default_image

7 years ago

February 14, 2017

दोश्रो पाथिभरा भलिबलमा पुलिस र आर्मीको विजयी शुरु

ताप्लेजुङ (हाम्रो खेलकुद) – बिभागिय टिम   नेपाल पुलिस क्लब र नेपाल आर्मीले दोश्रो पाथिभरा राष्ट्रिय खुला पुरुष भलिबल प्रतियोििगतामा बिजयी शुरुवात गरेका छन् । ताप्लेजुङ नगरपालिका स्थित भानु जन उच्च माबीको कोेर्टमा भएको उद्घाटन खेलमा नेपाल पुलिसले आयोजक पूर्वाञ्चललाई ३–० को सोझो सेटमा हरायोे । पुलिसले पूर्वाञ्चलमाथी सहज जित निकाल्ने क्रममा २५–१८,२५–१३ र २५–१४ को […]

73 views

0 Bookmark

ताप्लेजुङ (हाम्रो खेलकुद) – बिभागिय टिम   नेपाल पुलिस क्लब र नेपाल आर्मीले दोश्रो पाथिभरा राष्ट्रिय खुला पुरुष भलिबल प्रतियोििगतामा बिजयी शुरुवात गरेका छन् ।

2

ताप्लेजुङ नगरपालिका स्थित भानु जन उच्च माबीको कोेर्टमा भएको उद्घाटन खेलमा नेपाल पुलिसले आयोजक पूर्वाञ्चललाई ३–० को सोझो सेटमा हरायोे । पुलिसले पूर्वाञ्चलमाथी सहज जित निकाल्ने क्रममा २५–१८,२५–१३ र २५–१४ को सोटमा स्तब्ध बनायो । राउण्ड रबिनका आधारमा संचालन भएको अर्को खेलमा आर्मीले मध्याञ्चललाई ३–० को सेटमा पराजित गर्यो । आर्मी हावी रहेको खेलमा मध्याञ्चल २५–१०,२५–१७ र २५–१० को सेटमा पछि परेको थियो ।

सर्वाधिक पुुरस्कार रासीको भलिबल प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष लामा टेण्डी शेर्पाले उद्घाटन गरेका थिए । फाल्गुन ७ गने सम्म चल्ने प्रतियोगिताका बिजेता टिमले ३ लाख ३० हजार,उपबिजेताले १ लाख ६५ हजार र तेश्रो र चौथो हुने टिमले समान ३५ हजार नगद प्राप्त गर्ने छन् । उद्घाटनका अवसरमा राखेप सदस्य उपेन्द्र पौडेल, आयोजक ताप्लेजुङ जिल्ला भलिबल संघका अध्यक्ष दिवास चाम्लिङलगायतको उपास्थिति रहेको थियो । पाच टिम सहभागिता रहेको प्रतियोतिामा पाँचौ टिमको रुपमा एपीएफ क्लब रहेको छ ।

April 25, 2024

पुलिससँग न्यु डायमण्डको हार

काठमाडौं (हाम्रो खेलकुद )- नेपाल पुलिस क्लबले काठमाडौमा जारी केएनपी नेरोलेक सातौ राष्ट्रिय महिला भलिबल प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कर्भडहलमा बिहीबारको दोस्रो खेलमा चन्द्रागिरी नगरपालिका न्यु डायमण्ड महिला भलिबल टोलीलाई ३-१ को सेटमा हराउँदै फाइनल पुग्ने सम्भावना जिवित राखेको छ। पुलिस क्लबले न्यु डायमण्डलाई १८–२५,२५–२२, २५–२२ र २५–१८ ले […]

April 25, 2024

आर्मीमाथि एपिएफको रोमाञ्चक जित

काठमाडौं (हाम्रो खेलकुद) – साविक उपविजेता विभागीय नेपाल एपिएफ क्लबले सातौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल प्रतियोगितामा अर्काे विभागीय टोली त्रिभुवन आर्मी क्लबमाथि रोमाञ्चक जित निकाल्दै फाइनल पुग्ने सम्भावना बलियो बनाएको छ । एपिएफले आर्मीलाई ३–२ को सेटमा पराजित गर्दै फाइनल पुग्ने सम्भावना बलियो बनाएको हो । सुरुवाती दुई सेट जितेको एपिएफले त्यसपछि लगातार दुई […]

April 25, 2024

एपिएफ र आर्मी खेल्दै

काठमाडौं (हाम्रो खेलकुद) – सातौं केएनपी नेरोलेक महिला भलिबल प्रतियोगिताको दोस्रो दिन बुधबार पनि दुई खेल हुँदैछन् ।त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा दिउँसो १ः०० बजे सुरु हुने खेलमा दुई विभागिय टोली साविक उपविजेता नेपाल एपिएफ क्लब र त्रिभुवन आर्मी क्लबबीच हुनेछ । एपिएफल लगातार दोस्रो खेल जित्ने योजनामा हुनेछ भने आर्मी फाइनल प्रवेशको सम्भावनालाई […]

Success

Thank you for your time.