default_image

7 years ago

March 29, 2019

नेपाली भलिबल टोली क्रोएसिया प्रस्थान

163 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली भलिबल इतिहासमै पहिलोपटक उमेर समूहको अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिता आइएसएप वोर्ल्ड स्कुल भलिबल च्याम्पियनसिप सहभागिता जनाउन नेपालको प्रतिनिधित्व गर्दै न्यु डायमण्ड एकेडेमीका खेलाडी शुक्रबार साँझ क्रोएसिया प्रस्थान गरेका छन् ।

नेपाली टोलीको कप्तानी सेटर सजिना श्रेष्ठले गरेकी छन् भने टिम प्रशिक्षकको भूमिकामा न्यु डायमण्ड एकेडेमीका प्रिन्सिपल समेत रहेका कुमार राई गरेका छन् । क्रोएसिया जाने नेपाली टोलीका अन्य खेलाडीमा सोनी थपलिया,करिना सुनुवार,सविना तामाङ,दिया परियार,जोया गुरुङ,रिया कुवँर,प्रेक्षा राई र सुनिता खड्का रहेका छन् ।

टिमको नेतृत्व प्रमुख ब्यवस्थापकमा राज कुमार कार्कीले गरेका छन् । यस्तै ब्यवस्थापकमा सुनकेशरी माली,रेफ्रिको भूमिककामा अन्तर्राष्ट्रिय रेफ्रि क्यानिडेड चन्द्रवदना राई र स्कुल डाइरेक्टरको भूमिकामा मोहन कुमार कार्की रहेका आयोजकले जनाएको छ ।

प्रतियोगितामा नेपालसहित विभिन्न १४ देशको सहभागिता रहनेछन् । जसमा बुल्गेरिया, चिली, चीन, चाइनिज ताइपेइ, क्रोएसिया, इस्टोनिया, फ्रान्स, हंगेरी, म्यासेडोनिया, नेपाल, नेदरल्यान्डको दुई टोली, स्पेन र युक्रेन रहेने नेपाल स्कुल स्पोर्टस् फेडेरेसन (एनएसएफ) ले जनाएकको छ । प्रतियोगिता १६ देखि २२ चैतसम्म सञ्चालन हुनेछ ।

December 6, 2025

एपिएफ अर्जुनधारा महिला भलिबलको फाइनलमा

हिमाल खरेल, बिर्तामोड‌ नेपाल एपिएफ क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम सेमिफाइनल खेलमा न्यु डायमन्ड क्लबलाई ३–१ को सेटमा पराजित गर्दै एपिएफ उपाधिनजिक पुगेको हो । प्रतिस्पर्धात्मक खेलमा एपिएफले पहिलो, दोस्रो र चौथो सेटमा न्यु डायमन्डलाई हराएको हो । एपिएफ २५–२२, २५–१६ ,२२-२५ र […]

December 6, 2025

अर्जुनधारा महिला भलिबलः पुलिस फाइनलमा

हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा पुगेको छ। आज भएको पहिलो सेमिफाइनल खेलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै पुलिस उपाधिनजिक पुगेको हो । पुलिसले आर्मीलाई २५-६, २५-१५ र २५-१७ को सोझो सेटमा हराएको हो । पुलिसले कम्तिमा १ लाख रुपैयाँ […]

December 5, 2025

पुलिस अर्जुनधारा महिला भलिबलको सेमिफाइनलमा

हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]

Success

Thank you for your time.