default_image

5 months ago

December 13, 2023

मोहनदास भेट्रान टेबलटेनिस प्रतियोगिताको क्वाटरफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – नेपालका मोहनदास बासुकला थाइल्यान्डको बैंककमा जारी १४ औं एसिया प्यासिफिक भेट्रान टेबलटेनिस प्रतियोगितामा बुधबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् । भेट्रान ५० वर्षमाथि पुरुष सिंगल्समा मोहनले इन्डोनेसियाका खेलाडीलाई ३–० को सोझो सेटमा पराजित गर्दै क्वाटरफाइनल पुगेका हुन् । आफ्नो समूहको पहिलो खेलमा भने मोहन थाइल्यान्डका खेलाडीसंग ३–१ ले चुकेका थिए । मोहनसहित […]

70 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालका मोहनदास बासुकला थाइल्यान्डको बैंककमा जारी १४ औं एसिया प्यासिफिक भेट्रान टेबलटेनिस प्रतियोगितामा बुधबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

भेट्रान ५० वर्षमाथि पुरुष सिंगल्समा मोहनले इन्डोनेसियाका खेलाडीलाई ३–० को सोझो सेटमा पराजित गर्दै क्वाटरफाइनल पुगेका हुन् ।

आफ्नो समूहको पहिलो खेलमा भने मोहन थाइल्यान्डका खेलाडीसंग ३–१ ले चुकेका थिए । मोहनसहित ३ खेलाडी रहेको उक्त समूहमा इन्डोनेसियाका खेलाडी थाइल्यान्डका खेलाडीसंग पराजित भएपछि मोहनको क्वाटरफाइनल यात्रा उपविजेताका रुपमा सम्भव भएको हो ।

Success

Thank you for your time.