10 years ago
December 9, 2015
भारतमा हुने १२ औं दक्षिण एसियाली खेलकुद (साग) का लागि सुटिङ खेलाडी छनोट प्रतियोगिताको दोश्रो दिन बुधबार रुपन्देहीकी स्नेहराज्यलक्ष्मी राणाले महिला १० मिटर एयर राइफलमा ३ सय ८९ अंक जोडेकी छन् । ३ सय ८९ अंक स्नेहको आफ्नै नाममा रहेको राष्ट्रिय कीर्तिमानको बराबरी प्रदर्शन हो ।
नेपाल प्रहरीका फूलमाया क्याप्छाकी र अस्मिता राईले समान ३ सय ८५ अंक जोडे । ‘सिरिज सट’ का आधारमा फूलमाया अगाडि छिन् ।
नेपाल सुटिङ संघद्वारा आयोजित प्रतियोगताको पुरुष १० मिटर एयर राइफलमा दाङका पवन घिमिरेले ५ सय ६९, बाँकेका सन्जोगकृष्ण श्रेष्ठले ५ सय ४१ तथा रुपन्देहीका रामु पौडेलले ५ सय ३९ अंक जोडे ।
महिलाको १० मिटर एयर पेस्तोलमा प्रहरीकी सविता बस्नेतले ३ सय ६३, प्रहरीकै सीमा तुलाधरले ३ सय ६० तथा ललितपुरकी रुविना श्रेष्ठले ३ सय ५५ अंक जोडे । सो स्पर्धाको पुरुषमा नेपाल आर्मीका रामलाल गुरुङले ५ सय ३५ र यमबहादुर गुरुङले ५ सय १७ तथा काठमाडौंका प्रकाश राईले ५ सय १२ अंक जोडे ।
पुरुषमा ६ सय तथा महिलामा ४ सय पूर्णाङ्कमा प्रतिस्पर्धा भइरहेको छ । अन्तिम दिन बिहीबारको प्रतिस्पर्धा सकिएसंगै सागमा सहभागी हुने समान ६–६ पुरुष÷महिला खेलाडीको टुंगो लाग्नेछ ।
December 9, 2025
हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]
December 9, 2025
काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सन्तोषी श्रेष्ठले आइतवार भ्यालेन्सिया म्याराथन २०२५ मा महिला म्याराथनमा नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छिन्। ४२.१९५ किलोमिटर म्याराथन सन्तोषीले २ घन्टा ४० मिनेट २३ सेकेन्डमा पूरा गर्दै कीर्तिमान बनाएकी हुन् । उनले लण्डन म्याराथन राखेको २ घन्टा ४२ मिनेट ५० सेकेन्डको आफ्नै कीर्तिमान तोडेकी हुन्। लण्डन म्याराथनमा सन्तोषीले आफ्नो डेब्यु बंगलादेशको बंगबन्धु म्याराथन […]