10 years ago
September 15, 2015
काठमाडौं, भदौ २९ –
नेपाल बेसबल तथा सफ्टबल संघले अर्को साता विद्यालयस्तरीय प्रतियोगिता आयोजना गर्ने भएको छ । असोज ३ र ४ गते बुढानिलकण्ठ स्कुलको मैदानमा हुने प्रतियोगितामा ७ विद्यालयको सहभागिता रहने मंगलबार आयोजित पत्रकार सम्मेलनमा संघका उपाध्यक्ष जीवन केसीले जानकारी दिए ।
दुई दिने प्रतियोगितामाल बुढानिलकण्ठ, ब्रिटिस गोर्खा, सेन्ट जेभियर्स, ज्ञानोदय, ओलम्पिया, मल्पी र सान्त्वना विद्यालयले भाग लिदैछन् । प्रतियोगितामा १ लाख ६० हजार रुपैयाँ खर्च हुने संघको अनुमान छ । विद्यालय र कलेजस्तरमा खेलको विकास विस्तार गर्ने योजनासहित संघले प्रतियोगिताअघि बेलबल तथा सफ्टबलको प्रशिक्षण पनि दिने भएको छ । संघका अध्यक्ष असित शम्सेर राणाले संघले संघले बेलबस मैदानका लागि जग्गाको खोजि गरिने जानकारी दिए ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]
December 9, 2025
हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]
December 9, 2025
काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]