default_image

6 years ago

December 3, 2017

स्वेच्छा र एलिनालाई तेहोरो सफलता

काठमाडौं (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लबकी स्वेच्छा नेम्वाङ र नेपाल पुलिस क्लबकी एलिना महर्जनले राजधानीमा आइतबारबाट शुरु भएको ह्युएई इम्प्याक्ट ठमेल ओपन टेबल टेनिस च्याम्पियनसिपमा तेहोरो सफलता हात पारेकी छिन् । लैनचौरस्थित टेबल टेनिस प्रशिक्षण केन्द्रमा आइतबार भएको महिला सिंगल्र्सको खेलमा स्वेच्छाले पिङपोङकी लस्ता महर्जनलाई ३–० को सोझो सेटमा पराजित गरिन् । त्यस्तै, आफ्नो […]

49 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लबकी स्वेच्छा नेम्वाङ र नेपाल पुलिस क्लबकी एलिना महर्जनले राजधानीमा आइतबारबाट शुरु भएको ह्युएई इम्प्याक्ट ठमेल ओपन टेबल टेनिस च्याम्पियनसिपमा तेहोरो सफलता हात पारेकी छिन् ।

लैनचौरस्थित टेबल टेनिस प्रशिक्षण केन्द्रमा आइतबार भएको महिला सिंगल्र्सको खेलमा स्वेच्छाले पिङपोङकी लस्ता महर्जनलाई ३–० को सोझो सेटमा पराजित गरिन् । त्यस्तै, आफ्नो दोस्रो खेलमा स्वेच्छाले नेपाल पुलिस क्लबकी याशास्वी सुवाललाई पनि ३–० कै सेटमा पराजित गर्न सफल भईन् । समूह चरणअन्तर्गत आइतबार नै आफ्नो अन्तिम खेलमा स्वेच्छाले धरानकी रुपा लिम्बुलाई ३–० को सेटमा पराजित गर्दै तेहोरो जित निकालिन् । तेहोरो जितसँगै स्वेच्छा सुपर लिगमा पुग्न सफल भएकी छिन् ।

त्यस्तै, आइतबार समूह सी अन्तर्गत कै अर्को खेलमा नेपाल पुलिस क्लबकी एलिना महर्जनले पनि तेहोरो जित हात पारिन् । एलिनाले पहिलो खेलमा पिङपोङकी लस्ता महर्जनलाई ३–० को सेटमा पराजित गरिन् । त्यसपछि उनले आफ्नो दोस्रो खेलमा याशस्वी र तेस्रो खेलमा रुपालाई पनि समान ३–० कै सेटमा पराजित गर्दै सुपर लिगमा स्थान बनाईन् ।
महिला सिंगल्सतर्फ नै आइतबारै भएको अर्को खेलमा आर्मीकी रविना महर्जनले यलास्पिनकी अनुस्का प्रसाईलाई ३–० र दोस्रो खेलमा पुलिसकी मञ्जु सुवाललाई ३–२ को सेटमा पराजित गरिन् । यहि समूहमा भएको अर्को खेलमा एपीएफकी सेलिशा खड्गीले पुलिसकी सोनु थापामगरलाई ३–२ र आफ्नो दोस्रो खेलमा मञ्जु सुवाललाई ३–१ को सेटमा पराजित गरिन् ।

महिला नम्वर वान पुलिसकी नविता श्रेष्ठले नेपाल एपिएफकी शिखा सुवाललाई ३–१ को सेटमा तथा अर्काे खेलमा नविताले काठमाडौंकी रुबी बज्राचार्यलाई ३–० को सोझो सेटमा पराजित गरिन् । दोहोरो जितसँगै नविताले सुपर लिगमा पुग्ने सम्भावनालाई बलियो बनाएको छ ।

यस्तै आइतबारै भएको अर्काे खेलमा त्रिभुवन आर्मीे क्लबकी दीक्षा तामाङले आर्मीकै दीक्षा दाहाल र एपिएफकी शिखा सुवाललाई पराजित गरिन् । दीक्षामाथि ३–२ को कठिन जित निकालेको तामाङले शिखामाथि ३–१ को जित निकाल्न सफल भईन् । जितसँगै दीक्षाले पनि सुपरलिगमा पुग्ने सम्भावना बलियो बनाएकी छिन् । महिला सिंग्ल्र्सतर्फको हरेक तीन समूहका शीर्ष तीन खेलाडी सुपर लिगमा प्रवेश गर्नेछिन् ।

यस्तै, पुरुषतर्फ नै आइतबार भएको लिग चरणअन्तर्गत समूह बी को खेलमा एपीएफका शिवसुन्दर गोथेले बज्र युनियनका बज्रप्रकाश लामालाई ३–१ को सेटमा पराजित गरे । यहि समूहको अर्काे खेलमा चन्दन शाही र राकेश महर्जनले पनि जित हात पारे । समूह ’ए’ को खेलमा नेपाल पुलिस क्लबका विरेश खनिया, एपीएफका विलोश श्रेष्ठ र टेन्डी शेर्पाले जित हात पारेका छन् । समूह सी अन्तर्गत भएका खेलमा भने एपीएफका अमरलाल मल्ल, आर्मीका नारायण घिमिरे र धरानका महाविर चौधरीले जित हात पारे ।
पुरुष सिंगल्सतर्फ ६ समूहमा रहेका छन् । हरेक समूहका शीर्ष दुई खेलाडी सुपर लिगमा प्रवेश गर्नेछन् ।

यू–१६ ब्वाइज र गल्र्स तथा मिक्स टिम इभेन्टका खेलहरु सोमबारबाट शुरु हुनेछ । इम्प्याक्ट स्पोर्टस् म्यानेजमेन्टको आयोजनामा भएको प्रतियोगितालाई ह्युएई नोभा २ आईले मुख्य प्रायोजन गरेको छ ।

प्रतियोगिताको यू–१६ ब्वाइज र गल्र्स विजेताले समान १५–१५ हजार प्राप्त गर्नेछन् । दोस्रो र तेस्रो हुनेले क्रमश १० हजार र ५ हजार प्राप्त गर्नेछन् । यस्तै पुरुष सिंगल्र्स र महिला सिंगल्र्सको विजेताले समान २५–२५ हजार प्राप्त गर्नेछ । दोस्रो र तेस्रो हुनेले १५ हजार र १० हजार प्राप्त गर्नेछ । मिक्स टिम इभेन्टको विजेताले ४० हजार प्राप् गर्नेछ । दोस्रोले २० हजार तथा तेस्रोले १० हजार रुपैया प्राप्त गर्नेछन् । प्रतियोगिता मंसिर २३ गतेसम्म सञ्चालन हुनेछ ।

Success

Thank you for your time.