8 years ago
November 6, 2017
पोखरा (हाम्रो खेलकुद) – पोखरा रंगशालामा पहिलो इन्डोर हल सुविधाको डोम निर्माण हुने भएको छ । प्रतियोगिता सञ्चालन र खेलाडी प्रशिक्षका लागि निर्माण हुने डोमको निर्माण ६ महिना भित्र सक्ने योजना रहेको राष्ट्रिय खेलकुद परिषद्(राखेप) का सदस्य सचिव केशवकुमार विष्टले बताएका छन् । उनले केहि दिनमै डोमका लागि टेन्डर आव्हान गरिने जानकारी दिए ।

पोखरा रंगशालामा निर्माण भएको भलिबल प्रशिक्षण केन्द्रपछि मिडिया सेन्टरको शुभारम्भ गर्दै राखेप सदस्य सचिव केशवकुमार विष्ट (बायाँ)।
पोखरा रंगशालामा निर्मित भलिबल प्रशिक्षण केन्द्र तथा मिडिया सेन्टरको उद्घाटनका अवसरमा आज सदस्य सचिव विष्टले १३ औं दक्षिण एसियाली खेलकुद (साग) को पूर्व तयारी गर्न मिल्ने गरी निर्माण गरिने बताए । उनले डोम निर्माणका लागि वैदेशिक सहयोगका लागि आग्रह गरिने समेत बताए । ‘११ करोडको लागतमा ६ महिनामा सक्ने गरी टेण्डर आह्वान हामी आजभोलि नै गर्नेछौं’ विष्टले भने,‘नेपालमै पहिलो पटक यस्तो सुविधासम्पन्न ईन्डोर हल सहितको डोम पोखरा रंगशालामा बन्नेछ ।’
विष्टले एक वर्षभित्र पोखरा रंगशालामा कायापलट हुने दाबी गर्दै विष्टले थपे,‘ साग गेम्ससम्म विदेशीलाई समेत लोभ्याउने गरी पूर्वाधार तयार हुनेछ । ’सागको लागि पोखरामा एक अर्ब रुपैयाँको प्यारापिटसहितको भौतिक पुर्वाधार एक वर्षभित्रमा निर्माण गरिने उनले बताए । अहिले मुलुकभर १२ सय २१ वटा पूर्वाधारका काम भईरहेको जानकारी दिए । दुई वर्षमा आफूले खेलकूदको विकासमा ठूलो योगदान पु¥याएको भन्दै उनले १३ औं साग सहित आठौं राष्ट्रिय खेलकुद समेत अब दुई वर्षको बाँकी कार्यकालमै गर्ने जनाए ।
‘१३ औं सागका छ वटा खेल पोखरामा हुने निश्चित भईसकेका छन् । अझै एक दुई खेल थप्न सकिनेछ । त्यतिबेलासम्म भौतिक पूर्वाधार कति बन्छन् हेरौं,’ उनले भने– ‘आठौं राष्ट्रिय खेलकुदका लागि पनि अब आउँदो भदौमा जिल्ला छनोट, तिहार छठपछि राष्ट्रिय प्रतियोगिताहरु हुनेछन् । ’
नेपालगञ्ज र दाङ केन्द्रित गरेर मध्यपश्चिमाञ्चलमा आठौं राष्ट्रिय खेलकुद अर्को वर्ष हुने घोषणा भइसकेको छ ।’ उनले राखेप च्याम्पियनसिपका केहि खेल पनि पोखरामा हुने बताए । कार्यक्रममा भौतिक पुर्वाधार निर्माण संयोजक एवं खेलकुद मन्त्रीका सल्लाहकार विजय बस्नेतले पोखरा रंगशालामा भौतिक पूर्वाधारका लागि बजेट अभाव नहुने बताए ।
पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेलले पोखरालाई खेलकुदको राजधानी बनाउन अन्तर्राष्ट्रिय स्तरको रंगशाला बनाउने खुड्किलो उक्लन सुरु भएको बताए । ‘भलिबल प्रशिक्षण केन्द्रबाट सुरु भयो । क्रिकेट, फुटबल, स्वीमिङपुल, ह्याण्डबल, एथ्लेटिक्स ट्रयाक, मार्सल आर्टस्का सम्पूर्ण विधालाई समेट्दै तल्लो भागको स्केटिङसम्म पुग्नेछौं’ उनले भने– ‘अब पोखरामा फेवाताल, माछापुच्छ«े मात्र हुने छैनन् । गौरवलायक नमुना रंगशाला हामीमाझ हुनेछ ।’
उनले पूर्वाधार भएमात्र पदकको आश गर्न सकिने भएकाले अब पदक प्राप्त गर्ने दिन टाढा नभएको बताए । यस्तै, भलिबल कोर्टमा फाईवर विछ्याएर सागको वामअर्प गर्न पोखरा आउन सक्ने वातावरण तयार हुने गरी अघि बढेको जनाए । नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले मिडिया सेन्टरले पत्रकारलाई समाचार सम्प्रेषणको लागि सहज हुने विश्वास व्यक्त गर्दै बहुउद्देश्यीय हलमा ठूलो कन्फरेन्स हलसहितको सुविधा उपलब्ध गराउन माग गरे । उनले मिडिया सेन्टर झट्ट सुन्दा पत्रकारका लागि भएपनि यो आयोजककै लागि उपयोगी रहने बताए ।
मिडिया सेन्टरको सञ्चालनको जिम्मा पाएको नेपाल खेलकुद पत्रकार मञ्च समन्वय शाखा कास्कीका सचिव रञ्जन अधिकारीले मिडिया सेन्टरको सुरक्षा र व्यवस्थापन पक्ष महत्वपूर्ण भएकाले यसतर्फ ध्यान दिनुपर्ने बताए । जिल्ला खेलकुद विकास समिति कास्कीका अध्यक्ष यामबहादुर गुरुङले पश्चिमाञ्चलको खेलकुद विकासमा सहयोग पुर्याउने सबैलाई धन्यवाद दिए ।
पोखरा रंगशालामा ९४ लाख लगानीमा भलिबल प्रशिक्षण केन्द्र निर्माण गरिएको छ । १४ रोपनी जग्गामा सात सयजनाले एकै पटक बसेर हेर्ने गरी चार कोर्ट क्षमताको भलिबल प्रशिक्षण स्थल तयार छ । यस्तै, १९ लाख लागतमा मिडिया सेन्टर निर्माण भएको हो । मिडिया सेन्टरमा अहिले दशवटा कम्प्युटर, दुई ल्यापटप, प्रोजेक्टर, प्रिन्टर, द्रुत गतिको ईन्टरनेट सुविधा रहेको मञ्च समन्वय शाखा कास्कीका अध्यक्ष केशव पाठकले जानकारी दिए । । समाचार सम्प्रेषण गर्न सहजताको लागि सञ्चालित मिडिया सेन्टर बहुउद्देश्यीय भवन निर्माण पश्चात फराकिलो स्थानमा सर्नेछ । १४ करोडको बहुउद्देश्यीय भवन निर्माणको अन्तिम चरण रहेको बताइएको छ ।
September 19, 2025
नेपालगन्ज ( हाम्रो खेलकुद) – विगत ११ बर्षदेखि निरन्तर सन्चालन हुँदै आएको धारा नेपालगन्ज म्याराथन र नेपालको अग्रणी यति एयरलाइन्सबीच सहकार्य भएको छ । मंसिर ६ गते शनिवार हुने ११औं संस्करणको धारा नेपालगन्ज म्याराथन र यसका अन्य भगिनी इभेन्टहरुमा यति एयरलाइन्सले सघाउनेगरी सम्झौता भएको हो । यति एयरलाइन्सका चिफ बिजनेस अफिसर युवराज बिष्ट र धारा […]
September 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- जापानमा अर्को वर्ष हुने २० औं एसियाली खेलकुद (एसियाड) का लागि ३२ खेलका ४ सय ३४ खेलाडी नाम दर्ता भएको छ। अन्तर्राष्ट्रिय मान्यता प्राप्त नेपाल ओलम्पिक कमिटी (एनओसी) ले बुधवार प्रेस विज्ञप्ति जारी गर्दै ३२ खेलका १ सय ९५ महिला र २ सय ३९ पुरुष खेलाडीको २० औं एसियाडका लागि पहिलो सूचीमा […]
September 14, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आज पदभार सम्हालेसँगै मन्त्री परिषद् विस्तारबारेको चर्चा सुरु भएको छ। मन्त्री परिषद् सानो आकारको बनाउने योजनाअनुसार युवा तथा खेलकुद मन्त्रालयले छुट्टै मन्त्री नपाउने निश्चितजस्तै भएको स्रोतले हाम्रो खेलकुदलाई जनाएको छ। बालुवाटारमा जारी बैठकमा मन्त्री परिषद् १० देखि १२ सदस्यीय मात्र हुने सम्भावना रहेको र त्यही कारण युवा […]