9 years ago
August 6, 2016
काठमाडौं (हाम्रो खेलकुद )– रियो ओलम्पिक खेल्नुअघि नै इतिहास बनाइसकेकी नेपाली पौडी खेलाडी गौरिका सिंह आज पौडीको १ सय मिटर ब्याक स्ट्रोकको हिटमा प्रतिस्पर्धा गर्दैछिन् । रियो ओलम्पिकको सबै भन्दा कान्छी खेलाडी भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यम चर्चा पाएकी प्रतिस्पर्धाको दिन १३ बर्ष २ सय ५५ दिन पुगेकी छिन् । शुक्रबार सुरु भएको रियो ओलम्पिकमा १० हजार बढी खेलाडी सहभागी छन् ।

गौरिकाले ६ महिनाअघि १२ औं सागमा नेपालाई एक रजतसहित ४ कास्य पदक जितेकी थिइन् । सागमा नेपाललाई व्यक्तिगत पदक दिलाउने गौरिका पहिलो खेलाडी हुन् । उनले दुइ सय मिटर इन्डिभिजुअल मिड्लेमा रजत, ५०, १ सय र २ सय मिटर ब्याक स्ट्रोकमा कास्य जितेकी थिइन् ।
रियो ओलम्पिकमा पौडीका गौरिका र शीरिष गुरुङ तथा एथलेटिक्सका हरिकुमार रिमाल र सरस्वती भट्टराई युनिभर्सियालिटी प्लेससका आधारमा रियो पुगेका हुन् । त्यस्तै जुडोकी फुपुल्हामु खत्री, तेक्वान्दोकी निशा रावल र आर्चरीका जीतबहादुर मोक्तानले वाइल्र्ड कार्ड पाएका हुन् ।
October 28, 2025
नेपालगन्ज (हाम्रो खेलकुद)- नेपालगन्ज राष्ट्रिय खुला पौडी च्याम्पियनसिपको दोस्रो संस्करणको तयारी तीव्र गरिएको छ । प्रतियोगितामा सहभागिताको लागि सोमवार सम्म १ सय भन्दाबढी खेलाडीले नामदर्ता गराईसकेको आयोजक नेपालगन्ज स्विमिङ क्लबले जानकारी दिएको छ । प्रतियोगिता नेपालगन्ज रंगशाला स्थित पौडी पोखरीमा कात्तिक १४ र १५ गते हुँदैछ । प्रतियोगिताको व्यवस्थापकीय तयारीको लागि नेपाल पौडी संघका प्राविधिक […]
September 24, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एसियाली एक्वेटिक्स च्याम्पियनसिपको ११ औं संस्करणमा सहभागी हुन १६ खेलाडीसहित २३ सदस्यीय नेपाली पौडी टोली शुक्रवार भारतको अहमदाबाद जाने भएको छ । सेप्टेम्बर २८ देखि अक्टोबर ११ तारिखसम्म हुने प्रतियोगितामा ११ पुरुष र ५ महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । पुरुषमा अविर प्रधान, आरोन भण्डारी, असिम भण्डारी, कल्किन श्रेष्ठ, अल्भिन […]
August 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली पौडी खेलाडीलेरो मानियाको ओटोपेनीमा हुने विश्व एक्वेटिक जुनियर च्याम्पियनसिपमा भाग लिने भएको छ। २ पुरुष खेलाडीसहित ४ सदस्यीय नेपाल पौडी टोली शुक्रबार त्यसतर्फ जाने भएको छ । अगष्ट १५ देखि २१ तरिखसम्म हुने प्रतियोगितामा नेपाल नम्बर वान इर्भिन श्रेष्ठ र प्रारम्भ भण्डारीले प्रतिस्पर्धा गर्ने छन् । इर्भिनले ५० मिटर फ्रिस्टायल र […]