7 months ago
April 26, 2025
पोखरा (हाम्रो खेलकुद)- एसिया कप ट्राइयाथलन कपको पुरुष तर्फ अष्ट्रियाका पिटर लुफतेन्सटेनर र महिला तर्फ कोरियाकी गियोङ्गमिन पार्कले उपाधि जितेका छन् ।
पोखराको फेवा लेकमा भएको प्रतियोगितामा शनिवार पिटरले ७ सय ५० मिटर पौडी, २० कि.मि. साईक्लिङ्ग र ५ कि.मि. दौड ५३ मिनट ४५ सेकेन्डमा पूरा गर्दै उपाधि जितेका हुन् ।
इजरायलका इतामर लेभाननले ५३ मिनट ५९ सेकेन्ड समयका साथ दोश्रो , ५४ मिनट ०२ सेकेन्ड समयका साथ जापानका तेपी तोकुयामा तेस्रो भए । कोरियाका त्येगी किम चौथो र जापानका तुया कोबायासी पाँचौं भए ।
महिला मापार्कले समान दुरी १ घन्टा ४१ सेकेन्डमा पूरा गर्दै उपाधि जितिन् । १ घन्टा १ मिनट ५३ सेकेन्ड समयका साथ जापानकी काने ताकेनाका दोस्रो र १ घन्टा २ मिनट ९ सेकेन्ड समयका साथ जापानकी मिनोरी इकेनो तेस्रो भइन् ।
जापानकी इकुमी सेतो चौथो र उज्वेकिस्तानकी अलिना खाकी मोभा पाँचौं भइन् । दुवैतर्फको विजेताले समान ६ सय ३० , दोस्रोले ५ सय २५ डलर र तेस्रोले ४ सय २० अमेरिकी डलर प्राप्त गरिन् । त्यस्तै चौथोले ३ सय १५ र पाँचौंले २ सय १० डलर प्राप्त गरे ।
दक्षिण एसियालीमा भारतको दबदबा
दक्षिण एसियाली च्याम्पियन तर्फ भारतले एकाधिकार जमायो । नेपाल भारत र बंगलादेशको सहभागिता रहेको प्रतियोगितामा पुरुष तर्फ भारतका सरुङ्गबाम अथोबा मेतीले ५८ मिनट १५ सेकेन्ड समयका विजयी भए ।
भारतकै पर्थ मिराजले १ घन्टा ३ मिनट २ सेकेन्ड समयका साथ दोस्रो भए । यस्तै महिलातर्फ पनि भारतलेनै स्थान कब्जा गर्यो । १ घन्टा ४ मिनट ३३ सेकेन्ड समयका साथ डोल्ली देवीदास पाटिल विजयी भइन् । मानसी मोहित १ घन्टा ६ मिनट ४२ सेकेन्ड समयका साथ दोस्रो भइन् ।
यसतै जुनियर तर्फ भारतका श्रीदथ सुदिरले १ घन्टा ६ मिनट ५ सेकेन्ड समयका साथ उपाधि जिते ।
राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ्ग, नेपाल लोकतान्त्रिक खेलकुद संघका अध्यक्ष देवेन्द्र कुमार शेरचन, आयोजक नेपाल ट्राइयाथोलन संघका अध्यक्ष निलेन्द्र राज श्रेष्ठ लगायतले पुरस्कृत वितरण गरे ।
प्रतियोगितामा नेपाल सहित भारत, बंगालादेश, जापान, कोरिया, इजरायल, अष्ट्रिया, उज्वेकिस्तान, इष्टोनिया र पोटोरिकोको गरि पुरुष तर्फ ३० र महिला तर्फ १६ खेलाडीको सहभागिता थियो ।
September 19, 2025
नेपालगन्ज ( हाम्रो खेलकुद) – विगत ११ बर्षदेखि निरन्तर सन्चालन हुँदै आएको धारा नेपालगन्ज म्याराथन र नेपालको अग्रणी यति एयरलाइन्सबीच सहकार्य भएको छ । मंसिर ६ गते शनिवार हुने ११औं संस्करणको धारा नेपालगन्ज म्याराथन र यसका अन्य भगिनी इभेन्टहरुमा यति एयरलाइन्सले सघाउनेगरी सम्झौता भएको हो । यति एयरलाइन्सका चिफ बिजनेस अफिसर युवराज बिष्ट र धारा […]
September 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- जापानमा अर्को वर्ष हुने २० औं एसियाली खेलकुद (एसियाड) का लागि ३२ खेलका ४ सय ३४ खेलाडी नाम दर्ता भएको छ। अन्तर्राष्ट्रिय मान्यता प्राप्त नेपाल ओलम्पिक कमिटी (एनओसी) ले बुधवार प्रेस विज्ञप्ति जारी गर्दै ३२ खेलका १ सय ९५ महिला र २ सय ३९ पुरुष खेलाडीको २० औं एसियाडका लागि पहिलो सूचीमा […]
September 14, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आज पदभार सम्हालेसँगै मन्त्री परिषद् विस्तारबारेको चर्चा सुरु भएको छ। मन्त्री परिषद् सानो आकारको बनाउने योजनाअनुसार युवा तथा खेलकुद मन्त्रालयले छुट्टै मन्त्री नपाउने निश्चितजस्तै भएको स्रोतले हाम्रो खेलकुदलाई जनाएको छ। बालुवाटारमा जारी बैठकमा मन्त्री परिषद् १० देखि १२ सदस्यीय मात्र हुने सम्भावना रहेको र त्यही कारण युवा […]