1 year ago
August 11, 2024
काठमाडौं (हाम्रो खेलकुद)- पेरिस ओलम्पिक्सको महिला म्याराथन नेपालकी सन्तोषी श्रेष्ठले ७९औं स्थान रहँदै अन्त्य गरेकी छिन्। यो सँगै पेरिस ओलम्पिक्समा नेपालको सबै चुनौती समाप्त भएको छ।
सन्तोषीले आइतवार भएको निर्धारित ४२ दशमलव १९५ किलोमिटरको दौड २ घण्टा ५५ मिनेट ०६ सेकेन्डमा पूरा गरिन्। म्याराथनमा कुल ९२ खेलाडीले प्रतिस्पर्धा गरेका थिए। उनले १२ प्रतिस्पर्धीलाई पछि पारिन्। उनले पहिलो १० किलोमिटरको दुरी ३९ मिनेट १६ सेकेन्डमा पुरा गरेकी थिइन्।
हाफ म्याराथन सकाउन उनलाई १ घण्टा २५ मिनेट ३१ सेकेन्ड समय लागेको थियो। अन्तिम ७ किलोमिटरको दुरी तय गर्न करिब आधा घन्टा नै लागेको थियो। सन्तोषीको यो टइमिङ करियरको खराब प्रदर्शन हो।
गतवर्ष बंगलादेशमा सम्पन्न बंगबन्धु शेख मुजिब ढाका इन्टरनेसनल म्याराथनमा सन्तोषीले २ घन्टा ४६ मिनेट २२ सेकेन्डको टाइमिङमा राष्ट्रिय कीर्तिमान सहित स्वर्ण जितेकी थिइन्।
म्याराथनमा केन्याकी सिफन हसन नेदरल्याण्ड २ घन्टा २२ दशमलव ५५ सेकेन्डमा दौड पूरा गर्दै ओलम्पिक रेकर्ड सहित स्वर्ण जित्न सफल भइन्। स्वर्ण विजेता भन्दा सिफन भन्दा सन्तोषी ३२ मिनेट ११ सेकेन्डले पछि परिन्।

इथोपियाकी टिक्सट असेफा २ घन्टा २२ दशमलव ५८ सेकेन्डको टाइमिङमा रजत र केन्याकी हेलेन ओबिरी २ घन्टा २३ दशमलव १० सेकेन्डको टाइमिङमा कास्य पदक जितिन्। यो पटक कोर्सलाई कठिन मानिएपनि महिलातर्फ म्याराथनमा नै ओलम्पिक रेकर्ड बनेको छ।
नेपालबाट सहभागी अन्य खेलाडी पहिलो चरणबाट बाहिरिएका थिए । जहाँ पौडीका एलेक्जेन्डर शाहले एक सय मिटर फ्रि स्टाइलमा राष्ट्रिय रेकर्ड बनाएका थिए। यस बाहेक अन्य खेलाडीह टेबल टेनिसका स्यान्टु श्रेष्ठ, पौडीकी डुवाना लामा, ब्याडमिन्टनका प्रिन्स दाहाल र जुडोकी मनिता श्रेष्ठ प्रधान पहिलो चरणबाट बाहिरिएका थिए।
September 19, 2025
नेपालगन्ज ( हाम्रो खेलकुद) – विगत ११ बर्षदेखि निरन्तर सन्चालन हुँदै आएको धारा नेपालगन्ज म्याराथन र नेपालको अग्रणी यति एयरलाइन्सबीच सहकार्य भएको छ । मंसिर ६ गते शनिवार हुने ११औं संस्करणको धारा नेपालगन्ज म्याराथन र यसका अन्य भगिनी इभेन्टहरुमा यति एयरलाइन्सले सघाउनेगरी सम्झौता भएको हो । यति एयरलाइन्सका चिफ बिजनेस अफिसर युवराज बिष्ट र धारा […]
September 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- जापानमा अर्को वर्ष हुने २० औं एसियाली खेलकुद (एसियाड) का लागि ३२ खेलका ४ सय ३४ खेलाडी नाम दर्ता भएको छ। अन्तर्राष्ट्रिय मान्यता प्राप्त नेपाल ओलम्पिक कमिटी (एनओसी) ले बुधवार प्रेस विज्ञप्ति जारी गर्दै ३२ खेलका १ सय ९५ महिला र २ सय ३९ पुरुष खेलाडीको २० औं एसियाडका लागि पहिलो सूचीमा […]
September 14, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आज पदभार सम्हालेसँगै मन्त्री परिषद् विस्तारबारेको चर्चा सुरु भएको छ। मन्त्री परिषद् सानो आकारको बनाउने योजनाअनुसार युवा तथा खेलकुद मन्त्रालयले छुट्टै मन्त्री नपाउने निश्चितजस्तै भएको स्रोतले हाम्रो खेलकुदलाई जनाएको छ। बालुवाटारमा जारी बैठकमा मन्त्री परिषद् १० देखि १२ सदस्यीय मात्र हुने सम्भावना रहेको र त्यही कारण युवा […]