10 years ago
December 17, 2015
तेक्वान्दोमा लामो समय विताएका पद्म रानाले तेक्वान्दो ब्यबसायीक बनाउने सोचका साथ आर एन्ड आर इन्टरनेसनल प्रालीको स्थापना गरेका छन् ।
बिन्द्र कुमार राइसंग मिलेर खोलेको काठमाडौ महानगर नवा नम्बर नौ स्थित उक्त सेन्टरमा नृत्य पनि सिकाइने छ । उनका पार्टनर राइ एरोबीक र जुमा लगायत अन्य सांस्कृतीक नृत्यमा पारंगत छन् ।
अन्तराष्ट्रिय स्तरमा सफलता पाएका राना र राइले २५ लाख रुपैया लगानी गरेका छन् । रानाले प्रशिक्षण केन्द्र राम्रो खेलाडी उत्पादनमा सहयोगी हुने बिश्वास ब्यक्त गर्छन् ।
उद्घाटन गर्ने क्रममा नेपाल तेक्वान्दो संघका उपाध्यक्ष प्रदिप जोशी र राष्ट्रिय तेक्वान्दो संघ नेपालका महासचिव राजकुमार कार्कीले शुभकामना दिए ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]
December 9, 2025
हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]
December 9, 2025
काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]