2 years ago
April 10, 2024
काठमाडौं (हाम्रो खेलकुद)- लन्डन म्याराथनमा भाग लिन धावक गोपीचन्द्र पार्की शुक्रबार त्यसतर्फ जाने भएको छन्।
नेपालगञ्ज म्याराथनले बुधबार गोपीका लागि विदाई गरेको छ। राष्ट्रिय खेलकुद परिषद (राखेप) ला सदस्य सचिव टंकलाल घिसिङ, लि निङ आधिकारीक विक्रेता चाइना ट्रेड लिंक प्रालिका कार्यकारी अध्यक्ष राजन महर्जन, नेपालगञ्ज म्याराथनका अध्यक्ष टीएस ठकुरीले विदाई गरे। लन्डन म्याराथन वैशाख ९ गते हुनेछ।

राखेप सदस्य सचिव घिसिङले गोपीलाई सफलताको शुभकामना दिंदै उनको हवाई टिकट राखेपले उपलब्ध गराउने जानकारी दिएका थिए । चाइना ट्रेडका अध्यक्ष महर्जनले शुभकामना दिंदै गोपीलाई लि निङको ट्रयाक सुट र टिसर्ट हस्तान्तरण गरेका थिए।
नवाैं धारा नेपालगञ्ज म्याराथनको उपाधि जित्दै गोपी लन्डन म्याराथनका लागि छनोट भएका थिए। नेपाल रन युकेको सहकार्यमा नेपालगञ्ज म्याराथनले विजेतालाई लन्डन म्याराथनमा सहभागिता निश्चित गरेको हो । गोपी लन्डन रहँदाको व्यवस्थापन नेपाल रन युकेले गर्नेछ।
गोपीले तयारी राम्रोले उत्कृष्ट नतिजाका लागि प्रयास गर्ने बताए।
September 19, 2025
नेपालगन्ज ( हाम्रो खेलकुद) – विगत ११ बर्षदेखि निरन्तर सन्चालन हुँदै आएको धारा नेपालगन्ज म्याराथन र नेपालको अग्रणी यति एयरलाइन्सबीच सहकार्य भएको छ । मंसिर ६ गते शनिवार हुने ११औं संस्करणको धारा नेपालगन्ज म्याराथन र यसका अन्य भगिनी इभेन्टहरुमा यति एयरलाइन्सले सघाउनेगरी सम्झौता भएको हो । यति एयरलाइन्सका चिफ बिजनेस अफिसर युवराज बिष्ट र धारा […]
September 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- जापानमा अर्को वर्ष हुने २० औं एसियाली खेलकुद (एसियाड) का लागि ३२ खेलका ४ सय ३४ खेलाडी नाम दर्ता भएको छ। अन्तर्राष्ट्रिय मान्यता प्राप्त नेपाल ओलम्पिक कमिटी (एनओसी) ले बुधवार प्रेस विज्ञप्ति जारी गर्दै ३२ खेलका १ सय ९५ महिला र २ सय ३९ पुरुष खेलाडीको २० औं एसियाडका लागि पहिलो सूचीमा […]
September 14, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आज पदभार सम्हालेसँगै मन्त्री परिषद् विस्तारबारेको चर्चा सुरु भएको छ। मन्त्री परिषद् सानो आकारको बनाउने योजनाअनुसार युवा तथा खेलकुद मन्त्रालयले छुट्टै मन्त्री नपाउने निश्चितजस्तै भएको स्रोतले हाम्रो खेलकुदलाई जनाएको छ। बालुवाटारमा जारी बैठकमा मन्त्री परिषद् १० देखि १२ सदस्यीय मात्र हुने सम्भावना रहेको र त्यही कारण युवा […]