प्रतियोगिताअन्तर्गत आइतबार पुरुष र महिला डबल्सको फाइनल हुनेछ भने पुरुष÷महिला सिंगल्सको सेमिफाइनल पनि हुनेछ ।

Success

Thank you for your time.