default_image

6 years ago

December 6, 2017

नेपाल च्याम्पियन नविताको उच्च प्रदर्शन

काठमाडौं (हाम्रो खेलकुद) – पुलिस क्लबकी नेपाल च्याम्पियन नविता श्रेष्ठले राजधानीमा जारी हुवाइ नोभा टु आई इम्पेक्ट ठमेल ओपन टेबलटेनिस प्रतियोगिताको महिला सिंगल्सको सुपर लिगमा उच्च प्रदर्शन गरेकी छिन् । लैनचौरस्थित टेबलटेनिस प्रशिक्षण केन्द्रमा बुधबारको सुपरलिगमा खेलिएका सबै चार खेलमा जित हात पार्दै नविताले उच्च प्रदर्शन गरेकी हुन् । नेपाल च्याम्पियन नविताले आर्मीकी स्वेच्छा नेम्वाङ […]

42 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – पुलिस क्लबकी नेपाल च्याम्पियन नविता श्रेष्ठले राजधानीमा जारी हुवाइ नोभा टु आई इम्पेक्ट ठमेल ओपन टेबलटेनिस प्रतियोगिताको महिला सिंगल्सको सुपर लिगमा उच्च प्रदर्शन गरेकी छिन् ।

लैनचौरस्थित टेबलटेनिस प्रशिक्षण केन्द्रमा बुधबारको सुपरलिगमा खेलिएका सबै चार खेलमा जित हात पार्दै नविताले उच्च प्रदर्शन गरेकी हुन् । नेपाल च्याम्पियन नविताले आर्मीकी स्वेच्छा नेम्वाङ र प्रहरीकी यशस्वी अवाललाई समान ३–० को सेटमा तथा प्रहरीकी सोनु थापा मगर र आर्मीकी दीक्षा तामाङलाई समान ३–१ को सेटमा पन्छाएकी हुन् । समूह चरणको खेलमा भने नविता दीक्षासंग पराजित भएकी थिइन् ।

महिला सिंगल्सकै खेलमा नविताकी सहोदर नन्द एलिना महर्जनले ह्याट्रिक जित दर्ता गरिन् । एलिनाले एपिएफकी शेलिसा खड्की, आर्मीकी रविना महर्जन र एपिएफकी शिखा सुवाललाई पराजित गरिन् । यस्तै आर्मीकी स्वेच्छा नेम्वाङले आर्मीकै दीक्षा तामाङलाई पराजित गरिन् ।

९ खेलाडी सहभागी महिलाको सुपर लिगमा अब प्रत्येक खेलाडीले २–२ खेल खेल्न बाँकी छ । त्यस्तै १२ खेलाडी सहभागी पुरुष सिंगल्सको सुपर लिगमा ६ चरणका खेल सम्पन्न भएको छ । नेपाल एपीएफ क्लबका एलेक्स महर्जन र संयोग कपाली यु–१६ ब्वाइज सिंगल्समा बुधबार फाइनलमा प्रवेश गरेका छन् ।

सेमिफाइनलमा एलेक्सले याला स्पिनका डिकेन महर्जनलाई ४–३ तथा संयोगले नेपाल आर्मी क्लबका बोधित डिसीलाई ४–१ को सेटमा पराजित गरे ।
सोही स्पर्धाको गर्ल्समा आर्मीकी दीक्षा दाहालले एपीएफकी अन्जु सुवाललाई ४–३ तथा वज्र युनियनकी स्मृति पन्तले पिङपोङ स्टारकी मारिया थापा मगरलाई ४–१ ले हराउदै फाइनलमा स्थान सुरक्षित गरे ।

Success

Thank you for your time.