default_image

2 years ago

January 13, 2024

वादोरियो करातेमा बागमती टिम च्याम्पियन

601 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – बागमती प्रदेशले चौथो राष्ट्रिय खुला वादोरियो कराते प्रतियोगितामा टिम च्याम्पियन बनेको छ । सर्वाधिक १० स्वर्ण २ रजत र १ कास्य पदक जित्दै बागमती टिम बनेको हो । प्रतियोगितामा १२ इभेन्ट समावेश थिए ।

नेपाल वादोरियो कराते डो संघको आयोजनामा भएको प्रतियोगितामा १ स्वर्ण, ३ रजत र ३ कास्य पदक जित्दै कोशी प्रदेश दोश्रो भयो । तेश्रो भएको मधेश प्रदेशले १ स्वर्ण र ५ कास्य पदक जित्यो । बागमतीले १० हजार, कोशीले ८ हजार र मधेशले ७ हजार रुपैयाँ प्र्राप्त गर्यो ।

बसुन्धरास्थित यति पार्टी प्यालेसमा भएको प्रतियोगिताको महिलामा कोशीकी सन्जित लेप्चा र पुरुषमा बागमतीका डेविडकुमार श्रेष्ठ उत्कृष्ट खेलाडी घोषित भए । दुबैले समान ३ हजार रुपैयाँ प्राप्त गरे । प्रतियोगिताको अन्तिम दिन शनिबार ६ इभेन्टको सबै फाइनलमा बागमतीका खेलाडी विजयी भए ।

पुरुष ५५ केजीमा डेविडकुमार श्रेष्ठ, ६० केजीमा सुविन्द्र घिसिङ, ६५ केजीमाथि पासाङ ग्याल्जेन र ५० केजीमा समिर घलानले स्वर्ण पदक जिते । त्यस्तै महिला ५५ केजीमा दिया पहरी तथा ६० केजीमाथि टीकामाया जिमीले पहिलो स्थान हात पारे । प्रतियोगितामा समावेश १२ स्पर्धाका पदक विजेतालाई नगद पुरस्कार प्रदान गरिएको थियो ।

प्रदेश खेलकुद परिषद्, लुम्बिनीका सदस्य–सचिव जयप्रकाश भट्टराई, नेपाल भारोत्तोलन संघका अध्यक्ष रामकृष्ण श्रेष्ठ, आयोजक संघका अध्यक्ष हरिशरण केसीलगायतले विजेता खेलाडीलाई पुरस्कृत गरे । सोही अवसरमा नेपाल कराते महासंघको आयोजनामा मंसिरमा काठमाडौंमा भएको सातौं दक्षिण एसियाली करातेका स्वर्ण विजेता एलोन श्रेष्ठ र सुस्मिता वाइबा तथा रजत विजेता उर्सला पहरीलाई प्रशंसा पत्रबाट सम्मान गरिएको थियो ।

September 19, 2025

यती एयर धारा नेपालगन्ज म्याराथनको एयरलाइन्स पार्टनर

नेपालगन्ज ( हाम्रो खेलकुद) – विगत ११ बर्षदेखि निरन्तर सन्चालन हुँदै आएको धारा नेपालगन्ज म्याराथन र नेपालको अग्रणी यति एयरलाइन्सबीच सहकार्य भएको छ । मंसिर ६ गते शनिवार हुने ११औं संस्करणको धारा नेपालगन्ज म्याराथन र यसका अन्य भगिनी इभेन्टहरुमा यति एयरलाइन्सले सघाउनेगरी सम्झौता भएको हो । यति एयरलाइन्सका चिफ बिजनेस अफिसर युवराज बिष्ट र धारा […]

September 17, 2025

एसियाडका लागि पहिलो सूचीमा ४ सय ३४ खेलाडी

काठमाडौं (हाम्रो खेलकुद)- जापानमा अर्को वर्ष हुने २० औं एसियाली खेलकुद (एसियाड) का लागि ३२ खेलका ४ सय ३४ खेलाडी नाम दर्ता भएको छ। अन्तर्राष्ट्रिय मान्यता प्राप्त नेपाल ओलम्पिक कमिटी (एनओसी) ले बुधवार प्रेस विज्ञप्ति जारी गर्दै ३२ खेलका १ सय ९५ महिला र २ सय ३९ पुरुष खेलाडीको २० औं एसियाडका लागि पहिलो सूचीमा […]

September 14, 2025

युवा तथा खेलकुदले छुट्टै मन्त्री पाउने सम्भावना कम!

काठमाडौं (हाम्रो खेलकुद) – नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आज पदभार सम्हालेसँगै मन्त्री परिषद् विस्तारबारेको चर्चा सुरु भएको छ। मन्त्री परिषद् सानो आकारको बनाउने योजनाअनुसार युवा तथा खेलकुद मन्त्रालयले छुट्टै मन्त्री नपाउने निश्चितजस्तै भएको स्रोतले हाम्रो खेलकुदलाई जनाएको छ। बालुवाटारमा जारी बैठकमा मन्त्री परिषद् १० देखि १२ सदस्यीय मात्र हुने सम्भावना रहेको र त्यही कारण युवा […]

Success

Thank you for your time.