10 years ago
September 18, 2015
काठमाडौं, असोज १ गते ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले पूर्वाञ्चलमा हुने सातौं राष्ट्रिय खेलकुद– २०७२ मा प्रयोग हुने लोगो र मस्कट शुक्रबार सार्वजनिक गर्यो ।

सातौं राष्ट्रिय खेलकुद तयारी सचिवालयका प्रमुख कमल खनाल संयोजक तथा प्रोफेसर राधेश्याम मुल्मी र रमेश खनाल सदस्य रहेको तीन सदस्यीय छनोट समितिले छनोट गरेको लोगो र मस्कट सार्वजनिक गरिएको हो । छनोट भएको लोगो खिमराज श्रेष्ठ तथा मस्कट सन्तोष विष्टले तयार गरेका हुन् । पारिश्रमिक स्वरुप श्रेष्ठलाई ४५ हजार र विष्टलाई ३५ हजार नगद पुरस्कार प्रदान गरियो ।
राखेप अध्यक्ष समेत रहेका युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेलले त्रिपुरेश्वरस्थित राखेप हातामा रहेको सेमी कभर्डहलमा आयोजित एक कार्यक्रमबीच लोगो र मस्कट सार्वजनिक गरे ।
लोगोमा राष्ट्र र राष्ट्रियता झल्किने गरी चन्द्र सूर्य अंकित झण्डाको रातो पृष्ठभूमिलाई अर्ध गोलाकार रुपमा नीलो रंगले घेरिएको, पूर्वाञ्चलको झलक दिने गरी सगरमाथाको चुचुरो राखिएको, खेल भावनालाई समेट्न शान्तिको प्रतीक परेवा अंकित मसाल बोकेको एकता र सद्भावको सन्देश दिने ७ खेलाडीहरु दौडिरहेको र सात रंगको संयोजन गरिएको तथा खेलको संस्करण र क्षेत्रको परिचय दिने गरी सातौं राष्ट्रिय खेलकुद– २०७२ लेखिएको छ ।
त्यस्तै नेपालको पूर्वी दक्षिण भेग, कोशी टप्पु वन्यजन्तु आरक्षण क्षेत्रमा पाइने अर्नालाई मस्कटको रुप दिइएको छ ।
विभिन्न ३५ समावेश सातौं राष्ट्रिय खेलकुद पूर्वाञ्चलमा मंसिर ११ देखि १८ गतेसम्म हुादैछ ।
September 19, 2025
नेपालगन्ज ( हाम्रो खेलकुद) – विगत ११ बर्षदेखि निरन्तर सन्चालन हुँदै आएको धारा नेपालगन्ज म्याराथन र नेपालको अग्रणी यति एयरलाइन्सबीच सहकार्य भएको छ । मंसिर ६ गते शनिवार हुने ११औं संस्करणको धारा नेपालगन्ज म्याराथन र यसका अन्य भगिनी इभेन्टहरुमा यति एयरलाइन्सले सघाउनेगरी सम्झौता भएको हो । यति एयरलाइन्सका चिफ बिजनेस अफिसर युवराज बिष्ट र धारा […]
September 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- जापानमा अर्को वर्ष हुने २० औं एसियाली खेलकुद (एसियाड) का लागि ३२ खेलका ४ सय ३४ खेलाडी नाम दर्ता भएको छ। अन्तर्राष्ट्रिय मान्यता प्राप्त नेपाल ओलम्पिक कमिटी (एनओसी) ले बुधवार प्रेस विज्ञप्ति जारी गर्दै ३२ खेलका १ सय ९५ महिला र २ सय ३९ पुरुष खेलाडीको २० औं एसियाडका लागि पहिलो सूचीमा […]
September 14, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आज पदभार सम्हालेसँगै मन्त्री परिषद् विस्तारबारेको चर्चा सुरु भएको छ। मन्त्री परिषद् सानो आकारको बनाउने योजनाअनुसार युवा तथा खेलकुद मन्त्रालयले छुट्टै मन्त्री नपाउने निश्चितजस्तै भएको स्रोतले हाम्रो खेलकुदलाई जनाएको छ। बालुवाटारमा जारी बैठकमा मन्त्री परिषद् १० देखि १२ सदस्यीय मात्र हुने सम्भावना रहेको र त्यही कारण युवा […]