default_image

9 years ago

December 20, 2016

नेपाली पुरुष भलिबल टोली बंगलादेश उड्यो

192 views

0 Bookmark

काठमाडौं (हाम्रो खलकुद)– बंगलादेशमा हुने एसिया एभिसी सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपमा भाग लिन नेपाली राष्ट्रिय पुरुष टोली त्यसतर्फ प्रस्थान गरेको छ । ढाकामा हुने च्याम्पियनसिपमा कुन कुन राष्ट्रसँग प्रतिस्पर्धा गर्नु पर्ने बुधबारको टेक्निकल मिटिङ पछि मात्र थाहा हुने टोलीका प्रशिक्षक जगदिश भट्टले जानकारी दिए ।

volleyball
सेन्ट्रल जोनमा रहेका १२ राष्ट्रमध्ये भारत, पाकिस्तान, श्रीलंका र भुटानले च्याम्पियनसिपमा भाग नलिने आफुलाई जानकारीमा आएको भट्टले हाम्रो खेलकुदलाई बताए । बाँकी ८ मध्ये ६ राष्ट्रको सहभागिता निश्चित भएको र अन्यका बारेमा त्यहि गएर मात्र थाहा हुने उनले जनाए । नेपालसहित माल्दिभ्स, अफगानिस्तान, आयोजक बंगलादेश, किर्गिस्तान र तुर्किमिनिस्तानको सहभागिता निश्चित भइसकेको भट्टले बताए ।

इम रानाको कप्तानीमा रहेको टोलीमा हरिहजुर थापा, मानबहादुर श्रेष्ठ, धनबहादुर भट्ट, विजय थापा,कुलबहादुर थापा, महेन्द्र श्रेष्ठ, भैरवबहादुर बम,भुवन कार्की, नरेन्द्र गिरी, देव शर्मा र इश्वर थापा छन् । नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जन शर्मा पनि टोलीसँगै त्यसतर्फ गएका छन् ।संघका महासचिव जितेन्द्रबहादुर चन्दले त्रिभुवन विमानस्थलमा टोलीको बिदाई गरेका थिए । vb-logo

September 19, 2025

यती एयर धारा नेपालगन्ज म्याराथनको एयरलाइन्स पार्टनर

नेपालगन्ज ( हाम्रो खेलकुद) – विगत ११ बर्षदेखि निरन्तर सन्चालन हुँदै आएको धारा नेपालगन्ज म्याराथन र नेपालको अग्रणी यति एयरलाइन्सबीच सहकार्य भएको छ । मंसिर ६ गते शनिवार हुने ११औं संस्करणको धारा नेपालगन्ज म्याराथन र यसका अन्य भगिनी इभेन्टहरुमा यति एयरलाइन्सले सघाउनेगरी सम्झौता भएको हो । यति एयरलाइन्सका चिफ बिजनेस अफिसर युवराज बिष्ट र धारा […]

September 17, 2025

एसियाडका लागि पहिलो सूचीमा ४ सय ३४ खेलाडी

काठमाडौं (हाम्रो खेलकुद)- जापानमा अर्को वर्ष हुने २० औं एसियाली खेलकुद (एसियाड) का लागि ३२ खेलका ४ सय ३४ खेलाडी नाम दर्ता भएको छ। अन्तर्राष्ट्रिय मान्यता प्राप्त नेपाल ओलम्पिक कमिटी (एनओसी) ले बुधवार प्रेस विज्ञप्ति जारी गर्दै ३२ खेलका १ सय ९५ महिला र २ सय ३९ पुरुष खेलाडीको २० औं एसियाडका लागि पहिलो सूचीमा […]

September 14, 2025

युवा तथा खेलकुदले छुट्टै मन्त्री पाउने सम्भावना कम!

काठमाडौं (हाम्रो खेलकुद) – नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आज पदभार सम्हालेसँगै मन्त्री परिषद् विस्तारबारेको चर्चा सुरु भएको छ। मन्त्री परिषद् सानो आकारको बनाउने योजनाअनुसार युवा तथा खेलकुद मन्त्रालयले छुट्टै मन्त्री नपाउने निश्चितजस्तै भएको स्रोतले हाम्रो खेलकुदलाई जनाएको छ। बालुवाटारमा जारी बैठकमा मन्त्री परिषद् १० देखि १२ सदस्यीय मात्र हुने सम्भावना रहेको र त्यही कारण युवा […]

Success

Thank you for your time.