default_image

8 years ago

October 24, 2017

नेपाली खेलाडीले एसियन भारोत्तोलनमा चुनौति दिने

155 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– नेपाली खेलाडी दक्षिण कोरियामा आयोजना हुने एसिया कप तथा अन्तर क्लब भारोत्तोलन च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने भएका छन् । च्याम्पियनसिपमा भाग लिन ४ खेलाडीसहित ७ सदस्यीय नेपाली टोली मंगलबार प्रस्थान गरेको छ । च्याम्पियनसिपमा दक्षिण कोरियाको योङगु अक्टोबर २८ देखि नोभेम्बर २ तारिखसम्म सञ्चालन हुनेछ ।

नेपाली २ पुरुष र २ महिला खेलाडी प्रतिस्पर्धा गर्नेछन् । पुरुषमा दक्षिण एसियाली खेलकुद (साग) का एक मात्र नेपाली स्वर्ण विजेता खेलाडी कमलबहादुर अधिकारीले ७७ केजी तथा प्रकाश केसीले ६९ केजी तौलसमूहमा प्रतिस्पर्धा गर्नेछन् । महिलाको ५३ केजीमा सन्जु चौधरी तथा ५८ केजीमा कमला श्रेष्ठले भाग चुनौति प्रस्तुत गर्नेछन् ।

प्रकाश बाहेक तीन खेलाडी राष्ट्रिय कीर्तिमान बनाएका खेलाडी हुन् । कमलको नाममा स्न्याचमा १ सय २० र क्लिन एन्ज जर्कमा १ सय ६० केजीको कीर्तिमान छ । स्न्याचमा ६० केजी र क्लिन जर्कमा ८१ केजीको कीर्तिमान सन्जुको नाममा छ । त्यस्तै कमलाको स्न्याचमा ६८ केजी र क्लिन एन्ड जर्कमा ८५ केजीको राष्ट्रिय कीर्तिमान हो ।

केहि महिनाअघि नेपालमै भएको अन्तर्राष्ट्रिय प्रतियोगिगतामा भने सन्जुले सहभागिता जनाएकी थिइन् । प्रशिक्षकमा सञ्जय महर्जन र जीवन गौतम रहेका छन् । गौतमले टिम व्यवस्थापकको भूमिका समेत निर्वाह गर्नेछन् । अशोक शाही निर्णायकका रुपमा टोलीसंगै आयोजनास्थल गएका छन् ।

टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्ट, कोषाध्यक्ष सुरेन्द्र हमाल र सदस्य उपेन्द्र पौडेलले सातदोबाटोमा मंगलबार बिदाई गरे । टोलीलाई भारोत्तोलन संघका उपाध्यक्ष राम श्रेष्ठले प्रायोजन गरेको ट्रयाकसुट र टिसर्ट पनि श्रेष्ठ प्रायोजन गरेका छन् ।

सदस्य–सचिव विष्टले एसियाली खेलकुदको तयारीलाई ध्यानमा राखि पुस १ गतेदेखि राष्ट्रिय टोलीको प्रशिक्षण पुनः सुरु जानकारी दिए । उनले तीन महिनापछि खेलाडीलाई वैदेशिक प्रशिक्षणमा पठाउने वा विदेशी प्रशिक्षकलाई नेपालमा झिकाएर प्रशिक्षण गराउने योजना रहेको बताए ।

September 19, 2025

यती एयर धारा नेपालगन्ज म्याराथनको एयरलाइन्स पार्टनर

नेपालगन्ज ( हाम्रो खेलकुद) – विगत ११ बर्षदेखि निरन्तर सन्चालन हुँदै आएको धारा नेपालगन्ज म्याराथन र नेपालको अग्रणी यति एयरलाइन्सबीच सहकार्य भएको छ । मंसिर ६ गते शनिवार हुने ११औं संस्करणको धारा नेपालगन्ज म्याराथन र यसका अन्य भगिनी इभेन्टहरुमा यति एयरलाइन्सले सघाउनेगरी सम्झौता भएको हो । यति एयरलाइन्सका चिफ बिजनेस अफिसर युवराज बिष्ट र धारा […]

September 17, 2025

एसियाडका लागि पहिलो सूचीमा ४ सय ३४ खेलाडी

काठमाडौं (हाम्रो खेलकुद)- जापानमा अर्को वर्ष हुने २० औं एसियाली खेलकुद (एसियाड) का लागि ३२ खेलका ४ सय ३४ खेलाडी नाम दर्ता भएको छ। अन्तर्राष्ट्रिय मान्यता प्राप्त नेपाल ओलम्पिक कमिटी (एनओसी) ले बुधवार प्रेस विज्ञप्ति जारी गर्दै ३२ खेलका १ सय ९५ महिला र २ सय ३९ पुरुष खेलाडीको २० औं एसियाडका लागि पहिलो सूचीमा […]

September 14, 2025

युवा तथा खेलकुदले छुट्टै मन्त्री पाउने सम्भावना कम!

काठमाडौं (हाम्रो खेलकुद) – नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आज पदभार सम्हालेसँगै मन्त्री परिषद् विस्तारबारेको चर्चा सुरु भएको छ। मन्त्री परिषद् सानो आकारको बनाउने योजनाअनुसार युवा तथा खेलकुद मन्त्रालयले छुट्टै मन्त्री नपाउने निश्चितजस्तै भएको स्रोतले हाम्रो खेलकुदलाई जनाएको छ। बालुवाटारमा जारी बैठकमा मन्त्री परिषद् १० देखि १२ सदस्यीय मात्र हुने सम्भावना रहेको र त्यही कारण युवा […]

Success

Thank you for your time.