8 years ago
July 1, 2017
काठमाडौं (हाम्रो खेलकुद)– स्वयम्भुका प्रेमप्रसाद पुन र राष्ट्रिय कीर्तिमानधारी नेपाल आर्मी क्लबकी ज्ञानु अवाले रुस्लान राजधानी आर्चरी च्याम्पियनसिपको रिकर्भमा च्याम्पियन बनेका छन् ।
रुस्लानको प्रायोजनामा त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कर्भडहलमा भएको प्रतियोगितामा १२ दक्षिण एसियाली खेलकुद (साग) को व्यक्तिगत स्पर्धामा कांस्य पदक जित्ने एक्लो नेपाली आर्चरी खेलाडी प्रेमप्रसाद पुनले फाइनलमा आर्मीका रोशन नगरकोटीलाई ६–२ ले पराजित गरे । स्वयम्भूका रमेश भट्टचनले कास्कीका अशिम शेरचनलाई ७–३ ले हराउदै तेश्रो भए ।
राजधानी न्युज पब्लिकेसनद्वारा आयोजित प्रतियोगिताको महिला फाइनलमा ज्ञानुले कास्की आर्चरी क्लबकी रश्मी दर्लामीलाई ६–२ ले हराइन् । आर्मीकी आइशा तामाङ तेश्रो भइन् । आइशाले कास्कीकी राज्यलक्ष्मी जोशीलाई ६–० ले निराश पारिन् । प्रेम र ज्ञानु दुवैले समान ५० हजार रुपैयाँ प्राप्त गरे । दुवैतर्फ दोश्रोले २५ हजार र तेश्रोले १५ हजारका दरले नगद पुरस्कार प्राप्त गरे ।
पुरुष ट्रेडिसनल खुलामा अन्नपूर्ण आर्चरी क्लबका राज पुर्जाले स्वर्ण जिते । उनले फाइनलमा नेपाल छन्त्याल समाजका धनेन्द्र छन्त्यालको चुनौती ६–० ले समाप्त पारे । म्याग्दी मगर समाजका जितेन्द्र रोका मगरले हिमालयन भोटे युथ क्लबका नादार भोटेलाई ६–२ ले पाखा लगाउदै तेश्रो भए । यो स्पर्धामा पनि शीर्ष तीन स्थान हात पार्नेलाई क्रमशः ५० हजार, २५ हजार र १५ हजार नगदबाट पुरस्कृत गरियो ।
स्ट्यान्डर्डतर्फ द बेस्ट आर्चरीका ग्रिष्मा गुरुङले बाजी मारे । उनले फाइनलमा आर्मीका पवन राईलाई ६–५ ले पन्छाए । तेश्रो भएका आर्मीका डम्बर थापाले टीआईएका विल्भर आचार्यलाई ६–४ ले हराए । विजेताले १० हजार, उपविजेताले ८ हजार र तेश्रोले ५ हजार नगद पुरस्कार थापे ।
बेस्ट आर्चरीका प्रजित अग्रवालले पुरुष कम्पाउन्ड स्पर्धाको उपाधि जिते । उनले उपाधि भिडन्तमा सुदूरपश्चिमाञ्चलका होमबहादुर थापालाई १३९–१३३ ले पराजित गरे । राजधानीका सनातन मल्ल तेश्रो भए । उनले राजधानीकै विवेकसेन गुरुङलाई १३६–१३२ ले हराए । प्रजितले १५ हजार, होमले १० हजार र सनातनले ५ हजार नगद पुरस्कार प्राप्त गरे ।
विजेतालाई नेपाल ओलम्पिक कमिटी (एनओसी) का अध्यक्ष जीवनराम श्रेष्ठ, एनओसीका सदस्य समिम मिया अन्सारी, राजधानीका प्रमुख कार्यकारी अधिकृत आशिष शेरचन, राजधानीका कार्यकारी सम्पादक डिल्ली आचार्य, नेपाल आर्चरी संघका अध्यक्ष दीपक गुरुङलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।
नेपाल आर्चरी संघको प्राविधिक सहयोगमा भएको दुईदिने प्रतियोगितामा पुरुषतर्फ ४ र महिलामा १ गरी ५ स्पर्धामा प्रतिस्पर्धा भएको थियो । पुरुष ट्रेडिसनलमा ३६, पुरुष रिकर्भमा १६, पुरुष कम्पाउन्डमा ७, महिला रिकर्भमा ६ र स्ट्यान्डर्डमा १५ खेलाडी सहभागी थिए ।
प्रतियोगिताको मुख्य प्रायोजक रुस्लान रहेको थियो । भने अफिसियल बैंकका रुपमा प्रभु बैंक, अफिसियल रेमिन्टमा आइएमइ रहेको थियो । नेपाल आइस सहयोगी संस्थाको रुपमा रहेको थियो । त्यसैगरि अफिसियल टिभीका रुपमा डिसहोम स्पोर्टस टिभि रहेको थियो ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]
December 9, 2025
हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]
December 9, 2025
काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]