default_image

एजेन्सी – श्रीलंकाका महान् बलर चामिन्डा भासले पाकिस्तानका कप्तान बाबर आजम वर्तमान समयका नम्बर वान ब्याटर भएको बताएका छन् । बाबरले श्रीलंकामा जारी लंका प्रिमियर लिग कोलोम्बो स्ट्राइकर्सबाट खेलेका छन् । कोलोम्बो स्ट्राइकर्सका बलिङ प्रशिक्षकले भारतीय हिन्दुस्थान टाइम्ससँग कुराकानी गर्दै वर्तमान समयमा बाबर नम्बर वान् ब्याटर भएको बताएका हुन् ।

‘बाबर यस लिग एक ब्याटरको रुपमा मात्रै खेल्न चाहन्थे । उनको निर्णयलाई हामीले सम्मान गर्नुपर्छ । त्यसैले निरोशन डिक्वेला हाम्रो कप्तान हुन् । हामी सबैलाई थाहाछ । बाबर आजम विश्वका वर्तमान समयका नम्वर वान ब्याटर हुन्’, भासले भनेका छन् । त्यसैमा थपे ‘उनले जसरी प्रदर्शन गर्छन् र टिमलाई योगदान दिन्छन् । त्यो साँच्चै अद्भुत छ ।’

भास उनीबाट युवा खेलाडीले सिक्नुपर्ने बताउँछन् । ‘सबै युवा खेलाडीले उनीबाट धेरै सिक्न सक्छन् । म उनलाई एलपिएलमा देखेर निकै उत्साहित छु । उनी बाहेक नसिम शाह पनि छन् । उनी विश्वका एक शीर्ष बलर हुन् । नसिम शाह र मथिसा पाथिरानासँग काम गर्नु राम्रो हो’, भासले भनेका छन् ।

वावर बर्तमान समयमा विश्व क्रिकेटमा लगातार उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । उनको प्रदर्शन र कप्तानीमा पाकिस्तानले पछिल्लो समय अन्तर्राष्ट्रिय क्रिकेटमा लगातार राम्रो प्रदर्शन गर्दै आएको छ । बाबरले टेस्ट, ओडिआई र टि२० आई तीनै शैलीमा लगातार राम्रो प्रदर्शन गर्दै आएका छन् । वावर आइसिसीको बरियतामा टि२० आईमा तेस्रो, टेस्टमा चौथो र ओडिआईमा नम्बर वान् स्थानमा छन् ।

पाकिस्तानको सिनियर टोली हाल ब्यस्त छैन । त्यसैले पाकिस्तानका प्रमुख खेलाडीले वर्तमान समयमा लंका प्रिमियर लिग, द हन्ड्रेड र ग्लोबल टि२० क्यानडा लगायतका लिगहरु खेलेका छन् ।

पाकिस्तानले एसिया कप अघि अफगानिस्तानसँग श्रीलंकामा तीन ओडिआई खेलको सिरिज खेल्नेछ । पहिलो खेल २२ अगष्ट दोस्रो २४ र तेस्रो २६ अगष्टमा हुनेछ । त्यसपछि पाकिस्तानले ३० अगष्टमा घरेलु मैदान मुल्तानमा नेपालसँग एसिया कपमा उद्धघाटन खेल खेल्नेछ । भारतसँग सेप्टेम्बर २ मा श्रीलंकामा आएर खेल्नेछ ।

यो पनि पढ्नुहोस् : विश्व क्रिकेटका वादशाह बाबर

Success

Thank you for your time.