default_image

पौडी

July 3, 2024

बिर्तामोडमा बन्दै अप्सरादेवी स्विमिङ कम्प्लेक्स

हिमाल खरेल,बिर्तामोडझापाको बिर्तामोडमा निर्माण भइरहेको अन्तर्राष्ट्रियस्तरको स्विमिङ पुलको काम आधा सकिएको छ । बिर्तामोडस्थित लिटल फ्लावर्स इङलिस स्कुलपरिसरमा निर्माण भइरहेको अप्सरादेवी स्विमिङ कम्प्लेक्स अबको तीन महिनाभित्र तयार हुने विद्यालयका प्रिन्सिपल विशाल क्षेत्रीले जानकारी दिए । २ करोड रुपैयाँको लागतमा बन्दै गरेको स्विमिङ पुलको निर्माण बैशाख ५ गतेदेखि सुरु भएको हो । विद्यालयका विद्यार्थीलाई पौडी प्रतियोगितामा […]

June 30, 2024

भीमले पारालिम्पिक खेल्ने

काठमाडौं (हाम्रो खेलकुद)- पारा पौडी खेलाडी भीमबहादुर कुमालले फ्रान्समा हुने पेरिस २०२४ पारालिम्पिकमा पौडीमा प्रतिस्पर्धा गर्ने भएका छन् । विश्व पारा पौडीबाट ‘बिपरटाइट स्लोट्स’ प्राप्त भएसंगै भीमको पारालिम्पिक सहभागिता निश्चित भएको राष्ट्रिय पारा पौडी संघ नेपालका अध्यक्ष सरोज श्रेष्ठबाट जानकारी प्राप्त भएको राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले बताएको छ। भीमले पुरुष ५० मिटर फ्रि स्टायलमा […]

May 18, 2024

डुवाना र एलेक्जेन्डरले पेरिस ओलम्पिक खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – पौडीका डुवाना लामा र एलेक्जेन्डर शाहले पेरिस ओलम्पिक २०२४ खेल्ने निश्चित भएको छ । नेपाल ओलम्पिक कमिटि (एनओसी) का महासचिव निलेन्द्र राज श्रेष्ठले पौडीका डुवाना र एलेक्जेन्डरले पेरिस ओलम्पिक २०२४ मा सहभागिता जनाउने निश्चित भएको जानकारी दिएका हुन् । डुवाना र एलेक्सजेन्डरले युनिभर्सियालिटी कोटामा ओलम्पिकमा भाग लिनेछन् । यस्तै पौडीका दुवाना […]

April 20, 2024

श्रेष्ठको अध्यक्षतामा पौडी संघमा नयाँ नेतृत्व

काठमाडौं (हाम्रो खेलकुद)– नेपाल पौडी संघको अध्यक्षमा जगतमान श्रेष्ठसहित २५ सदस्यीय कार्यसमिति शनिबार निर्विरोध निर्वाचित भएको छ । यसअघि झण्डै १२ वर्ष संघको महासचिव रहेका श्रेष्ठ अध्यक्ष चुनिएका हुन् । प्रदेश खेलकुद परिषद् लुम्बिनीका सदस्य सचिव जयप्रकाश भट्टराई वरिष्ठ उपाध्यक्ष तथा चित्रराज भट्ट, जुनाकुमारी कठायत, गंगालाल सिंगार उपाध्यक्ष चयन भएका छन् । पौडीका पूर्व मुख्य […]

February 12, 2024

गौरिका र नासिरद्वारा नयाँ राष्ट्रिय कीर्तिमान

काठमाडौं (हाम्रो खेलकुद) – जलपरी गौरिका सिंह र पौडीवाज नासिर याहा हुसेनले विश्व एक्वाटिक्स च्याम्पियनसिपमा नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेका छन् । कतारको दोहामा जारी विश्व एक्वाटिक्स च्याम्पियनसिप दौरान साेमबार गौरिकाले १०० मिटर ब्याकस्ट्रोकमा आफ्नै नाममा रहेको पुरानो किर्तिमान भंग गरेकी हुन् । नयाँ कीर्तिमान बनाउने क्रममा गौरिकाले निर्धारित दुरी १ मिनेट ५ दशमलव ४७ […]

December 28, 2023

निसर्ग बाटिका पौडीमा टिम च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- निसर्ग बाटिका स्कुल २६ औं राष्ट्रिय खुल्ला तथा उमेर समूह पौडी प्रतियोगितामा टिम च्याम्पियन बनेको छ । नेपाल पौडी संघ र बागमती प्रदेश खेलकुद विकास परिषद्को संयुक्त आयोजनामा भएको प्रतियोगितामा कुल १ सय ४८ अंकका साथ निसर्ग टिम च्याम्पियन बनेको हो । दोश्रो स्थानमा रहेको स्वस्तीश्री गुरुकुलले ५१ अंक र तेश्रो स्थानमा […]

September 23, 2023

सरुले एसियाडका बाँकी खेल गुमाउने

हाङ्गचौं (हाम्रो खेलकुद)– नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी मिडफिल्डर सरु लिम्बुले चीनमा जारी १९ औं एसियाली खेलकुद (एसियाड) का बाँकी खेल गुमाउने भएकी छिन् । एसियाडमा शुक्रबार भिएतनामविरुद्धको खेलमा घुडाँमा चोट लागेपछि सरुले बाँकी खेल गुमाउने भएकी हुन् । समूह चरणमा नेपालले अब जापान र बंगलादेशसँग खेल्न बाँकी छ । भिएतनामविरुद्धको खेलको ३५ औं मिनेटमा […]

September 1, 2023

जुनियर च्याम्पियनसिप खेल्ने पौडी टोलीलाई बिदाई

काठमाडौं (हाम्रो खेलकुद) – इजरायलको नेतन्यामा आयोजना हुने वल्र्ड अक्वाटिक वल्र्ड जुनियर स्विमि च्याम्पियनसिप २०२३ मा सहभागी हुने नेपाली पौडी टोलीलाई बिदाई गरिएको छ । राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले शुभकामना सहित बिदाई गरेका हुन् । टोलीलाई बिदाई गर्दै सदस्य सचिव घिसिङले खेलाडीले पुरानो इतिहासलाई हेरेर रमाउने नभइ आफैले नयाँ इतिहास कोर्नु पर्ने […]

July 26, 2023

गौरिकाको अर्को राष्ट्रिय कीर्तिमान

काठमाडौं (हाम्रो खेलकुद) – दक्षिण एशियाली खेलकुद (साग) की चार स्वर्णधारी गौरिका सिंहले २०औं संस्करणको वल्र्ड एक्वाटिक च्याम्पियनसिप २०२३ मा दोस्रो राष्ट्रिय कीर्तिमान कायम गरेकी छिन् । जापानको फुकुओकामा जारी २०औं संस्करणको वल्र्ड एक्वाटिक च्याम्पियनसिपमा यसअघि १ सय मिटर ब्याकस्ट्रोकमा नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी गौरिकाले बुधबार ५० मिटर ब्याकस्ट्रोकमा नयाँ राष्ट्रिय कीर्तिमान बनाउन सफल भएकी […]

July 24, 2023

गौरिका र नासिरको नयाँ राष्ट्रिय कीर्तिमान

काठमाडौं (हाम्रो खेलकुद) – दक्षिण एशियाली खेलकुदकी ४ स्वर्ण पदकधारी गौरिका सिंह र नासिर याह्या हुसेनले नयाँ राष्ट्रिय कीर्तिमान बनाएका छन् । जापानको फुकुओकामा भइरहेको २०औं संस्करणको वल्र्ड एक्वाटिक च्याम्पियनसिप २०२३ मा नासिरले आफ्नो नाममा अर्को नयाँ राष्ट्रिय कीर्तिमान बनाउन सफल भएको हो । २०० मिटर फ्रि स्टायलमा नासिरले १ मिनेट ५७.२६ सेकेन्ड समयका साथ […]

Success

Thank you for your time.