default_image

3 years ago

October 16, 2022

पौडीमा एनआएनएकी एस्लीलाई चौथो स्वर्ण

361 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद) – नवौं राष्ट्रिय खेलकुद अन्तर्गत पौडीतर्फ एनआरएनएकी एस्ली सापकोटा डंगोलले चौथो स्वर्ण पदक जितेकी छिन् । पोखरास्थित फिस्टेल एकेडेमीमा सर्ट कोर्समा जारी पौडीको दोस्रो दिन आइतबार एस्लीले ८ सय मिटर फ्रिस्टाइलमा स्वर्ण पदक जितेकी हुन् ।

एस्लीले १० मिनेट ३०.६४ सेकेन्डमा दूरी पूरा गरेकी थिइन् । सो इभेन्टमा नेपाल पुलिस क्लबकी आर्या महर्जनले रजत र पुलिसकै समिरा सोभ थापा मगरले कास्य पदक जितेकी छिन् । आर्याले १० मिनेट ४१.६२ सेकेन्ड र समिराले १० मिनेट ५७.६४ सेकेन्डको समय निकालेकी थिइन् ।

अस्वस्थताका कारण १३ औं सागकी कीर्तिमानी गौरिका सिंहले ८ सय मिटर फ्रिस्टाइल इभेन्ट त्यागेकी थिइन् । यो इभेन्टमा गौरिकाले सन् २०१९ मा‌ राष्ट्रिय कीर्तिमान कायम गरेकी थिइन् । उनले ९ मिनेट ३९.२२ सेकेन्डमा पार गरेकी थिइन् ।

गौरिकाले पहिलो दिन दुई इभेन्ट्स र आज एक गरि ३ इभेन्ट छाडिसकेकी छिन् । एस्लीले पहिलो दिन शनिबार महिला ५० मिटर बटरफ्लाई, १०० मिटर फ्री स्टाइल र २०० मिटर ब्याकस्ट्रोकमा स्वर्ण पदक जितेकी थिइन् ।

October 28, 2025

राष्ट्रिय खुला पौडीमा १ सय बढी खेलाडीले भाग लिने

नेपालगन्ज (हाम्रो खेलकुद)- नेपालगन्ज राष्ट्रिय खुला पौडी च्याम्पियनसिपको दोस्रो संस्करणको तयारी तीव्र गरिएको छ । प्रतियोगितामा सहभागिताको लागि सोमवार सम्म १ सय भन्दाबढी खेलाडीले नामदर्ता गराईसकेको आयोजक नेपालगन्ज स्विमिङ क्लबले जानकारी दिएको छ । प्रतियोगिता नेपालगन्ज रंगशाला स्थित पौडी पोखरीमा कात्तिक १४ र १५ गते हुँदैछ । प्रतियोगिताको व्यवस्थापकीय तयारीको लागि नेपाल पौडी संघका प्राविधिक‌ […]

September 24, 2025

१६ खेलाडीसहितको पौडी टोली भारत जाने

काठमाडौं (हाम्रो खेलकुद)- ‌एसियाली एक्वेटिक्स च्याम्पियनसिपको ११ औं संस्करणमा सहभागी हुन १६ खेलाडीसहित २३ सदस्यीय नेपाली पौडी टोली शुक्रवार भारतको अहमदाबाद जाने भएको छ । सेप्टेम्बर २८ देखि अक्टोबर ११ तारिखसम्म हुने प्रतियोगितामा ११ पुरुष र ५ महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । पुरुषमा अविर प्रधान, आरोन भण्डारी, असिम भण्डारी, कल्किन श्रेष्ठ, अल्भिन […]

August 14, 2025

नेपाली खेलाडीले विश्व एक्वेटिक जुनियर च्याम्पियनसिप खेल्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली पौडी खेलाडीले‌रो मानियाको ओटोपेनीमा हुने विश्व एक्वेटिक जुनियर च्याम्पियनसिपमा भाग लिने भएको छ। २ पुरुष खेलाडीसहित ४ सदस्यीय नेपाल पौडी टोली शुक्रबार त्यसतर्फ जाने भएको छ । अगष्ट १५ देखि २१ तरिखसम्म हुने प्रतियोगितामा नेपाल नम्बर वान इर्भिन श्रेष्ठ र प्रारम्भ भण्डारीले प्रतिस्पर्धा गर्ने छन् । इर्भिनले ५० मिटर फ्रिस्टायल र […]

Success

Thank you for your time.