default_image

10 years ago

August 29, 2015

शीरिषको राष्ट्रिय कीर्तिमान

273 views

0 Bookmark

शीरिष गुरुङ राष्ट्रिय स्तरको एउटा पौडी प्रतियोगितामा सर्वाधिक स्वर्ण पदक जित्ने खेलाडी बनेका छन् । सातदोबाटोस्थित अन्तर्राष्ट्रिय पौडी पोखरीमा शुक्रबार सम्पन्न पााचौं एनएस कप खुला तथा उमेर समूह प्रतियोगितामा उनले भाग लिएका सबै १४ प्रतियोगितामा स्वर्ण पदक जितेका हुन् । उनले प्रतियोगितामा १५ मध्ये एउटा इभेन्ट्समा मात्र भाग लिएका थिएनन् ।

शीरिष गुरुङ र सोफिया शाहले जिते धेरै उपाधि

शीरिष गुरुङ र सोफिया शाहले जिते धेरै उपाधि

पहिलो दिन २ सय मिटर ब्याकस्ट्रोकमा राष्ट्रिय कीर्तिमानसहित ७ स्वर्ण जितेका शिरीषले शुक्रबार पनि ७ स्वर्ण पदक जिते । यसअघि करिश्मा कार्कीले २०६८ को पााचौं राष्ट्रिय खेलकुदमा १२ स्वर्ण पदक जितेकी थिइन् ।
शिरीषले शुक्रबार एक सय मिटर ब्रेस्टस्ट्रोक (१ मिनेट १३.९४ सेकेन्ड), ५० मिटर ब्याकस्ट्रोक (३३.०४ सेकेन्ड) र ५० मिटर फ्रिस्टाइल (२६.८८ सेकेन्ड) मा पनि पहिलो स्थान प्राप्त गरे ।
त्यस्तै खुला ४ सय मिटर व्यक्तिगत मिड्ले (६ मिनेट ०१.६३ सेकेन्ड), २ सय मिटर ब्याकस्ट्रोक (२ मिनेट ३९.१० सेकेन्ड), २ सय मिटर फ्रिस्टाइल (२ मिनेट २०.४८ सेकेन्ड), एक सय मिटर बटरफ्लाई (१ मिनेट ०८.९८ सेकेन्ड) मा स्वर्ण पदक जितेका हुन् ।
महिलातर्फ सोफिया शाहले ७ स्वर्ण पदक जितेकी छन् । उनले अन्तिम दिन उनले ४ सय मिटर फ्रिस्टाइल (५ मिनेट ७.९१ सेकेन्ड), २ सय मिटर इन्डिभिज्युल मिड्ले (३ मिनेट ०३.३४ सेकेन्ड), सय मिटर फ्रि स्टाइल (१ मिनेट १३.९४ सेकेन्ड) र ५० मिटर फ्रि स्टाइल (२६.६८ सेकेन्ड) मा स्वर्ण पदक जितेकी हुन् । पहिलो दिन राष्ट्रिय कीर्तिमानसहित उनले तीन स्वर्ण पदक जितेकी थिइन् । सोफियाले बिहीबार ५० मिटर फ्रिस्टाइलको हिटमा २९.३३ सेकेन्डको नयाा राष्ट्रिय कीर्तिमान बनाएकी हुन् ।
महिला खुला २ सय मिटर ब्रेस्ट स्ट्रोकमा सोनिरा विष्ट, सय मिटर ब्याकस्ट्रोकमा ओसिन भारती, ५० मिटर ब्रेस्ट स्ट्रोकमा निहारिका तुलाधार र ५० मिटर ब्याक स्ट्रोकमा दुवाना लामाले स्वर्ण पदक जितेका छन् ।

October 28, 2025

राष्ट्रिय खुला पौडीमा १ सय बढी खेलाडीले भाग लिने

नेपालगन्ज (हाम्रो खेलकुद)- नेपालगन्ज राष्ट्रिय खुला पौडी च्याम्पियनसिपको दोस्रो संस्करणको तयारी तीव्र गरिएको छ । प्रतियोगितामा सहभागिताको लागि सोमवार सम्म १ सय भन्दाबढी खेलाडीले नामदर्ता गराईसकेको आयोजक नेपालगन्ज स्विमिङ क्लबले जानकारी दिएको छ । प्रतियोगिता नेपालगन्ज रंगशाला स्थित पौडी पोखरीमा कात्तिक १४ र १५ गते हुँदैछ । प्रतियोगिताको व्यवस्थापकीय तयारीको लागि नेपाल पौडी संघका प्राविधिक‌ […]

September 24, 2025

१६ खेलाडीसहितको पौडी टोली भारत जाने

काठमाडौं (हाम्रो खेलकुद)- ‌एसियाली एक्वेटिक्स च्याम्पियनसिपको ११ औं संस्करणमा सहभागी हुन १६ खेलाडीसहित २३ सदस्यीय नेपाली पौडी टोली शुक्रवार भारतको अहमदाबाद जाने भएको छ । सेप्टेम्बर २८ देखि अक्टोबर ११ तारिखसम्म हुने प्रतियोगितामा ११ पुरुष र ५ महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । पुरुषमा अविर प्रधान, आरोन भण्डारी, असिम भण्डारी, कल्किन श्रेष्ठ, अल्भिन […]

August 14, 2025

नेपाली खेलाडीले विश्व एक्वेटिक जुनियर च्याम्पियनसिप खेल्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली पौडी खेलाडीले‌रो मानियाको ओटोपेनीमा हुने विश्व एक्वेटिक जुनियर च्याम्पियनसिपमा भाग लिने भएको छ। २ पुरुष खेलाडीसहित ४ सदस्यीय नेपाल पौडी टोली शुक्रबार त्यसतर्फ जाने भएको छ । अगष्ट १५ देखि २१ तरिखसम्म हुने प्रतियोगितामा नेपाल नम्बर वान इर्भिन श्रेष्ठ र प्रारम्भ भण्डारीले प्रतिस्पर्धा गर्ने छन् । इर्भिनले ५० मिटर फ्रिस्टायल र […]

Success

Thank you for your time.