3 years ago
August 3, 2022
काठमाडौं (हाम्रो खेलकुद)– हाम्रो खेलकुद डट कमले तीन वर्ष अघि स्वदेशमा आयोजना भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा सर्वाधिक पदक विजेता पौडी खेलाडी गौरिका सिंहलाई हाम्रो खेलकुद सर्वकालीन सम्मान प्रदान गर्ने भएको छ ।
हाम्रो खेलकुदको सातौं वार्षिकोत्सवका अवसरमा बिहीबार सम्मान गर्न लागिएको हो । आ आफ्नो समयमा खेलकुदलाई विशेष योगदान पुर्याउने सात खेलाडीलाई एकै थलोमा सम्मान गर्न लागिएको हो । अन्य खेलाडीको नाम यसअघि नै सार्वजनिक भइसकेको छ ।
जसमा देशका लागि पहिलो अन्तर्राष्ट्रिय पदक विजेता धावक जीतबहादुर केसी, दक्षिण एसियाली खेलकुद (साग) का कीर्तिमानी धावक बैकुण्ठ मानन्धर, सागमा खेलाडी र प्रशिक्षकका रुपमा स्वर्ण पदक विजेता फुटबलका राजुकाजी शाक्य, छनोट चरण पार गर्ने पहिलो ओलम्पियन तेक्वान्दोकी संगिना वैद्य, सागमा लगातार ४ स्वर्ण पदक जितेका तेक्वान्दोका दीपक विष्ट, नेपाली क्रिकेट इतिहासका सर्वाधिक सफल कप्तान पारस खड्का छन् ।
१३ औं सागमा गौरिकाले ४ स्वर्ण पदकसहित ९ पदक जितेकी थिइन् । सागको पौडीतर्फ व्यक्तिगत स्पर्धामा स्वर्ण जित्ने उनी पहिलो नेपाली खेलाडी बनेकी थिइन् । सन् २०१६ को रियो ओलम्पिकमा भाग लिदा सबैभन्दा कम उमेरकी खेलाडी थिइन् । त्यति बेला उनको उमेर १३ वर्षको थियो ।
हाम्रो खेलकुद २०७२ साल साउन १९ गतेबाट सञ्चालनमा आएको थियो । हाम्रो खेलकुदले सार्वजनिक रुपमा वार्षिकोत्सव मनाउन लागेको यो पहिलो पटक हो । हाम्रो खेलकुदले स्थापनाकाल देखि नै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद सम्बन्धी समाचार, लेख, फोटो, भिडियोलगायतका सामाग्री प्रकाशित गर्दै आएको छ ।
त्यस्तै घरेलु प्रतियोगिताहरुलाई दर्शकमाझ पुर्याउने उद्देश्यका साथ आफ्नो फेसबुक पेज र युट्युब च्यानलमार्फत विभिन्न प्रतियोगिताको प्रत्यक्ष प्रसारण गर्दै आएको छ । सन् २०१९ मा पहिलो पटक हाम्रो खेलकुदले अन्तर्राष्ट्रिय प्रतियोगिताका रुपमा नेपालमा आयोजना भएको एभिसी सेन्ट्रल जोन पुरुष भलिबल च्याम्पियनसिपको प्रत्यक्ष प्रसारण गरेको थियो ।
पाटनको अशोक पार्टी प्यालेसमा हुने कार्यक्रममा राष्ट्रिय तथा अन्तर्राष्ट्रय खेलाडी, प्रशिक्षक, खेलकुद पदाधिकारी, खेलकुद पत्रकारलगायतको सहभागिता रहनेछ । वार्षिकोत्सवको हाम्रो खेलकुदले आफ्नो फेसबुक पेज र युट्युब च्यानलबाट प्रत्यक्ष प्रसारण गर्नेछ ।
October 28, 2025
नेपालगन्ज (हाम्रो खेलकुद)- नेपालगन्ज राष्ट्रिय खुला पौडी च्याम्पियनसिपको दोस्रो संस्करणको तयारी तीव्र गरिएको छ । प्रतियोगितामा सहभागिताको लागि सोमवार सम्म १ सय भन्दाबढी खेलाडीले नामदर्ता गराईसकेको आयोजक नेपालगन्ज स्विमिङ क्लबले जानकारी दिएको छ । प्रतियोगिता नेपालगन्ज रंगशाला स्थित पौडी पोखरीमा कात्तिक १४ र १५ गते हुँदैछ । प्रतियोगिताको व्यवस्थापकीय तयारीको लागि नेपाल पौडी संघका प्राविधिक […]
September 24, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एसियाली एक्वेटिक्स च्याम्पियनसिपको ११ औं संस्करणमा सहभागी हुन १६ खेलाडीसहित २३ सदस्यीय नेपाली पौडी टोली शुक्रवार भारतको अहमदाबाद जाने भएको छ । सेप्टेम्बर २८ देखि अक्टोबर ११ तारिखसम्म हुने प्रतियोगितामा ११ पुरुष र ५ महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । पुरुषमा अविर प्रधान, आरोन भण्डारी, असिम भण्डारी, कल्किन श्रेष्ठ, अल्भिन […]
August 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली पौडी खेलाडीलेरो मानियाको ओटोपेनीमा हुने विश्व एक्वेटिक जुनियर च्याम्पियनसिपमा भाग लिने भएको छ। २ पुरुष खेलाडीसहित ४ सदस्यीय नेपाल पौडी टोली शुक्रबार त्यसतर्फ जाने भएको छ । अगष्ट १५ देखि २१ तरिखसम्म हुने प्रतियोगितामा नेपाल नम्बर वान इर्भिन श्रेष्ठ र प्रारम्भ भण्डारीले प्रतिस्पर्धा गर्ने छन् । इर्भिनले ५० मिटर फ्रिस्टायल र […]