3 years ago
April 14, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली खेलकुदमा व्यक्तिगत स्पर्धाका सर्वाधिक सफल खेलाडी ओलम्पियन तेक्वान्दोका दीपक विष्टसहित खेलाडी तथा खेलकर्मी शुक्रबार विभूषित भएका छन् ।

सरकारले संविधान दिवसका अवसरमा गत असोज ३ गते मानपदवी, अलङ्कार र पदकबाट विभूषित हुनेहरुको नाम सार्वजनिक गर्दा खेलाडी र खेलकर्मी पनि समेटिएका थिए । राष्ट्रपति भवनमा आयोजित कार्यक्रममा खेलकर्मीहरु विभूषित भएका हुन् ।
तीन वर्ष अघि स्वदेशमा भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा ४ स्वर्ण पदक जितेकी तथा ओलम्पियन समेत रहेकी पौडीकी गौरिका सिंहलाई राष्ट्रदीपबाट विभूषित हुने सुचीमा छिन् । अध्ययनका सिलसिलामा गौरिका हाल अमेरिकामा रहेकी छिन् ।
राष्ट्रदीप विभूषण पाउने दुई मध्ये गौरिका र अर्को प्रहरी हल्वदार प्रकाश कथायत छन् । गौरिकाले१३ औं सागमा ४ स्वर्णसहित ९ पदक जितेकी थिइन् । दुई पटक ओलम्पिकमा भाग लिइसकेकी गौरिका सन् २०१६ को रियो ओलम्पिकमा सहभागी मध्ये सबै भन्दा कम उमेर १३ वर्षकी थिइन् ।

सागको आठौं देखि ११ औं सम्म तेक्वान्दोमा स्वर्ण पदक जितेका दीपक विष्ट प्रबल जनसेवाश्रीबाट विभूषित भएका छन् । सागमा लगातार चार स्वर्ण, एसियाली खेलकुदमा २ कास्य जित्ने एक मात्र खेलाडी विष्ट छनोट चरण पार गरेर ओलम्पिक खेल्ने दोस्रो नेपाली हुन् ।
गौरिका र विष्टसँगै खेलक्षेत्रका दर्जनभन्दा बढी व्यक्तिहरु पनि विभूषित भएका छन् । महिला राष्ट्रिय भलिबल टोलीलाई दुई पटक सेन्ट्रल जोन च्याम्पियन बनाउन सफल प्रशिक्षक जगदिश भट्ट, सोही टोलीकी कप्तान अरुणा शाही, युथ पारा एसियन च्याम्पियनसिपकी स्वर्ण पदक विजेता तथा पारा ओलम्पियन पलेशा गोबद्र्धन, नेपाल ओलम्पिक कमिटी (एनओसी) का महासचिव निलेन्द्रराज श्रेष्ठ, नेपाल फेन्सिङ संघका महासचिव सुजनलाल श्रेष्ठ, राष्ट्रिय खेलकुद परिषद्की मुख्य फुटबल प्रशिक्षक अरुणा गुरुङ र तेक्वान्दो खेलाडी भजिन्द्रबहादुर क्षेत्री जनसेवा श्रीबाट विभूषित भएका छन् ।

पूर्व एथलेटिक्स खेलाडी ओलम्पियन तथा एपिएफकी एथलेटिक्स प्रशिक्षक प्रमिला रिजाल प्रताप भुषणबाट,राखेपकी पूर्व सदस्य रेनुका श्रेष्ठ, एसियाली खेलकुदका कास्य पदक विजेता बक्सिङ खेलाडी दीपक महर्जन, नेपाल क्रिकेट संघ (क्यान) का सदस्य, प्रशान्त मल्ल, श्याम गुरुङ, मोतीकला गुरुङ, शिवनध्वज देवान राई र रन्जित तामाङले सुकीर्ति पदकबाट विभूषित गरिने संविधान दिवसका दिन घोषणा गरिएको थियो ।

विभूषित हुने खेलाडी र खेलकर्मी
राष्ट्रदीप – गौरिका सिंह (ओलम्पियन, १३ औं सागमा ४ स्वर्ण पदक विजेता)
प्रवल जनसेवाश्री – दीपक विष्ट (ओलम्प्यिन)
जन सेवाश्री – जगदिश भट्ट (राष्ट्रिय महिला भलिबल टोली, प्रशिक्षक) , निलेन्द्र राज श्रेष्ठ (एनओसी महासचिव) , सुजन लाल श्रेष्ठ (नेपाल फेन्सिङ संघ, महासचिव) , जगत बहादुर खड्का (खेलकुद प्रवद्र्धक), पलेशा गोबद्र्धन श्रेष्ठ (पारा तेक्वान्दो, पारा ओलम्पियन) , अरुणा गुरुङ ( मुख्य फुटबल प्रशिक्षक, राखेप) , अरुणा शाही (राष्ट्रिय भलिबल टोली, कप्तान) , भजिन्द्र बहादर क्षेत्री (तेक्वान्दो खेलाडी)
नेपाल प्रताप भुषण – प्रमिला रिजाल ( सशस्त्र प्रहरी बल नेपाल खेलकुद तथा शारीरिक सुगठन शिक्षालय)
सुकीर्ति पदक – रेनुका श्रेष्ठ, दीपक महर्जन, प्रशान्त मल्ल, श्याम गुरुङ, मोतिकला गुरुङ, शिवनध्वज देवान राई, रन्जित तामाङ
September 19, 2025
नेपालगन्ज ( हाम्रो खेलकुद) – विगत ११ बर्षदेखि निरन्तर सन्चालन हुँदै आएको धारा नेपालगन्ज म्याराथन र नेपालको अग्रणी यति एयरलाइन्सबीच सहकार्य भएको छ । मंसिर ६ गते शनिवार हुने ११औं संस्करणको धारा नेपालगन्ज म्याराथन र यसका अन्य भगिनी इभेन्टहरुमा यति एयरलाइन्सले सघाउनेगरी सम्झौता भएको हो । यति एयरलाइन्सका चिफ बिजनेस अफिसर युवराज बिष्ट र धारा […]
September 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- जापानमा अर्को वर्ष हुने २० औं एसियाली खेलकुद (एसियाड) का लागि ३२ खेलका ४ सय ३४ खेलाडी नाम दर्ता भएको छ। अन्तर्राष्ट्रिय मान्यता प्राप्त नेपाल ओलम्पिक कमिटी (एनओसी) ले बुधवार प्रेस विज्ञप्ति जारी गर्दै ३२ खेलका १ सय ९५ महिला र २ सय ३९ पुरुष खेलाडीको २० औं एसियाडका लागि पहिलो सूचीमा […]
September 14, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आज पदभार सम्हालेसँगै मन्त्री परिषद् विस्तारबारेको चर्चा सुरु भएको छ। मन्त्री परिषद् सानो आकारको बनाउने योजनाअनुसार युवा तथा खेलकुद मन्त्रालयले छुट्टै मन्त्री नपाउने निश्चितजस्तै भएको स्रोतले हाम्रो खेलकुदलाई जनाएको छ। बालुवाटारमा जारी बैठकमा मन्त्री परिषद् १० देखि १२ सदस्यीय मात्र हुने सम्भावना रहेको र त्यही कारण युवा […]