default_image

9 years ago

January 31, 2017

अल्ट्रा धाविका मिरालाई वि विल राइजको सम्मान

189 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– हालै नेसनल जियोग्राफी च्यानलको ‘पिपुल च्वाइस एडभेन्चर्स अफ द इयर’ अवार्ड जितेकी अल्ट्रा धाविका मिरा राईलाई वि विल राइज (हामी उठ्ने छौं) फाउन्डेसनले सम्मान मंगलबार गरेको छ । फाउन्डेसनले मिरालाई ५० हजार रुपैयाँसहित सम्मान गरेको हो ।

samman-3
‘पिपुल च्वाइस एडभेन्चर्स अफ द इयर’ को अवार्ड जित्दै नेपालको नाम उचो राख्न महत्वपूर्ण भूमिका खेलेको र आगामी दिनमा सफलता मिलोस भन्ने उद्देश्यले फाउन्डेसनले उनलाई सम्मान गरेको जनाएको छ ।
फाउन्डेसनका सस्थापक अध्यक्ष तुलसी गुरुङ र नायिका स्वेता खड्काले मिरालाई सम्मानपत्र र नगद हस्तान्गर गरेका थिए । अल्ट्रा दौड सुरु गरेको छोटो समयमै मिराले केही अन्तर्राष्ट्रिय सफलता प्राप्त गरेसँगै उनको चर्चा चुलिएको थियो ।
कार्यक्रममा बोल्दै मिराले वि विल राई र आफुलाई विजेता बन्न सघाउने सबैलाई धन्यवाद दिइन् । अल्ट्रा दौड नेपालीका लागि सुहाउँदो खेल भएको उल्लेख गर्दै उनले भनिन्,‘हामी जन्मेदेखि नै डाडा काडामा खेल्ने कुद्ने गर्दै हुर्केका हुन्छौं । अल्ट्रा दौड त्यस्तै हो । लगातार ५० किलोमिटर भन्दा बढी १ सय १० किलोमिटर सम्म दौडनु पर्ने हुन्छ । हाम्रो लागि त्यो खेल सुहाउँदो छ । त्यसैले कोही पनि यो दौडमा आउन चाहन्छ भने मेरो तर्फबाट पुरा सहयोग रहन्छ ।’
अल्ट्रा धाविका मिरा च्यानलले सुरु गरेका अनलाइन भोटिङमा मनोनयनमा परेका अन्य ९ प्रतिस्प्रधिहरूलाई पछि पार्दै यो अवार्ड जित्न सफल भइकी हुन् । मिरा यो अवार्ड जित्ने दोस्रो नेपाली महिला हुन् । गत बर्ष नेपाली हिमाल आरोही पासाङ ल्हामु शेर्पाले यो अवार्ड जितेकी थिइन् । पूर्वी पहाड़ी जिल्ला भोजपुरको दुंग्मामा जन्मिएकी २९ बर्षीय मिरा राई माओवादी हुँदाको समयबाट खेलकुदमा आबद्ध भएकी थिइन् ।

samman-2
मिरालाई राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक राजु शाक्यले नेपालको झन्डा हस्तान्तरण गरेका थिए । मिरालाई गायिका कोमल ओली, नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष महेश आचार्य, सञ्चारकर्मी दिनेश डिसी, प्रभात रिमाल, सिता पाठक, गायक आनन्द कार्की, संगितकार राजु सिंहलगायतले पनि सम्मान गरेका थिए ।
शान्ति सम्झौतापछि सेना समायोजमा अयोग्य बनेकी मिरा त्यसपछि कराते हुँदै एथलेटिक्समा पुगेकी हुन् । कराते प्रशिक्षक ध्रुवबिक्रम मल्ल सल्लाहमा उनी करातेबाट एथलेटिक्समा पुगेकी थिइन् । मिराले पहिलो पटक काठमाडौंमा भएको अल्ट्रा हिमालयन आउटडोर दौडमा भाग लिएकी थिइन् । उनको अन्तराष्ट्रिय यात्रा भने इटलीबाट सुरु भएको हो । गत सेप्टेम्वरमा उनले इटलीको भएको स्काइरनिङ अल्ट्रारेसमा दोस्रो स्थान हासिल गरेपछि मिरा चर्चित बनेकी हुन् । त्यसपछि मिराले फ्रान्समा मोन्ट ब्लान्स नामक ८० किलोमिटर दुरीको अल्ट्रा म्याराथन जितेकी थिइन् ।
गत बर्षको बैशाख १२ को विनाशकारी भूकम्पपछि विबिध क्षेत्रमा सकारात्मक मनोभाव जागरण गर्ने उद्देश्यले ‘वि विल राइज फाउन्डेसन’ स्थापना गरिएको सामाजिक संस्था हो । यस सस्थाले यसअघि आईसीसी यू–१९ विश्वकप खेल्ने नेपाली क्रिकेट टिम र दक्षिण एसियाली खेलकुदमा स्वर्ण पदक विजेता र बंगबंधु गोल्डकप बिजेता नेपाली टोलीलाई पनि सम्मान गरेको थियो ।

samman

December 9, 2025

चौथो भोजपुर बासिखोरा रन अर्को महिना

हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]

December 9, 2025

थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]

December 8, 2025

सागकी स्वर्ण पदक विजेता सन्तोषीको एकपछि अर्को कीर्तिमान

काठमाडौं (हाम्रो खेलकुद)- सन्तोषी श्रेष्ठले आइतवार भ्यालेन्सिया म्याराथन २०२५ मा महिला म्याराथनमा नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छिन्। ४२.१९५ किलोमिटर म्याराथन सन्तोषीले २ घन्टा ४० मिनेट २३ सेकेन्डमा पूरा गर्दै कीर्तिमान बनाएकी हुन् । उनले लण्डन म्याराथन राखेको २ घन्टा ४२ मिनेट ५० सेकेन्डको आफ्नै कीर्तिमान तोडेकी हुन्। लण्डन म्याराथनमा सन्तोषीले आफ्नो डेब्यु बंगलादेशको बंगबन्धु म्याराथन […]

Success

Thank you for your time.