9 years ago
March 20, 2017
काठमाडौं (हाम्रो खेलकुद))– सोमबहादुर कुमालले ब्रुनाई ओपन एथलेटिक्स च्याम्पियनसिपमा स्वर्णसहित दुई वटा पदक जितेका छन् । सोमले पुरुष ८ सय मिटर दौड स्वर्ण पदक जितेको एथलेटिक्स संघका महासचिव सुनिल राजवंशीलाई उदृत गर्दै राष्ट्रिय खेलकुद परिषद(राखेप) ले विज्ञप्ती जारी गरेको छ ।

स्वर्ण पदकका साथ सोमबहादुर कुमाल ।
८ सय मिटरमा शनिबार स्वर्ण जितेका सोमले आइतबार ४ सय मिटर दौडमा रतज जितेका थिए । पुसमा पूर्वाञ्चलमा सम्पन्न सातौं राष्ट्रिय खेलकुदको एथलेटिक्सतर्फ उत्कृष्ट खेलाडी चुनिएका सोमलाई संघले ब्रुनाई ओपन खेल्ने मोका थिएको थियो ।
दुई दिले च्याम्पियनसिपमा यामसाजन सुनारले पनि भाग लिउका थिए । याम १ सय मिटर दौडमा पाँचौं र २ सय मिटर दौडमा छैटौं भएका थिए ।
December 9, 2025
हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]
December 9, 2025
काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सन्तोषी श्रेष्ठले आइतवार भ्यालेन्सिया म्याराथन २०२५ मा महिला म्याराथनमा नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छिन्। ४२.१९५ किलोमिटर म्याराथन सन्तोषीले २ घन्टा ४० मिनेट २३ सेकेन्डमा पूरा गर्दै कीर्तिमान बनाएकी हुन् । उनले लण्डन म्याराथन राखेको २ घन्टा ४२ मिनेट ५० सेकेन्डको आफ्नै कीर्तिमान तोडेकी हुन्। लण्डन म्याराथनमा सन्तोषीले आफ्नो डेब्यु बंगलादेशको बंगबन्धु म्याराथन […]