default_image

2 years ago

April 1, 2022

विश्व क्रिकेटका वादशाह बाबर

175 views

0 Bookmark

खेलाडीको क्षमताको असली परिक्षा कठिन समयमा मैदानमा देखाउने प्रदर्शन, धैर्यता र हाउभाउले बताउँछ । निराश अनुहारमा मुस्कान कमैले फर्काउन सक्छन् । हारको मुखबाट कमै खेलाडीले जोगाउन सक्छन् । पाकिस्तानका कप्तान बाबर आजम त्यसका एक उदाहरण हुन् । कभर ड्राइभका लागि विश्व प्रसिद्ध बाबरले पछिल्लो समय अन्तर्राष्ट्रिय क्रिकेटको तीनै शैलीमा उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् ।

विहीबार बाबरले अष्ट्रेलियाविरुद्ध पाकिस्तानलाई कीर्तिमानी जित दिलाए । जितका लागि ३ सय ४९ रनको विशाल लक्ष्य पछ्याएको पाकिस्तानले ४९ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो । यो पाकिस्तानले ओडिआई इतिहासमा पूरा गरेको सर्वाधिक ठूलो योगफल थियो । जसका नायक बाबर नै थिए ।

बाबरले ८३ बलमा ११ चौका र १ छक्कासहित १ सय १४ रनको सानदार शतकीय इनिङ खेले । ओपनर इमाम उल हकले ९७ बलमा ६ चौका र ३ छक्कासहित १ सय ६ रन र फखार जमानले ६७ रन जोडेपछि पाकिस्तानले सिरिज १-१ को बराबरीमा पुर्याएको थियो ।

बाबर अष्ट्रेलियाविरुद्ध पाकिस्तानबाट कप्तानको रुपमा सबैभन्दा धेरै रन बनाउने ब्याटर पनि बने । यसअघि इमरान खानले सन् १९९० मा ८२ रन सर्वाधिक थियो । बाबरले पहिलो पटक यस्तो प्रदर्शन गरेका भने होईनन् । पाकिस्तानको जितमा लगातार नायक बन्दै आएका छन् ।

खेल्ने शैली, सटको क्लास, मैदानमा देखाउने धैर्यता, क्षमता र जिम्मेवारी प्रदर्शन बाबरको खुबी हो । ७ वर्षको अन्तर्राष्ट्रिय करिअरमा यस्तै प्रदर्शन र संकट टार्दै बाबरले थुप्रै पटक जित दिलाएका छन् । टेस्ट भन्दा सिमित ओभरमा बाबरको छवी झनै उत्कृष्ट छ ।

केहि साताअघि अष्ट्रेलियाविरुद्ध दोस्रो टेस्ट खेलमा उनले एक यादगार र करिअरको उत्कृष्ट प्रदर्शन गरे । ५ सय ६ रनको विशाल विजयी लक्ष्य पछ्याएको पाकिस्तानले बाबरको सानदार ब्याटिङमा खेल ड्र गर्न सफल भयो । पहिलो इनिङमा ४ सय ८ रनले पछि पर्दै हारको मुखमा पुगेको अवस्थाबाट ड्र रोक्न सफल भयो ।

टेस्टमा पाँचौं दिन ब्याटिङ निकै कठिन पर्छ । तर बाबरले सानदार प्रदर्शन गरे । अझ पहिलो इनिङमा पाकिस्तान १ सय ४८ रनमा अल आउट भएको थियो । अष्ट्रेलियाले चाहेको भए पाकिस्तानलाई फलोअनमा पुन: ब्याटिङ गर्न बोलाउन सक्थ्यो । तर दोस्रो इनिङमा थप ९७ रन जोडेर विजयी लक्ष्य दिएको थियो ।

खेल सकिन झण्डै दुई दिन बाँकी थियो । विश्व स्तरिय तीव्र गतिका बलर प्याट कमिन्स, मिचेल स्टार्क र स्पिनर नाथन लायन जस्ता बलरको सामना गर्न पाकिस्तानलाई सहज थिएन । ओपनर इमाम उल हक १ र अजहर अलीलाई ६ रनमा आउट भए । अघिल्लो खेलमा दुवै इनिङमा शतक प्रहार गरेका इमामको विकेटपछि अष्ट्रेलिया झनै उत्साहित बन्यो ।

तर तेस्रो विकेट लिन लामो समय पर्खनु पर्यो । बाबरले २२ वर्षीय अब्दुल्लाह शफिकसँग मिलेर तेस्रो विकेटका लागि २ सय २८ रनको दोहोरो शतकीय साझेदारीका साथ खेललाई मोड्न सफल भए ।


शफिक प्याट कमिन्सको बलमा फस्ट स्लिपमा स्टिभ स्मिथबाट ९६ रनमा हुँदै दोस्रो शतक बनाउन चुके । बाबरले पाँचौं विकेटका लागि मोहम्मद रिजवानसँग मिलेर १ सय १५ रनको साझेदारी गर्दै एक समय जितको आशा पनि देखाए । बाबरले अष्ट्रेलिया विश्वस्तरिय स्पिन आक्रामण सामु डटेर लडे ।

अघिल्लो महिना एसेज सिरिजमा इंग्ल्यान्डलाई निरिह बनाएको बलिङ आक्रामण पाकिस्तानी ब्याटरसँग कमजोर सावित भए । बाबर करिअरको पहिलो दोहोरो शतक नजिक पुगे । तर स्पिनर नाथन लायनको बलमा मार्नस लाबुसेनबाट १ सय ९६ रनमा क्याच हुन पुगे । बाबरले दोस्रो कुल ४ सय २५ बल खेले । बाबर आउट भएपछि उनको प्रदर्शनलाई लिएर अष्ट्रेलिया सबै खेलाडीले तालिले सम्मान गरेका थिए ।

विपक्षीको सम्मानले उनको प्रदर्शनको महत्व प्रस्टाउँछ । ड्रेसिङ रुममा खेलाडी, प्रशिक्षक र खेल हेर्न कराँची स्टेडियम पुगेका समर्थक सुरुमा स्तब्ध थिए । तर पछि सबैले सम्मान गरे । सामाजिक सञ्जालमा चौतर्फी प्रशंसा भएको छ ।

बाबरले ६ सय ३ मिनेट अर्थात १० घण्टा मैदानमा बिताए । ७१ ओभरको सामना गरे । चौथो इनिङमा यस प्रदर्शन आफैंमा अद्भुत हो ।

बाबर कप्तानको रुपमा तीनै शैलीमा शतक प्रहार विश्व क्रिकेटमा तेस्रो खेलाडी हुन् । यसअघि श्रीलंका पूर्व कप्तान तिलकरत्ने दिलशान र दक्षिण अफ्रिका फाफ डु प्लेसिसले मात्र तीनै शैलीमा कप्तानको रुपमा शतक प्रहार गरेका थिए ।

बाबर टेस्ट इतिहासमा चौथो इनिङमा कप्तानको रुपमा सर्वाधिक ठूलो इनिङ खेल्ने ब्याटर बने । बाबरले इंग्ल्यान्डका पूर्व कप्तान एथर्टन सन् १९९५ मा दक्षिण अफ्रिकाविरुद्ध खेलेको १ सय ८५ रनको कीर्तिमान तोडेका हुन् ।

‘मेरो काम खेलाडी र ड्रेसिङ रुम सकरात्मक राख्ने थियो । टेस्ट क्रिकेटमा तलमाथि हुन्छ नै । जति धेरै सेसन खेलिन्छ । त्यतिनै धेरै फाइदा हुन्छ भन्ने सोच थियो । हाम्रा ब्याटरलाई मैले धेरै आत्माविश्वास दिलाउनु थियो । यो इनिङ पाकिस्तानलाई आवश्यक थियो’, बाबरले भने ।

सन् २०१५ देखि पाकिस्तानको टोलीबाट खेल्न थालेका बाबरले त्यसपछि फर्केर हेर्नु परेको छैन । बाबरको आगमनले पाकिस्तान धेरै फेरिएको छ । पाकिस्तानमा पछिल्लो दुई वर्षमा मोहम्मद रिजवान र बाबरको जोडी मज्जाले जमेको छ । यस खेल बचाउन १ सय ४ रनको अविजित शतकीय इनिङ खेले । बाबर आउट भएपछि त्यो जिम्मेवारी रिजवानले उठाए ।

टि२० मा भने ओपनर जोडी हुन् । यी दुईको प्रदर्शन लोभलाग्दो र उदाहरणीय छ । गत वर्ष टि२० विश्वकपमा पाकिस्तानलाई अपराजित रहँदै सेमिफाइनलमा बाबर र रिजवान नायक बनेका थिए । विश्वकप इतिहासमा पाकिस्तानले पहिलो पटक भारतलाई हराउन सफल भयो ।

‘हेर्नुस् बाबरको विश्व क्लास सबैलाई थाहा छ । बाबर विश्वको नम्बर वान् खेलाडी हुन् । यसमा कुनै कुराको आवश्यक छैन । यस बारे पाकिस्तान र विश्व सबैलाई थाहा छ’, रिजवानले भने ।

पाकिस्तानका पूर्व विश्व प्रसिद्ध तीव्र गतिका बलर शोएब अख्तरले बाबरलाई देखेर युवा खेलाडी क्रिकेटमा लाग्ने बताउँछन् । ‘बाबर त्यो सुपर म्यान खेलाडी हुन् । जसलाई देखेर बच्चा क्रिकेट खेल्न थाल्ने छन् । नयाँ बच्चा बाबर बन्न प्रयास गर्नेछन् । मलाई यस कुरामा धेरै खुसी छ’, अख्तरले भनेका छन् ।

ओडिआई र टि२० आई को विश्व वरियतामा बाबर शीर्षस्थानमा छन् । टेस्टमा पाँचौ स्थानमा छन् । बाबरले ८५ ओडिआई १५ शतक र १८ अर्धशतक सहित कुल ४ हजार १ सय ५६ रन बनाएका छन् । टि२० आईमा ७३ खेलमा १ शतक र २५ अर्धशतकका साथ २ हजार ६ सय २० रन जोडेका छन् । बाबरले २०१६ देखि टि२० क्रिकेटमा निरन्तर राज गर्दै आएका छन् ।

शान्त स्वभावका उनले आफ्नो क्षमता र जिम्मेवारीमा बढी विश्वास राख्छन् । बाबर अन्तिम समय सम्म हार मान्दैनन् । कठिन समयमा पनि डटेर सामना गर्ददछन् । गतवर्ष दक्षिण अफ्रिकालाई घरेलु मैदानमा तेस्रो टि२० आई खेलमा ९ विकेटले हराउन बाबरले १ सय २२ रनको शतकीय इनिङ खेले । बाबरको शतकमा पाकिस्तानले २ सय ४ रनको विशाल लक्ष्य १८ ओभरमै पूरा गरेको थियो ।

२०१९ मा पाकिस्तानले एकदिवसिय विश्वकपमा खराब प्रदर्शन गरेपछि बाबरले कप्तानको जिम्मेवारी पाएका थिए । त्यसपछि पाकिस्तान धेरै फेरिएको छ । रिजवानलाई बाबरले नै ओपनरमा ल्याएका थिए । त्यसपछि रिजवानको प्रदर्शन आकाश पातलको फरक छ । बाबरले उमेर समूह देखिनै क्लासिक र मैदानमा परिपक्क प्रदर्शन गर्दै आएका छन् ।

२०१२ को यू१९ विश्वकपमा ६ खेलमा २ सय ८७ रनका साथ दोस्रो स्थानमा थिए । २०१९ को एकदिवसिय विश्वकपमा बाबरले ८ खेलमा ४ सय ७४ रन जोडे । उक्त विश्वकपमा न्युजिल्यान्डलाई ६ विकेटले हराउन १ सय १ रनको अविजित शतकीय इनिङ खेलेका थिए । गत जुलाईमा इंग्ल्यान्डविरुद्ध तेस्रो ओडिआई खेलमा १ सय ५८ रनको शतकीय इनिङ खेलेका थिए ।

बाबरले घरेलु र विदेशी दुवै भूमिमा लगातार तीनै शैलीमा उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । फर्म्याट र ठाउँ फेरिन्छ । तर उनले रन बनाउने तरिका र प्रदर्शन भने फेरिएको छैन । भारत, अष्ट्रेलिया र इंग्ल्यान्ड जस्ता देशमा जस्तै टोली धेरै ब्याटरमा निर्भर हुँदैन । पाकिस्तानबाट ब्याटिङमा धेरै जिम्मेवारी बाबरको काँधमा हुने गर्दछ । पछिल्लो समय रिजवानले उत्कृष्ट साथ दिँदै आएका छन् ।

विश्व क्रिकेटमा फ्याब ४ (विश्वका चार फेबरेट खेलाडी) मा भारतका विराट कोहली, न्युजिल्यान्डका केन विलियम्सन, इंग्ल्यान्डका जो रुट र अष्ट्रेलिया स्टिभ स्मिथको नाम लिइन्छ । बाबर अब त्यस सुचिमा प्रवेश गर्ने दाबेदार हुन् । बाबर उमेरले बल्ल २७ वर्षको हुँदा लामो समय क्रिकेट खेल्ने अनुमान गर्न सकिन्छ । त्यस समयमा उनले तीनै शैलीमा लामो समय विश्वमा राज गर्ने संकेत देखाएका छन् ।

बाबर २०२१ मा आइसिसीको टि२० आई र ओडिआई दुवै टोलीको कप्तान पनि हुन् । २०२१ को उत्कृष्ट ओडिआई खेलाडीको अवार्ड जितेका थिए । २०२१ को टि२० विश्व कपमा बाबरले ६ खेलमा ४ अर्धशतक सहित ३ सय ३ रन बनाएका थिए । बाबर अब विश्व क्रिकेटका नयाँ वादशाह हुन् भन्दा कुनै फरक नपर्ला । उनी हरेक विपक्षी टोलीलाई लामो समय सम्म तगारो बन्नेछन् । उनको प्रदर्शन र कप्तानीमा पाकिस्तानको भाग्य धेरै फेरिनेछ ।

अन्तर्राष्ट्रिय क्रिकेटमा बाबरको ब्याटबाट उत्कृष्ट प्रदर्शन निस्किन बाँकी नै छ । यो त उनको सुरुवात मात्रै हो । अष्ट्रेलियाले २४ वर्षपछि पाकिस्तान भ्रमण गरेको हो । बाबर, रिजवान र तीव्र गतिका बलर शाहिन शाह अफ्रिदी जस्ता खेलाडीले पाकिस्तान भ्रमणमा अझ बढी इच्छुक भएको हो ।

अहिलेको प्रदर्शन र टोलीले थप ठूला टोली पाकिस्तानमा गएर खेल्न इच्छा देखाउने छन् । शक्तिशाली टोली भन्नेलाई पाकिस्तानमा गएर खेल्न चुनौती पनि हो । बाबरको प्रदर्शन र कप्तानी त्यसको एक कारण हो । बाबरले आफ्नो कप्तानी र प्रदर्शनमा पाकिस्तानलाई अर्को स्तरमा पुर्याउनेमा भने कुनै शंका छैन । तीनै शैलीमा राज गरेका हुँदा अव विश्व क्रिकेटका बादसाह पनि बाबरनै देखिन्छन् ।

यो पनि : विराट उत्कृष्ट कि बाबर ?

रिजवान : आइसियुबाट उठेर मैदानमा प्रदर्शन

July 26, 2024

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

एजेन्सी – आयोजक‌ श्रीलंका एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो । पाकिस्तानले दिएको १ सय ४१ रनको लक्ष्य श्रीलंकाले ७ विकेट गुमाइ १९.५ ओभरमा पूरा गर्‍यो । कप्तान चमारी अथापथ्थुले ४८ बलमा ९ चौका र २ छक्काको सहयोगमा […]

July 26, 2024

भारत एसिया कपको फाइनलमा

एजेन्सी – भारत एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ। श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको पहिलो सेमिफाइनलमा बंगालदेशलाई १० विकेटले पराजित गर्दै भारत फाइनलमा पुगेको हो।  ८१ रनको लक्ष्य भारतले कुनै विकेट नगुमाइ ११ ओभरमा पूरा गर्‍यो। स्मृति मन्धनाले नटआउट ५५ रन र शफली बर्माले नटआउट २६ रन बनाइन् । स्मृतिले ३९ बलमा […]

July 26, 2024

सन्दीप सम्मिलित टोली पराजित

एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित भ्यानकुभर नाइट्स टि ट्वान्टी क्यान्डा क्रिकेट लिगमा पराजित भएको छ । टोरन्टो नेसनल्ससँग भ्यानकुभर नाइट्स ८ विकेटले पराजित भएको हो। भ्यानकुभरले दिएको १ सय ११ रनको लक्ष्य टोरन्टोले १४.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो।  टोरन्टोका कप्तान कोलिन मुनरोले ३९ बलमा ३ छक्का र त्यत्तिनै चौकाको मद्दतमा सर्वाधिक […]

Success

Thank you for your time.