2 years ago
March 4, 2024
काठमाडौं (हाम्रो खेलकुद) – सूर्य नेपाल गल्फ टुर २०२३–२४ अन्तर्गतको पाँचौं प्रतियोगिताका रुपमा रहेको सूर्य नेपाल च्यालेन्जको पहिलो दिन ३–अन्डर ६५ को स्कोरमा भेट्रान प्रो रामे मगर शीर्षस्थानमा रहेका छन् ।
रामेले एमेच्योर युवा गल्फर तथा साविक विजेता सदभाव आचार्यलाई एक स्ट्रोकले पछि पारे । २–अन्डर ६६ सहित सदभाव दोस्रो स्थानमा रहँदा १–अन्डर ६७ सहित भुवन नगरकोटी र धन बहादुर थापा संयुक्तरुपमा तेस्रो स्थानमा रहेका छन्् । इभन–पार ६८ खेलेका टंक बहादुर कार्की पाँचौं र १–ओभर ६९ सहित रवि खड्का छैटौं स्थानमा छन् ।
२–ओभर ७० को स्कोरमा पहिलो दिनको खेल सकाएका रमेश अधिकारी, सूर्य प्रसाद शर्मा र दिनेश प्रजापतिले संयुक्तरुपमा सातौं स्थानमा रहेका छन् । यसैगरी पशुपति शर्मा, जयराम श्रेष्ठ, दीपक मगर, तोरण विक्रम शाही तथा एमेच्योर गल्फरद्वय राहुल बिके र टासी छिरिङले ३–ओभर ७१ को नतिजामा संयुक्तरुपमा १०औं स्थान बाँडे।
लामो समयपछि शीषस्थानमा रहन सफल रामेले उत्कृष्ट प्रदर्शनमा फ्रन्ट नाइन ३–अन्डर ३१ मा पूरा गरे । उनले पहिलो, दोस्रो र चौथो होलमा बर्डी प्रहार गरे । ब्याक नाइनमा पनि १०औं, १२औं र १३औं होलमा एक–एक सट बचाउँदा ६–अन्डरको स्थितिमा पुगिसकेका थिए । तर ४–पारको १६औं होलमा डबल बोगी र १८औं होलको बोगीले ब्याक नाइन इभन–पार ३४ मा सकाए ।
राष्ट्रिय टोलीका सदस्य एमेच्योर गल्फर सदभावले फ्रन्ट नाइनमा ३–अन्डर ३१ को उत्कृष्ट प्रदर्शन गरे । छैंटौं होलको बोगी विरूद्ध चार बर्डी प्रहार गरे । उनले पहिलो, दोस्रो, सातौं र आठौं होलमा एक–एक सट बचाए । ब्याक नाइनमा तीन बर्डी र चार बोगी प्रहार गरे । ११औं, १३औं र १६औं होलमा बर्डी प्रहार गरे पनि १२औं, १४औं, १५औं र १७औं होलमा एक–एक सट खेर फाल्दा ब्याक नाइन १–ओभर ३५ मा पूरा गर्न बाध्य भए ।
सिजनको चौथो प्रतियोगिता सूर्य नेपाल वेस्टर्न ओपन विजेता भुवनले चौथो र पाँचौ होलको बर्डीको सहायताले फ्रन्ट नाइन २–अन्डर ३२ मा सकाए । यसपछि १०औं होलमा एक सट बचाए भने १३औं र १६औं होलको बोगीले ब्याक नाइन १–ओभर ३५ मा पूरा गरे।
धनले सुरूवात राम्रो गर्न सकेनन। दोस्रो, पाँचौ र सातौं होलमा बोगी खेप्दा नवौं होलको बर्डीले फ्रन्ट नाइन २–ओभर ३६ मा सकाए। ब्याक नाइनमा भने लय समाते। १०औं, ११औं, १३औं र १५ औं होलमा बर्डीको सफलता प्राप्त गरे भने १७औं होलको बोगीले ब्याक नाइन ३–अन्डर ३१ मा पूरा गरे ।
चारदिनसम्म चल्ने ७२ होलको प्रतियोगितामा ३१ प्रोफेसनल र ११ एमेच्योर खेलाडीको सहभागिता रहेको छ । ३६ होलको समाप्तीमा कट लागु हुनेछ । जहाँ उत्कृष्ट २१ खेलाडीले तेस्रो र चौथो दिनको लागि स्थान सुरक्षित गर्नेछन् । एमेच्योर खेलाडीको हकमा पनि कट बनाउन उत्कृष्ट २१ भित्र पर्नुपर्नेछ।
कुल ५ लाख ७२ हजार २ सय ५० रुपैयाँ पुरस्कार रहेको प्रतियोगिताको विजेताले १ लाख, दोस्रोले ६७ हजार, तेस्रोले ४८ हजार रुपैयाँ प्राप्त गर्नेछन् । यसैगरी चौथो हुनेले ४० हजार र पाँचौ हुनेले ३६ हजार रुपैयाँ पाउनेछन् । कट बनाउने २१ प्रोफेसनल गल्फरले नगद पुरस्कार प्राप्त गर्नेछन् ।
September 19, 2025
नेपालगन्ज ( हाम्रो खेलकुद) – विगत ११ बर्षदेखि निरन्तर सन्चालन हुँदै आएको धारा नेपालगन्ज म्याराथन र नेपालको अग्रणी यति एयरलाइन्सबीच सहकार्य भएको छ । मंसिर ६ गते शनिवार हुने ११औं संस्करणको धारा नेपालगन्ज म्याराथन र यसका अन्य भगिनी इभेन्टहरुमा यति एयरलाइन्सले सघाउनेगरी सम्झौता भएको हो । यति एयरलाइन्सका चिफ बिजनेस अफिसर युवराज बिष्ट र धारा […]
September 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- जापानमा अर्को वर्ष हुने २० औं एसियाली खेलकुद (एसियाड) का लागि ३२ खेलका ४ सय ३४ खेलाडी नाम दर्ता भएको छ। अन्तर्राष्ट्रिय मान्यता प्राप्त नेपाल ओलम्पिक कमिटी (एनओसी) ले बुधवार प्रेस विज्ञप्ति जारी गर्दै ३२ खेलका १ सय ९५ महिला र २ सय ३९ पुरुष खेलाडीको २० औं एसियाडका लागि पहिलो सूचीमा […]
September 14, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आज पदभार सम्हालेसँगै मन्त्री परिषद् विस्तारबारेको चर्चा सुरु भएको छ। मन्त्री परिषद् सानो आकारको बनाउने योजनाअनुसार युवा तथा खेलकुद मन्त्रालयले छुट्टै मन्त्री नपाउने निश्चितजस्तै भएको स्रोतले हाम्रो खेलकुदलाई जनाएको छ। बालुवाटारमा जारी बैठकमा मन्त्री परिषद् १० देखि १२ सदस्यीय मात्र हुने सम्भावना रहेको र त्यही कारण युवा […]