9 years ago
December 28, 2016
बिराटनगर (हाम्रो खेलकुद) – पुरुष हक्कीमा आर्मीले स्वर्ण हात पारेको छ । विराटनगरस्थित दिल्ली पब्लिक स्कुलमा भएको फाइनलमा आर्मीले सुदूरपश्चिमाञ्चललाई २–० गोलअन्तरले पराजित गर्यो ।
निर्धारित ७० मिनेटको १९ औं मिनेटमा सत्यनारायण चौधरीले आर्मीलाई १–० को अग्रता दिलाए । ६८ औं मिनेटमा अमित श्रीवास्तवले आर्मीका लागि दोश्रो गोल थपे ।
मध्यमाञ्चलले मध्यपश्चिमाञ्चललाई ८–० गोलले हरायो । पुरुष हक्कीमा पाँच क्षेत्र र आर्मीले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।
महिलामा सुदूरपश्चिमाञ्चलले स्वर्ण हात पार्यो । मध्यपश्चिमाञ्चल बाहेक चार क्षेत्र र आर्मी सहभागी महिलाको राउन्ड रोविन लिगमा सुदूरपश्चिमाञ्चलले सबै प्रतिद्वन्द्वीलाई हराउदै ८ अंक जोड्यो । दोश्रो भएको आर्मीले ६ अंक जोड्यो भने तेश्रो स्थानमा रहेको मध्यमाञ्चलले ४ अंक बटुल्यो ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]
December 9, 2025
हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]
December 9, 2025
काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]