default_image

6 years ago

November 30, 2017

ठमेल ओपन टेबल टेनिस च्याम्पियनसिप आइतबारबाट

काठमाडौं (हाम्रो खेलकुद) – ह्युवाई इम्प्याक्ट ठमेल ओपन टेबल टेनिस च्याम्पियनसिप मंसिर १७ गतेदेखि २३ गतेसम्म हुने भएको छ । बिहीबार पत्रकार सम्मेलन गरी प्रतियोगिता लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस ट्रेनिङ सेन्टरमा गर्न लागिएको इम्प्याक्टका सोमेश राज वन्तले जानकारी गराए । प्रतियोगितामा पुरुष सिंगल्स, महिला सिंगल्स, टिम इभेन्ट (मिक्स), यु–१६ ब्वाइज र यु–१६ गर्ल्स रहेका छन् […]

47 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – ह्युवाई इम्प्याक्ट ठमेल ओपन टेबल टेनिस च्याम्पियनसिप मंसिर १७ गतेदेखि २३ गतेसम्म हुने भएको छ । बिहीबार पत्रकार सम्मेलन गरी प्रतियोगिता लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस ट्रेनिङ सेन्टरमा गर्न लागिएको इम्प्याक्टका सोमेश राज वन्तले जानकारी गराए ।

प्रतियोगितामा पुरुष सिंगल्स, महिला सिंगल्स, टिम इभेन्ट (मिक्स), यु–१६ ब्वाइज र यु–१६ गर्ल्स रहेका छन् । टिम इभेन्टमा ५ जना महिला र ५ जना पुरुष खेलाडी रहने छन् । यता, पुरुषतर्फ इभेन्टलाई ६ समूहमा विभाजन गरिनेछ । यो इभेन्टमा ४० भन्दा बढि खेलाडी हुने आयोजकले बताएको छ ।

समूहको विजेता र उपविजेता दोस्रो राउण्डमा प्रवेश गर्नेछन् । दोस्रो राउण्डबाट ४ जना खेलाडी फाइनल राउण्डमा प्रवेश गर्नेछन् । महिलातर्फको इभेन्टमा भने ३ वटा समूह रहनेछ । लिगको आधारमा हुने खेलमा समूह विजेता, उपविजेता र तेस्रो हुने दोस्रो राउण्डमा प्रवेश गर्ने छन् । दोस्रो राउण्डबाट फाइनल राउण्डमा ४ जना खेलाडी छनोट हुने छन् ।

त्यस्तै यु–१६ ब्वाइजमा २५ भन्दा बढि खेलाडी हुने छन् । ४ समूहमा विभाजन गरिने पहिलो राउण्डबाट समूह विजेता र उपविजेता क्वाटरफाइनलमा प्रवेश गर्ने छन् । क्वाटरफाइनल बेष्ट अफ ५ फर्म्याटमा हुने छ । त्यस्तै, यु–१६ गर्ल्सतर्फ करिब १८ भन्दा बढि खेलाडी हुनेछन् । ४ वटा समूहमा विभाजन गरिने यो समूहबाट विजेता र उपविजेता अन्तिम आठमा प्रवेश गर्नेछन् ।

पुरुष र महिला दुबैतर्फको विजेताले समान २५–२५ हजार नगदसहित ट्रफि प्राप्त गर्नेछन् । त्यस्तै, उपविजेताले पनि समान १५–१५ हजार नगद हात पार्ने छन् । यता टिम इभेन्ट (मिक्स) को विजेताले ४० हजार नगदसहित ट्रफि प्राप्त गर्ने छ भने उपविजेताले २० हजार र तेस्रो हुनेले १० हजार पाउने छ । त्यस्तै, यु–१६ ब्वाइज र गर्ल्स इभेन्टको विजेताले पनि समान १५–१५ हजार नगद प्राप्त गर्ने छन् भने उपविजेताले समान १०–१० हजार नगद प्राप्त गर्नेछन् ।

Success

Thank you for your time.