7 years ago
April 4, 2019
गोरखा (हाम्रो खेलकुद) – दोस्रो दिल बहादुर स्मृति कप खुल्ला पुरुष भलिबल प्रतियोगिता बैशाख दोस्रो सातादेखि आयोजना हुने भएको छ ।

बारपाक सुलिकोट गाउपालिकाको आयोजना तथा वडा नम्वर १ र २ को व्यवस्थापनमा दोस्रो संस्करणको प्रतियोगिता बैशाख १२ गतेबाट १४ गतेसम्म आयोजना हुने भएको हो । प्रतियोगितामा एक टोलीमा बढीमा दुई जना राष्ट्रिय खेलाडी राख्न पाउने प्रावधान राखिएको छ । जिल्ला बाहिरका खेलाडीलाई खाना र बस्नको व्यवस्था गरिएको आयोजकले जानकारी गराएको छ । प्रतियोगितामा सहभागिताका लागि ५ हजार ५ सय दर्ता शुल्क तोकिएको छ ।
प्रतियोगिताको विजेताले १ लाख ५ हजार रुपैयाँसहित शिल्ड मेडल र प्रमाणपत्रा पाउनेछन् । दोस्रो हुनेले ६० हजार रूपैया तथा तेस्रो हुनेले ३० हजार रुपैयाँ हात पार्नेछ । यस्तै सान्त्वना हुनेले १५ हजार रुपैयाँ हात पार्नेछ ।
प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडीले ५ हजार तथा व्यक्तिगत विधातर्फका स्पाइकर, ब्लकर, क्वीकर, सेटर, सर्भर, डिफेन्स र प्रशिक्षकले समान ३–३ हजार रुपैयाँ हात पार्नेछ । प्रतियोगिताको सबै खेल बारपाक खेल मैदानमा हुनेछ ।
दिल बहादुर रम्तेल १० वर्षे सशस्त्र जनयुद्धका पहिलो सहिद हुन् । उनकै स्मृतिमा बारपाक गाउपालिकाले २०७२ को भूकम्पको केन्द्रविन्दु गोरखाको बारपाकमा प्रतियोगिता आयोजना गर्न लागेको हो । गतवर्ष साविकको देउराली गाविसमा पहिलो संंस्करण आयोजना भएको थियो ।
यसपटक भूकम्पको केन्द्रविन्दु बारपाकमा प्रतियोगिता आयोजना गर्न लागिएको र करिव २० भन्दा बढी टोलीले प्रतियोगितामा सहभागिता जनाउने अनुमान गरिएको प्रतियोगिता संयोजक तथा अन्तर्राष्ट्रिय भलिबल रेफ्री बिकास गुरुङले जानकारी गराए ।
December 6, 2025
हिमाल खरेल, बिर्तामोड नेपाल एपिएफ क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम सेमिफाइनल खेलमा न्यु डायमन्ड क्लबलाई ३–१ को सेटमा पराजित गर्दै एपिएफ उपाधिनजिक पुगेको हो । प्रतिस्पर्धात्मक खेलमा एपिएफले पहिलो, दोस्रो र चौथो सेटमा न्यु डायमन्डलाई हराएको हो । एपिएफ २५–२२, २५–१६ ,२२-२५ र […]
December 6, 2025
हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा पुगेको छ। आज भएको पहिलो सेमिफाइनल खेलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै पुलिस उपाधिनजिक पुगेको हो । पुलिसले आर्मीलाई २५-६, २५-१५ र २५-१७ को सोझो सेटमा हराएको हो । पुलिसले कम्तिमा १ लाख रुपैयाँ […]
December 5, 2025
हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]