10 years ago
December 8, 2015
भारतमा हुने १२ औं दक्षिण एसियाली खेलकुद (साग) का लागि सुटिङ खेलाडीको छनोट प्रतियोगिताको पहिलो दिन मंगलबारको खेल समाप्तिसम्म पुरुष १० मिटर एयर पेस्तोलमा बाँकेका बद्रुउद्दिन अन्सारी शीर्ष स्थानमा छन् । उनले ६ सय पूर्णाङ्मा ५ सय ५२ को प्रदर्शन गरे ।
नेपाल सुटिङ संघद्वारा आयोजित प्रतियोगितामा नेपाल आर्मीका कुवेर केसी ५ सय ४८ अंकसाथ दोश्रो तथा काठमाडौंका सुमन तुलाधर ५ सय ३९ अंकसाथ तेश्रो स्थानमा छन् ।
सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा रहेको सुटिङ रेन्जमा भइरहेको प्रतियोगिताको पुरुष १० मिटर एयर राइफलमा आर्मीका दीपक सन्जेल ५ सय २५ अंक जोड्दै पहिलो स्थानमा छन् । रुपेन्देहीका अंकित बर्मा दोश्रो र नवराज बस्नेत तेश्रो स्थानमा छन् । अंकितले ५ सय १६ र नवराजले ५ सय ६ अंक जोडे । यो स्पर्धाको पूर्णाङ् पनि ६ सय रहेको छ ।
बिहीबारसम्म चल्ने प्रतियोगिताको पुरुष÷महिलामा समान २–२ गरी चार स्पर्धामा प्रतिस्पर्धा भइरहेको छ । हरेक स्पर्धामा शीर्ष तीन स्थान हात पार्ने खेलाडी सागका लागि छनोट हुने सुटिङ संघका सचिव प्रदीप खातीले जनाएका छन् ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]
December 9, 2025
हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]
December 9, 2025
काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]