8 years ago
February 14, 2018
काठमाडौं (हाम्रो खेलकुद)– मायांका राणा नेपाली टेनिसको इतिहासमा आईटीएफ जुनियर विश्व ¥याङकिङ प्रतियोगिताको महिला सिंगल्सको क्वाटरफाइनलमा पुग्ने पहिलो नेपाली खेलाडी बनेकी छिन् ।
सातदोबाटोस्थित टेनिस कोर्टमा जारी नेपाल आईटीएफ जुनियर यु–१८ टेनिस प्रतियोगिताको सर्किट–२ अन्तर्गत बुधबार भएको खेलमा आफ्नै देशकी आइरा रावतलाई ६–१ र ६–२ को सोझो सेटमा पराजित गर्दै क्वार्टरफाइनल पुग्ने पहिलो महिला खेलाडी बनेकी हन् ।
प्रतियोगितामा मायांका बाहेक अन्य सबै नेपाली खेलाडीको चुनौती समाप्त भइसकेको छ । क्वाटरफाइनलमा मायांकाको भेट भारतकी प्रिंकल सिंहसंग हुनेछ । प्रिंकलले जापानकी रिको कामीकुरालाई ६–४ र ६–२ को सोझो सेटमा हराउदै क्वाटरफाइनलमा स्थान सुरक्षित गरेकी थिइन् ।
मायांका डबल्समा भने पराजित भइन । ताइपेईकी स्किया कुङ र हङकङकी चुइ केई लिउङको जोडीले मायांका र जुम्ल्याहा बहिनी माहिकाको जोडीलाई ६–० र ६–२ को सीधा सेटमा हराए । महिला सिंगल्सको अन्य खेलमा जापानकी मियो कोजाकीसँग नेपालकी माहिका राणा ६–३ र ६–१ को सेटमा पराजित भईन् ।
अखिल नेपाल लनटेनिस संघको आयोजनामा भइरहेको प्रतियोगिताको पुरुष डबल्समा सेमिफाइनल समीकरण तयार भएको छ । महिला डबल्समा भने तीन जोडी सेमिफाइनल पुगिसकेका छन् भने एक खेल समय अभावले गर्दा सम्पन्न हुन सकेन ।
September 19, 2025
नेपालगन्ज ( हाम्रो खेलकुद) – विगत ११ बर्षदेखि निरन्तर सन्चालन हुँदै आएको धारा नेपालगन्ज म्याराथन र नेपालको अग्रणी यति एयरलाइन्सबीच सहकार्य भएको छ । मंसिर ६ गते शनिवार हुने ११औं संस्करणको धारा नेपालगन्ज म्याराथन र यसका अन्य भगिनी इभेन्टहरुमा यति एयरलाइन्सले सघाउनेगरी सम्झौता भएको हो । यति एयरलाइन्सका चिफ बिजनेस अफिसर युवराज बिष्ट र धारा […]
September 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- जापानमा अर्को वर्ष हुने २० औं एसियाली खेलकुद (एसियाड) का लागि ३२ खेलका ४ सय ३४ खेलाडी नाम दर्ता भएको छ। अन्तर्राष्ट्रिय मान्यता प्राप्त नेपाल ओलम्पिक कमिटी (एनओसी) ले बुधवार प्रेस विज्ञप्ति जारी गर्दै ३२ खेलका १ सय ९५ महिला र २ सय ३९ पुरुष खेलाडीको २० औं एसियाडका लागि पहिलो सूचीमा […]
September 14, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आज पदभार सम्हालेसँगै मन्त्री परिषद् विस्तारबारेको चर्चा सुरु भएको छ। मन्त्री परिषद् सानो आकारको बनाउने योजनाअनुसार युवा तथा खेलकुद मन्त्रालयले छुट्टै मन्त्री नपाउने निश्चितजस्तै भएको स्रोतले हाम्रो खेलकुदलाई जनाएको छ। बालुवाटारमा जारी बैठकमा मन्त्री परिषद् १० देखि १२ सदस्यीय मात्र हुने सम्भावना रहेको र त्यही कारण युवा […]