3 years ago
March 18, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल आर्मीका मुकेशबहादुर पाल र नेपाल प्रहरीकी राजपुरा पछाईं तेश्रो मदन भण्डारी स्मृति ५ किमि रोड रेसमा पहिलो भएका छन् ।

खुलातर्फ पुरुषमा मुकेश र महिलामा राजपुरा पहिलो भएका हुन् । रन क्लब नेपालद्वारा आयोजित शनिबार भएकाे दौडमा मुकेशले निर्धारित दूरी १५ मिनेट २२.९ सेकेन्डमा पूरा गरे ।
आर्मीकै सञ्जय श्रेष्ठ दोश्रो तथा गजेन्द्र राई तेश्रो भए । निर्धारित दूरी तय गर्न सञ्जयले १५ मिनेट २७.५ सेकेन्ड तथा गजेन्द्रले १५ मिनेट ३१.९ सेकेन्ड समय खर्चे ।
राजपुराले शीर्ष स्थान हात पार्ने क्रममा १८ मिनेट १६.२ सेकेन्ड समय निकालिन् । दोश्रो भएकी प्रहरीकै राममाया बुढाले १८ मिनेट १६.५१ सेकेन्डमा दौड सकाइन् । तेश्रो स्थानकी आर्मीकी पुर्णलक्ष्मी न्यौपानेको टाइमिङ १८ मिनेट १७.०५ सेकेन्ड रह्यो ।पुरुष-महिलामा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः २५ हजार, १२ हजार र ८ हजार नगद पुरस्कार पाए ।
स्कुलतर्फ छात्रमा विकेश घिमिरे पहिलो तथा नवराज गुरुङ दोश्रो भए । सो स्पर्धाको छात्रामा सोनु घतानीले स्वर्ण, पुर्णिमा श्रेष्ठले रजत तथा जेशिका महर्जनले कांस्य जिते । छात्र-छात्रामा पहिलो हुनेले १० हजार, दोश्रोले ५ हजार र तेश्रोले ३ हजार नगद पुरस्कार प्राप्त गरे ।
विजेतालाई म्याराथनका कीर्तिमानी धावक वैकुण्ठ मानन्धर, नेपाल एथलेटिक्स संघका सचिव आरके विष्ट, नेपाल ¥याफटिङ एन्ड क्यानोइङ संघका कार्यवाहक अध्यक्ष राजीव श्रेष्ठ, पूर्व धावक बुद्धवीर लामालगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।
दौडमा २ सय प्रतिस्पर्धीले सहभागिता जनाएको आयोजक रन क्लब नेपालका अध्यक्ष सन्तोष श्रेष्ठले जनाएका छन् । दौड ठमेलस्थित छाँया सेन्टरको प्राङ्गणबाट सुरु भइ त्यही आएर टुंगिएको थियो ।
December 9, 2025
हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]
December 9, 2025
काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सन्तोषी श्रेष्ठले आइतवार भ्यालेन्सिया म्याराथन २०२५ मा महिला म्याराथनमा नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छिन्। ४२.१९५ किलोमिटर म्याराथन सन्तोषीले २ घन्टा ४० मिनेट २३ सेकेन्डमा पूरा गर्दै कीर्तिमान बनाएकी हुन् । उनले लण्डन म्याराथन राखेको २ घन्टा ४२ मिनेट ५० सेकेन्डको आफ्नै कीर्तिमान तोडेकी हुन्। लण्डन म्याराथनमा सन्तोषीले आफ्नो डेब्यु बंगलादेशको बंगबन्धु म्याराथन […]