10 years ago
August 22, 2015
काठमाडौं, भदौ ५ गते ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) र शिक्षा मन्त्रालयको संयुक्त आयोजनामा उपत्यकाव्यापी सडक दौड प्रतियोगिता भदौ २२ गते हुने भएको छ ।
राष्ट्रिय शिक्षा दिवस तथा अन्तर्राष्ट्रिय साक्षरता दिवसको उपलक्ष्यमा हुन लागेको प्रतियोगितामा कक्षा ९ देखि १२ सम्ममा अध्ययनरत छात्र/छात्राले प्रतिस्पर्धा गर्न पाउने खेलकुद प्रतियोगिता तथा योजना विभागका प्रशासकीय अधिकृत मीनकुमार शर्माले जनाएका छन् ।
काठमाडौंलाई ५ सय, ललितपुरलाई ४ सय र भक्तपुरलाई ३ सय कोटा निर्धारण गरिएको छ । छात्रमा ५ किलोमिटर र छात्रामा ३ किलोमिटर दूरीमा प्रतिस्पर्धा हुनेछ ।
छात्र/छात्रा दुवै समूहमा दसौं स्थानमा दौड टुंग्याउने नगद पुरस्कारको हकदार बन्ने छन् । कूल पुरस्कार राशी १ लाख ४ हजार रुपैयाा रहेको यो प्रतियोगितामा पहिलो हुनेले १५ हजार, दोश्रोले १० हजार, तेश्रोले ५ हजार तथा चौथोले ४ हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । पााचौंदेखि दसौं स्थानमा रहनेलाई समान ३–३ हजार नगदबाट पुरस्कृत गरिने छ ।
दौड त्रिपुरेश्वरस्थित दशरथ रंगशालाबाट सुरु भइ विभिन्न भागको परिक्रमा गरी पुन: दशरथ रंगशालामै आएर टुंगिनेछ । सहभागी हुन इच्छुकले भदौ २१ गतेसम्म नाम दर्ता गराइसक्नु पर्नेछ ।
प्रतियोगितालाई सफलतापूर्वक सम्पन्न गर्न राखेपका सदस्य–सचिव केशवकुमार विष्टको संयोजकत्वमा २४ सदस्यीय खेलकुद उपसमिति गठन गरिएको छ ।
December 9, 2025
हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]
December 9, 2025
काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सन्तोषी श्रेष्ठले आइतवार भ्यालेन्सिया म्याराथन २०२५ मा महिला म्याराथनमा नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छिन्। ४२.१९५ किलोमिटर म्याराथन सन्तोषीले २ घन्टा ४० मिनेट २३ सेकेन्डमा पूरा गर्दै कीर्तिमान बनाएकी हुन् । उनले लण्डन म्याराथन राखेको २ घन्टा ४२ मिनेट ५० सेकेन्डको आफ्नै कीर्तिमान तोडेकी हुन्। लण्डन म्याराथनमा सन्तोषीले आफ्नो डेब्यु बंगलादेशको बंगबन्धु म्याराथन […]