8 years ago
September 19, 2017
काठमाडौं (हाम्रो खेलकुद) –अखिल नेपाल कबड्डी संघको आयोजनामा नेपालमा पहिलोपटक अन्तर्राष्ट्रिय आमन्त्रण पुरुष कबड्डी प्रतियोगिता हुने भएको छ । संघले मंगलबार राजधानीमा पत्रकार सम्मेलनको आयेजना गर्दै अन्तर्राष्ट्रियस्तरको कबड्डी बिहीबारबाट सुरु हुने जानकारी दिएको छ ।
प्रतियोगिता त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा असोज ७ गतेसम्म हुनेछ । प्रतियोगितामा दक्षिण एसियामा नेपासहित भारत, बंगलादेश र श्रीलंकाको सहभागिता रहने संघका महासचिव तथा प्रतियोगिताको निर्णायक विनोद प्रजापतिले बताए । उनले भारतको ‘बी’ टिम आउने जनाकारी दिए ।
भारतका राष्ट्रिय खेलाडी प्रो कबड्डीमा व्यस्त रहेका कारण आउन नसकेको जानकारी गराइएको छ । सातौ राष्ट्रिय खेलकुदमा उत्कृष्ट प्रदर्शन गरेका र अन्य २६ खेलाडीबाट करिव एक महिनाको प्रशिक्षणबाट १४ सदस्यीय नेपाली टोली तयार पारिएको महासचिव प्रजापतिले बताए । संघकी अध्यक्ष तुलसी थापाले अन्तर्राष्ट्रिय तहमा नेपालमा पनि कबड्डीमा पहुच छ भन्ने देखाउन प्रतियोगिताको आयोजना गरिएको बताइन् ।
राष्ट्रिय टोलीका सहायक प्रशिक्षक विष्णु दत्त भट्टले छोटो समयमा पनि तयारी राम्रै रहेकाले पदकको आशा गरिएको बताए । उनले प्रतियोगितामा बंगलादेश र श्रीलंका नै बलियो रहेको बताए । राष्ट्रिय टोलीमा त्रिभुवन आर्मी क्लबबाट ४, मध्यमाञ्चलबाट ३, नेपाल एपिएफ क्लब र पश्चिमाञ्चलबाट समान २ र सुदुरपश्चिम, मध्यमाञ्चल, र पूर्वाञ्चलबाट समान १ खेलाडी परेका छन् ।
प्रतियोगिता सुपर लिगका आधारमा हुनेछ । प्रतियोगितामा जम्मा ६ खेल हुनेछ । एक दिनमा २ खेल हुने बताइएको छ । अंकको आधारमा विजेता छानिनेछ । प्रतियोगिताको बजेट अनुमानित बजेट २० लाख रुपैयाँ रहेको छ ।
September 19, 2025
नेपालगन्ज ( हाम्रो खेलकुद) – विगत ११ बर्षदेखि निरन्तर सन्चालन हुँदै आएको धारा नेपालगन्ज म्याराथन र नेपालको अग्रणी यति एयरलाइन्सबीच सहकार्य भएको छ । मंसिर ६ गते शनिवार हुने ११औं संस्करणको धारा नेपालगन्ज म्याराथन र यसका अन्य भगिनी इभेन्टहरुमा यति एयरलाइन्सले सघाउनेगरी सम्झौता भएको हो । यति एयरलाइन्सका चिफ बिजनेस अफिसर युवराज बिष्ट र धारा […]
September 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- जापानमा अर्को वर्ष हुने २० औं एसियाली खेलकुद (एसियाड) का लागि ३२ खेलका ४ सय ३४ खेलाडी नाम दर्ता भएको छ। अन्तर्राष्ट्रिय मान्यता प्राप्त नेपाल ओलम्पिक कमिटी (एनओसी) ले बुधवार प्रेस विज्ञप्ति जारी गर्दै ३२ खेलका १ सय ९५ महिला र २ सय ३९ पुरुष खेलाडीको २० औं एसियाडका लागि पहिलो सूचीमा […]
September 14, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आज पदभार सम्हालेसँगै मन्त्री परिषद् विस्तारबारेको चर्चा सुरु भएको छ। मन्त्री परिषद् सानो आकारको बनाउने योजनाअनुसार युवा तथा खेलकुद मन्त्रालयले छुट्टै मन्त्री नपाउने निश्चितजस्तै भएको स्रोतले हाम्रो खेलकुदलाई जनाएको छ। बालुवाटारमा जारी बैठकमा मन्त्री परिषद् १० देखि १२ सदस्यीय मात्र हुने सम्भावना रहेको र त्यही कारण युवा […]