1 year ago
October 12, 2024
काठमाडौं(हाम्रो खेलकुद) – श्रीलंकामा जारी काभा यु २० भलिबल च्याम्पियनसिपको उपाधिका लागि नेपाल र उज्जेकिस्तानबीच खेल हुँदैछ । फाइनल नेपाली समय अनुसार शनिवार दिउँसो ३ः१५ बजे सुरु हुनेछ ।
लिग चरण पहिलो र दोस्रो स्थानमा रहेर नेपाल उज्वेकिस्तान र नेपाल फाइनल खेल्न लागेका हुन् । लिगचरणमा नेपाल उज्वेकिस्तानसँग ३-१ ले पराजित भएको थियो । पहिलो खेलमा नेपालले घरेलु टोली श्रीलंकालाई ३-० को सोझो सेटमा पराजित गरेको थियो ।
दोस्रो खेलमा उज्वेकिस्तानसँग ३-१ ले पराजित नेपालले तेस्रो खेलमा माल्दिभ्सलाई ३-० को सेटमा पराजित गरेको थियो । बिहीवार भएको खेलमा नेपालमाथि किर्गिस्तानले ३-२ को सेटमा जित हात पारेको थियो । शुक्रवार भएको लिगको अन्तिम खेलमा नेपालले तुर्किमेनिस्तानलाई ३-० को सोझो सेटमा पराजित गरेको थियो ।
केहि महिनाअघि काठमाडौंमा भएको यु १९ भलिबल च्याम्पियनसिपमा गरेको प्रदर्शनबाट खेलाडी छनोट गरिएको हो ।
सोही प्रतियोगिताको महिला प्रतियोगितामा भाग लिएर छनोट भएका टोलीले साउनमा माल्दिभ्समा भएको काभा यु २० च्याम्पियनसिपमा कास्य पदक जितेको थियो ।
नेपाली टोली – पहल गहतराज, सुरेश मल्ल, शैलेन्द्र यादव, सुर्य विक, अर्जुन नेपाली, विश्वास अधिकारी, सागर रसौली, अशोक राना, जित बहादुर सार्की, सुजन सुनार, लेसमन राहादी र दिपेश कुवँर।
December 7, 2025
हिमाल खरेल, बिर्तामोड नेपाल पुलिस क्लब झापामा सम्पन्न अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको च्याम्पियन बनेको छ । आज भएको फाइनल प्रतिस्पर्धामा अर्को विभागीय टोली सशस्त्र प्रहरीको एपिएफ क्लबलाई हराउँदै पुलिसले उपाधि उचालेको हो । प्रतिस्पर्धात्मक खेलमा पुलिसले एपिएफलाई ३–१ को सेटमा पराजित गर्दै उपाधि उचालेको हो । उपाधिसँगै पुलिसले नगद दुई लाख, ट्रफी, मेडल र […]
December 6, 2025
हिमाल खरेल, बिर्तामोड न्यु डायमन्ड क्लबका प्रशिक्षक कुमार राई झापामा १ लाख रुपैयाँसहित सम्मानित भएका छन् । झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको दौरान राईलाई सम्मान गरिएको हो । बिर्तामोड तथा अर्जुनधाराका विभिन्न व्यक्ति तथा व्यावसायिक प्रतिष्ठानहरुले राष्ट्रिय यु १९ महिला टोलीका प्रशिक्षक समेत रहेका राईलाई १ लाख रुपैयाँभन्दा बढी धनराशिसहित आज सम्मान […]
December 6, 2025
हिमाल खरेल, बिर्तामोड नेपाल एपिएफ क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम सेमिफाइनल खेलमा न्यु डायमन्ड क्लबलाई ३–१ को सेटमा पराजित गर्दै एपिएफ उपाधिनजिक पुगेको हो । प्रतिस्पर्धात्मक खेलमा एपिएफले पहिलो, दोस्रो र चौथो सेटमा न्यु डायमन्डलाई हराएको हो । एपिएफ २५–२२, २५–१६ ,२२-२५ र […]