डिफेन्डिङ च्याम्पियन कर्वर युएस ओपनको पहिलो चरणबाटै बाहिर
0 Likes
188 views
0 Bookmark
न्यू योर्क (एजेन्सी) – – साविक बिजेता एञ्जेलिक कर्वर वर्षको अन्तिम तथा चौथो ग्राण्डस्लाम टेनिस युएस ओपनको पहिलो चरणबाटै बाहिरिएकी छन् । मंगलबार राति भएको खेलमा साविकको विजेता जर्मन स्टार कर्वर जापानी खेलाडी नाओमी ओसाकासँग सोझो सेटमा पराजित भइन्।
छैटौं बरियाताकी कर्वर सन् २०१६ देखि व्यवसायिक टेनिस खेल्न थालेकी १९ वर्षीया ओसाकासँग ६–३ र ६–१ को सोझो सेटमा पराजित भएकी हुन् । सन् २००५ पछि युएस ओपनको पहिलो चरणमै साविक बिजेता बाहिरिएको यो पहिलोपटक हो ।
सन् २००५ को युएस ओपनमा त्यति बेलाकी साविक बिजेता रुसी खेलाडी भेत्लाना कुज्नेत्सोझा पहिलो चरणबाटै बाहिरिएकी थिइन् । यता पुरुषतर्फ शीर्ष बरियाताका स्पेनिस स्टार राफेल नाडालले सर्वियाका डुसान लाजोभिकलाई हराउदै दोस्रो चरणमा प्रवेश गरे । नाडालले लाजोभिकलाई ७–६, ६–२ र ६–२ को सेटमा हराए ।