default_image

2 years ago

February 14, 2024

अन्तर्राष्ट्रिय महिला दिवसमा कीर्तिपुरमा आमा दौड हुने

561 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – एन. आर. एस स्पोर्टस फाउण्डेसनले कीर्तिपुर नगरपालिकाको सहकार्यमा अन्तराष्ट्रिय महिला दिवस (मार्च ८ ) को दिन कीर्तिपुरमा आमा दौड आयोजना गर्ने भएको छ ।

कीर्तिपुर नगरपालिका कार्यालयमा बुधबार आयोजित पत्रकार सम्मेलनमा फाउन्डेसनका अध्यक्ष निलेन्द्रराज श्रेष्ठले आमाहरुलाई खेलकुदप्रति जागरुक गराउनका लागि आमा दौड आयोजना गर्न लागेको बताए । फागुन २५ गते हुने दौड ५ र ३ किलोमिटर हुनेछ ।

कीतिपुर नगरपालिकाका मेयर राजकुमार नकर्मीले आमा दौड आफैमा नयाँ प्रयोग हुने भएकाले यसले हरेक परिवारमा प्रभाव पार्ने बताए । मेयर नकर्मी र फाउन्डेसका अध्यक्ष श्रेष्ठले दौड आयोजनाको सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए ।

एसियाली खलकुदकी कास्य पदक तथा १३ औं दक्षिण एसियाली खेलकुद (साग) की दोहोरो स्वर्ण पदक विजेता आयशा शाक्यले आमाहरुले आफ्नो लागि पनि समय निकाल्नु पर्छ भन्ने सन्देश दिनका लागि आमा दौड प्रभावकारी हुने बताएकी छिन् ।

कीर्तिपुर नगरपालिकाकी उपमेयर शुभलक्ष्मी शाक्यले आमा दौडमार्फत नगरपालिकाको परिचय दिनका लागि पनि सहयोगी हुने विश्वास लिएको बताएकी छिन् ।

नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत लक्ष्मीप्रसाद बास्कोटाले आमा दौडको आयोजना आफैमा उदाहरणीय हुने विश्वास लिएको बताए । दौडका क्रममा कीर्तिपुरको पर्यटन स्थलको प्रचार र स्थानिय खानाको प्रबद्र्धनका लागि फुड फेस्टिबलमा गरिने बताइएको छ ।

नाम आमा दौड भएपनि दौडमा जो कोहिले पनि भाग लिन सक्ने र त्यसका लागि दर्ता शुल्क ३ सय रुपैयाँ लाग्ने फाउन्डेसनले जानकारी दिएको छ । कीर्तिपुर नगरपालिकाले दौडमा भाग लिने आफ्ना नगरका ३ सय जनाको दर्ता शुल्क बेर्होने पनि मेयर नकर्मीले जानकारी दिए ।

फाउन्डेसनका अध्यक्ष श्रेष्ठले यसपटकको आयोजना सफल भएको खण्डमा हरेक वर्ष आमा दौडलाई आयोजना गरिने बताए । यसलाई प्रतिस्पर्धा भन्दा पनि आमाहरुको जागरुक गराउन आयोजना गरिएको जनाएको छ ।

September 19, 2025

यती एयर धारा नेपालगन्ज म्याराथनको एयरलाइन्स पार्टनर

नेपालगन्ज ( हाम्रो खेलकुद) – विगत ११ बर्षदेखि निरन्तर सन्चालन हुँदै आएको धारा नेपालगन्ज म्याराथन र नेपालको अग्रणी यति एयरलाइन्सबीच सहकार्य भएको छ । मंसिर ६ गते शनिवार हुने ११औं संस्करणको धारा नेपालगन्ज म्याराथन र यसका अन्य भगिनी इभेन्टहरुमा यति एयरलाइन्सले सघाउनेगरी सम्झौता भएको हो । यति एयरलाइन्सका चिफ बिजनेस अफिसर युवराज बिष्ट र धारा […]

September 17, 2025

एसियाडका लागि पहिलो सूचीमा ४ सय ३४ खेलाडी

काठमाडौं (हाम्रो खेलकुद)- जापानमा अर्को वर्ष हुने २० औं एसियाली खेलकुद (एसियाड) का लागि ३२ खेलका ४ सय ३४ खेलाडी नाम दर्ता भएको छ। अन्तर्राष्ट्रिय मान्यता प्राप्त नेपाल ओलम्पिक कमिटी (एनओसी) ले बुधवार प्रेस विज्ञप्ति जारी गर्दै ३२ खेलका १ सय ९५ महिला र २ सय ३९ पुरुष खेलाडीको २० औं एसियाडका लागि पहिलो सूचीमा […]

September 14, 2025

युवा तथा खेलकुदले छुट्टै मन्त्री पाउने सम्भावना कम!

काठमाडौं (हाम्रो खेलकुद) – नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आज पदभार सम्हालेसँगै मन्त्री परिषद् विस्तारबारेको चर्चा सुरु भएको छ। मन्त्री परिषद् सानो आकारको बनाउने योजनाअनुसार युवा तथा खेलकुद मन्त्रालयले छुट्टै मन्त्री नपाउने निश्चितजस्तै भएको स्रोतले हाम्रो खेलकुदलाई जनाएको छ। बालुवाटारमा जारी बैठकमा मन्त्री परिषद् १० देखि १२ सदस्यीय मात्र हुने सम्भावना रहेको र त्यही कारण युवा […]

Success

Thank you for your time.