default_image

10 years ago

September 5, 2015

प्रथम किड्स ट्रायथलनमा आदर्श र रैना पहिलो

214 views

0 Bookmark

प्रथम किड्स ट्रायथलन प्रतियोगिताको ब्वाइजमा आदर्श कार्की र गल्र्समा रैना अग्रवाल शनिबार पहिलो भएका छन् ।

?????

सहभागीले ५० मिटर पौडी, १.५ किलोमिटर साइक्लिङ र ५ सय मिटर दौड पूरा गर्नु पर्नेमा समग्रमा आदर्शले ६ मिनेट १० सेकेन्ड समय लगाउदै शीर्ष स्थान हात पारे । दोश्रो भएका उर्गान महर्जनले ६ मिनेट १६ सेकेन्ड तथा तेश्रो भएका नासिर याकुब हुसैनले ६ मिनेट २४ सेकेन्ड समय निकाले । त्यस्तै रैनाले ६ मिनेट ५० सेकेन्ड समय खर्चिन् । ७ मिनेट ०४ सेकेन्डमा अलेक्जेन्डर ब्राडफोर्ड दोश्रो तथा ७ मिनेट ३० सेकेन्डमा जाना मर्ज तेश्रो स्थानमा रहे । विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टले पुरस्कृत गरे । नेपाल ट्रायथलन संघले सातदोबाटोमा आयोजना गरेको एकदिने प्रतियोगितामा १ सय प्रतिस्पर्धी सहभागी थिए ।

December 9, 2025

चौथो भोजपुर बासिखोरा रन अर्को महिना

हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]

December 9, 2025

थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]

December 8, 2025

सागकी स्वर्ण पदक विजेता सन्तोषीको एकपछि अर्को कीर्तिमान

काठमाडौं (हाम्रो खेलकुद)- सन्तोषी श्रेष्ठले आइतवार भ्यालेन्सिया म्याराथन २०२५ मा महिला म्याराथनमा नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छिन्। ४२.१९५ किलोमिटर म्याराथन सन्तोषीले २ घन्टा ४० मिनेट २३ सेकेन्डमा पूरा गर्दै कीर्तिमान बनाएकी हुन् । उनले लण्डन म्याराथन राखेको २ घन्टा ४२ मिनेट ५० सेकेन्डको आफ्नै कीर्तिमान तोडेकी हुन्। लण्डन म्याराथनमा सन्तोषीले आफ्नो डेब्यु बंगलादेशको बंगबन्धु म्याराथन […]

Success

Thank you for your time.