8 years ago
July 26, 2017
पोखरा (हाम्रो खेलकुद) – नेपाल खेलकुद पत्रकार मञ्च समन्वय शाखा कास्कीले पूर्व खेलाडी खड्ग रानाभाटलाई लाइफ टाइम एचिभमेन्ट अर्वाड वाट सम्मानित गर्ने भएको छ । अर्वाडका लागि गठित छनौट समितीले अन्य विद्याका मनोनयन सार्वजनिक गर्ने क्रममा बुधबार रानाभाटलाई सम्मान गर्ने जानकारी दिएको छ ।
यसअघि चार विधामा अवार्ड दिए आएको मञ्चले यसपटक अर्को विधा थप गरेको छ । यो पटक थप गरिएको उत्कृष्ट संघसहित उत्कृष्ट महिला, पुरुष र उदयमान खेलाडी र उत्कृष्ट प्रशिक्षक को मनोनयन मञ्चले सार्वजनिक गरको छ । चार विद्यामा समान ३ जनाको मनोनयन सार्वजनिक गरिएको छ । ती मध्येबाट हरेक विधाका विजेता साउन २१ गते आयोजना हुने अवार्ड कार्यक्रममा घोषणा गरिने मञ्चले बताएको छ ।
वर्षको उत्कृष्ट महिला खेलाडीको मनोनयनमा भलिबलकी अरुणा शाही, फुलकन्ट्याक करातेकी सुष्मी श्रेष्ठ र भारोत्तोलनकी टीका माया गुरुङ छन् । त्यस्तै पुरुषमा क्रिकेटका करण केसी, लन टेनिसका कुमार अधिकारी र ह्यान्डबलका विशाल बस्नेत छन् ।
भलिबल ममता डगौरा तथा एथलेटिक्सका दर्शना वुढा मगर र सागर नेपाली उदयमान खेलाडीको मनोनयनमा परेका छन् । त्यस्तै उत्कृष्ट प्रशिक्षकको मनोनयनमा तेक्वान्दोका सुन वहादुर लामा , भारोत्तोलनका वखतमान श्रेष्ठ र एथलेटिक्सकी इन्द्रा मल्ल छन् ।
लाइफ टाइम एचिभ्मेन्ट अर्वाड वाट सम्मानित हुन लागेका ६९ वर्षिय रानाभाटले १४ वर्षको उमेर २०२० साल वाट आफ्नो खेल जिवन सुरु गरेका थिए । एथलेटिक्स, भलिबल र फुटबलका राष्ट्रिय खेलाडी समेत रहि सकेका उनले१९७० मा थाइल्यान्डको वैंककमा सम्पन्न एसियाडमा ३ हजार मिटरको स्टिपल चेजमा आठौं स्थान प्राप्त गरेका थिए ।
२०४१ सालमा राष्ट्रिय खेलकुद परिषद (राखेप) को मुख्य प्रशिक्षक रहेका रानाभाट २०६८ मा राखेपका सदस्य समेत रहेका थिए । भुतपूर्व खेलाडी मंच नेपालको संस्थापक तथा निवर्तमान अध्यक्ष र हाल नौलो घुम्ती नेपालको अध्यक्ष समेत रहेका रानाभाट विभिन्न खेलकुद लगाएत सामाजिक संघ संस्थामा समेत क्रियाशिल छन ।
मंचका सल्लाहाकार रहेका दिपेन्द्र श्रेष्ठको अध्यक्षता रहेको छनोट समितिले मनोनयन सार्वजनिक गरेको थियो । अवार्ड कार्यक्रमलाई गण्डकी टेलिभिजन र पोखरा टेलिभिजनले प्रत्यक्ष प्रसार गर्ने बताइएको छ ।
गत वर्ष सम्पन्न पहिलो स्पोर्टस् अवार्डमा लाईफ टाईम एचिभमेन्ट अवार्ड फुटबलका वरिष्ठ प्रशिक्षक कृष्ण थापा प्रदान गरिएको थियो । उत्कृष्ट पुरुष खेलाडी हेमन गुरुङ, महिला खेलाडी मञ्जु गुरुङ, उत्कृष्ट प्रशिक्षकमा कराँतेका सुरेन्द्र गुरुङ, उदयीमान खेलाडी अवार्ड एथ्लेटिक्सकी शशी चौधरीले हात पारेका थिए ।
December 9, 2025
हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]
December 9, 2025
काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सन्तोषी श्रेष्ठले आइतवार भ्यालेन्सिया म्याराथन २०२५ मा महिला म्याराथनमा नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छिन्। ४२.१९५ किलोमिटर म्याराथन सन्तोषीले २ घन्टा ४० मिनेट २३ सेकेन्डमा पूरा गर्दै कीर्तिमान बनाएकी हुन् । उनले लण्डन म्याराथन राखेको २ घन्टा ४२ मिनेट ५० सेकेन्डको आफ्नै कीर्तिमान तोडेकी हुन्। लण्डन म्याराथनमा सन्तोषीले आफ्नो डेब्यु बंगलादेशको बंगबन्धु म्याराथन […]