default_image

2 years ago

March 3, 2024

राइट टु प्रोटिन रन अर्को चैत १० मा

538 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- राइट टु प्रोटिन रनको हाफ म्याराथनको‌ तेस्रो संस्करण अर्को महिना आयोजना भएको छ।

नेपाल भेटेरिनरी एसोसिएसनको आयोजनामा चैत १० गते दशरथ रंगशालाबाट प्रोटिन म्याराथन सुरु आइतबार पत्रकार सम्मेलनमार्फत जानकारी दिइयो।

प्रोटिन माथिको अधिकारको मर्मलाई आत्मसात गर्दै प्रोटिनजन्य पदार्थमा पहुँच बढाउन जनचेतना फैलाउने उद्देश्यले म्याराथन आयोजना गरिएको आयोजक समितिका सचिव सितलकाजी श्रेष्ठले जानकारी दिए।

प्रतियोगितामा खुला हाफ म्याराथान, पुरुष १० किमी, महिला ५ किमी, १२ कक्षासम्मका विद्यार्थीलाई ५ किमी पुरुष) र ३ कि.मी. (महिला) र फरक क्षमता भएका व्यक्तिहरुको लागि ह्विलचेयर गरी आठवटा विधाका दौडहरु समावेश गरिएको‌ बताइएको छ ।

प्रतियोगितामा १४ लाख १२ हजार ५ सय रुपैयाँ रहेको छ । हाफ म्याराथनको विजेताले १ लाख ३३ हजार ३ सय ३३ रुपैयाँ पाउनेछन्। त्यसमा पाँचौं स्थानसम्म प्राप्त गर्नेलाई नगद पुरस्कार रहेको‌ बताइएको छ ।

प्रोटिन म्याराथनका ब्रान्ड एम्बेसडर कलाकार सरोज खनालले यो रनमा जोडिन पाउनु आफ्नो लागि सौभाग्य भएको बताएका छन्।

प्रतियोगिताको संरक्षकमा राष्ट्रिय खेलकुद परिषद् नेपाल रहेको छ । नेपाल एथलेटिक्स एसोसिएसनको प्राविधिक सहयोग रहने प्रतियोगितालाई नेपाल दाना उद्योग संघ र पशु सेवा विभागले सहयोग गरेका छन् ।

कार्यक्रमको हस्पिटल पार्टनरमा प्रिमेरा, टिकेटिङ पार्टनर इसेवा, साउन्ड सिस्टम पार्टनर आएसएस, हस्पिटालिटी पार्टनर मेरियोट होटल, फेयरफिल्ड बाई मेरियट र फूड पार्टनर केबि एग्रो रहेको बताइएको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालाबाट सुरु हुने हाफ म्याराथन भक्तपुरको‌ राधे राधे पुगेर सोही रुटबाट फर्कने र प्राविधिक संयोजन एथलेटिक्स संघले गर्ने सचिव आरके विष्टले बताए।

September 19, 2025

यती एयर धारा नेपालगन्ज म्याराथनको एयरलाइन्स पार्टनर

नेपालगन्ज ( हाम्रो खेलकुद) – विगत ११ बर्षदेखि निरन्तर सन्चालन हुँदै आएको धारा नेपालगन्ज म्याराथन र नेपालको अग्रणी यति एयरलाइन्सबीच सहकार्य भएको छ । मंसिर ६ गते शनिवार हुने ११औं संस्करणको धारा नेपालगन्ज म्याराथन र यसका अन्य भगिनी इभेन्टहरुमा यति एयरलाइन्सले सघाउनेगरी सम्झौता भएको हो । यति एयरलाइन्सका चिफ बिजनेस अफिसर युवराज बिष्ट र धारा […]

September 17, 2025

एसियाडका लागि पहिलो सूचीमा ४ सय ३४ खेलाडी

काठमाडौं (हाम्रो खेलकुद)- जापानमा अर्को वर्ष हुने २० औं एसियाली खेलकुद (एसियाड) का लागि ३२ खेलका ४ सय ३४ खेलाडी नाम दर्ता भएको छ। अन्तर्राष्ट्रिय मान्यता प्राप्त नेपाल ओलम्पिक कमिटी (एनओसी) ले बुधवार प्रेस विज्ञप्ति जारी गर्दै ३२ खेलका १ सय ९५ महिला र २ सय ३९ पुरुष खेलाडीको २० औं एसियाडका लागि पहिलो सूचीमा […]

September 14, 2025

युवा तथा खेलकुदले छुट्टै मन्त्री पाउने सम्भावना कम!

काठमाडौं (हाम्रो खेलकुद) – नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आज पदभार सम्हालेसँगै मन्त्री परिषद् विस्तारबारेको चर्चा सुरु भएको छ। मन्त्री परिषद् सानो आकारको बनाउने योजनाअनुसार युवा तथा खेलकुद मन्त्रालयले छुट्टै मन्त्री नपाउने निश्चितजस्तै भएको स्रोतले हाम्रो खेलकुदलाई जनाएको छ। बालुवाटारमा जारी बैठकमा मन्त्री परिषद् १० देखि १२ सदस्यीय मात्र हुने सम्भावना रहेको र त्यही कारण युवा […]

Success

Thank you for your time.