9 years ago
September 28, 2016
काठमाडौं (हाम्रो खेलकुद) – नेपालका लागि अलग अलग खेलबाट पदक जिताउने एक हुल खेलाडी बुधबार बिहानै पुल्चोकस्थित मन्त्री क्वार्टर पुगेका थिए । हरेक पटक मन्त्री वा राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सदस्य सचिव परिवर्तन हुँदा हुल बाँधेर उनीहरुलाई ज्ञापनपत्र बुझाउनु खेलाडीको आदत नै भैसकेको छ ।
त्यस्तै श्रृखंलाको अर्को एउटा कदम थियो बुधबार मन्त्री क्वार्टर पुगेर युवा तथा खेलकुद मन्त्री दलजित श्रीपालीलाई भेट्नु । भेटघाटको सुरुआत भयो सिष्टाचार बाट । राष्ट्रिय तथा अन्र्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक विष्टले खादा लगाइ दिएर श्रीपालीलाई बधाई दिएपछि भेटघाटको मुख्य विषयले प्रवेश पायो ।

नेपाली खेलाडी समस्या र अभावबाट खेल जीवन अघि बढाइरहेकाले उनीहरुसँग थ्रुपै गुनासा छन् । ती गुनासा हरेक मन्त्रीलाई र सदस्य सचिवलाई सुनाउनु उनीहरुको नियती नै हुन्छ । पछिल्लो भेटघाट पनि त्यसैको निरन्तरता थियो ।
यसपटकको खेलाडी संघको मुख्य विषय थियो, सामाजिक सुरक्षा । अभाव नै अभावबाट ग्रुजिएको नेपाली खेलकुदमा सिमित खेलाडीका लागि सामाजिक सुरक्षा व्यवस्था सरकारले गर्छ भन्नु अलि बढी नै अपेक्षा गरे जस्तो हुनेछ । तर, त्यसमा पनि मन्त्री आश्वासन दिन भने पछि परेनन् । मन्त्री श्रीपालीले खेलाडीको सामाजिक सुरक्षाका प्रक्रिया थाल्ने वचन दिइहाले । संघ संघको ध्यानाकर्षण र सुझाव पत्र बुझ्दै मन्त्री श्रीपालीले भने,‘ तपाईहरुले दिनुभएको यो ध्यानाकर्षपत्र नीति निर्माणका लागि र मेरो लागि अध्ययनको विषय हुनेछ । यसको अध्ययन गर्ने छु । मेरो कार्यकालमा खेलाडीका लागि सामाजिक सुरुक्षाका लागि देखिने गरि केही सुरुआत पक्कै गर्नेछु । ’
मन्त्रीले आश्वसन दिइरहँदा खेलाडीका आँखा भने चम्किला भएका थिए । तर, अनुहारमा कता कता शंका पनि यिथो । संघका अध्यक्ष विष्टले खेलाडीले उर्वर समय खेलकुदमा खर्च गर्ने खेलाडीले खेल्न छाडेपछि आर्थिक रुपमा पनि निकै कठिनाई भोग्नु परेको दृष्टान्त पेश गरे । उनले खेलाडी र पूर्व खेलाडीलाई सरकारले शिक्षा, स्वास्थ्य, यातायात, भत्ता, विमालगायतको व्यवस्था गर्नुपर्ने र त्यसका लागि केही न केही काम मन्त्री श्रीपालीको कार्यकालमा सुरु हुने अपेक्षा राखे ।
मन्त्री श्रीपालीले खेलाडीको हकहितका लागि आफु सदैव प्रयारत रहने वचन दिए । उनले प्रयास थालिसकेको विश्वास दिलाउदै भने,‘ मैले स्वास्थ्य मन्त्री गगन थापा जीसँग पनि खेलाडीको उपचारका लागि निशुल्क वा कति सम्म छुट गर्न सकिन्छ त्यसमा सोचि दिन आग्रह गरेको छु । सामाजिक सुरक्षासँग सम्बन्धी अन्य मन्त्रीज्यूहरु सँग पनि छलफल गरेर एउटा नीतिगत निर्णयका लागि पहल गर्नेछु ।’
संघले पदक जित्दा केही दिन चर्चा हुने र केही पुरस्कार पाउने परम्परा भएपनि त्यसले खेलाडीको जीवनयापनका लागि पर्याप्त नहुँदै भन्दै खेलाडी संघले नियमित रुपमा कति भत्ताका रुपमा उपलब्ध गराउने भन्ने नीति नै बनाउनुपर्ने आवश्यकता रहेकोमा मन्त्रीको ध्यानाकर्षण गराएको थियो । सागका स्वर्ण पदक विजेता राजकुमार रसाइलीले दश बर्ष भन्दा लामो समय देखि राखेपमा करारमा काम गर्नुपरेको गुनासो गर्दै स्थाइ प्रक्रिया अघि बढाइदिन मन्त्रीलाई आग्रह गरे ।

काठमाडौं जिल्ला ब्याडमिन्टन संघका अध्यक्ष दीपक थापाले खेलकुदमा लगानी गर्ने कर्पोरेट हाउसलाई सरकारले प्रोत्साहित गर्न सके भविष्यमा अन्य कर्पोरेट हाउस पनि खेलकुदमा लगानी गर्न इच्छुक हुने बताए ।
मन्त्री श्रीपालीले खेलकुद विकासका लागि सबै खाले सरोकारवालासँग सहकार्यका लागि सरकार तयार रहेको बताए । संघका महासचिव दीपक श्रेष्ठले खेलकुदका बारेमा जानकार भएका नाताले मन्त्री श्रीपालीबाट खेलक्षेत्र र खेलाडीले उहाँबाट निकै ठूलो आशा राखेको बताए ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]
December 9, 2025
हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]
December 9, 2025
काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]